आर्थिक सङ्कटमा परेको श्रीलङ्कामा आउँदो फेब्रुअरी महिनामा स्थानीय तहको चुनाव हुने भएको छ । आर्थिक सङ्कटका कारण एक वर्ष ढिला गरी स्थानीय तहको चुनाव हुन लागेको हो ।
श्रीलङ्काको निर्वाचन आयोगले आज बुधवार विज्ञप्ति निकालेर जनवरी १८ देखि २१ सम्म आठ हजारभन्दा बढी काउन्सिलर पदका लागि मनोनयन पत्र खुला रहने र त्यसपछि २८ दिनभित्र मतदान गरिसक्ने बताएको समाचार संस्था एएफपीले जनाएको छ ।
श्रीलङ्कामा सन् २०२१ को अन्त्यदेखि खाद्यान्न, इन्धन र बिजुलीको चरम अभाव सुरु भएको हो । राष्ट्रपति रनिल विक्रमासिङ्घेले अघिल्लो सरकारले गरेक...