दाङ निर्वाचन क्षेत्र नम्बर २ : पोखरेल र शर्माबीच रोचक प्रतिस्पर्धा

देउखुरी– आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दाङ निर्वाचन क्षेत्र नं २ मा प्रतिस्पर्धा रोचक बन्दै गएको छ । प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) का महासचिव शंकर पोखरेल र सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य रेखा शर्मा प्रमुख प्रतिस्पर्धी छन् ।  लुम्बिनी प्रदेशको राजधानी दाङ तोकिनुमा आफूले […]