काँग्रेसका केही चर्चित नेताहरू १४ औँ महाधिवेशनमा पनि पराजित भएका छन् । ट्रेड युनियन काँग्रेसका पूर्वअध्यक्ष लक्ष्मणबहादुर बस्नेत, नेविसंघका पूर्वअध्यक्ष महेन्द्रकुमार शर्मा, नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्का, पूर्वसांसद त्रैलोक्य प्रताप सेन पनि पराजित भएका हुन् । यस्तै नेविसंघको राजनीति गरेका पर्यटन व्यवसायी राजेन्द्र बजगाईं पनि पराजित भएका छन् । बेलायतको राजदूत भएका डा. सुरेन्द्रचन्द्र चालिसे र लोकश ढकाल पनि पराजित भएका थिए । उनीहरू १३ औँ महाधिवेशनमा पनि पर