काठमाडौं : चौतर्फी दबाब भए पनि सरकारले स्थानीय तहको चुनाव बैशाखमा नगर्ने संकेत गरेको छ। मंगलबार बसेको सरकार सञ्चालन समन्वय समितिको बैठकमा समयमै चुनाव गर्न गठबन्धन दलहरू सहमत भएको भनिए पनि समय तोकिएको छैन। बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले समयमै स्थानीय तहको चुनाव गर्ने विषयमा बैठकमा छलफल भएको बताए। त्यसो भए बैशाखमै चुनाव हुन्छ त? भन्ने पत्रकारको प्रश्नमा सञ्चारमन्त्रीसमेत रहेका कार्कीले स्पष्ट जवाफ दिएनन्। उनले भने, ‘संविधानले तोकेको समय