काठमाण्डाै - पाँच दलीय सत्ता गठबन्धनले जेठ महिनाभित्र स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको आजको दोस्रो बैठकले आउँदो जेठ मसान्तभित्र स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र ...