कोरोना संक्रमित संख्या घट्यो

काठमाडौं, ७ माघ । कोरोना भाइरसको लक्षण देखिएपछि टेष्ट गर्न जाने गरिएकोमा पछिल्लो समय घट्न थालेका छन् । सरकारले टेष्टको मूल्य घटाउने निर्णय गरेपनि परीक्षण गर्नेहरु घट्न थालेका हुन् । संक्रमणको लक्षण देखिएपछि घरमै आइशोलेशनमा बस्नेहरु बढेका छन् । परीक्षण गर्नेहरु घट्न थालेपछि संक्रमित संख्या पनि हिजोभन्दा आज कम पत्ता लागेका छन् । बितेको २४ […]

सम्बन्धित सामग्री

विश्वभर दैनिक थपिने संक्रमित घटेनन्, मृतकको संख्या घट्यो

काठमाडौँ –विश्वभर दैनिक थपिने कोरोना संक्रमितको संख्यामा अझै कमि आएको छैन । पछिल्लो २४ घण्टामा मात्र १६ लाख ४० हजारभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । थपिनेमा सबैभन्दा धेरै दक्षिण कोरोरीमा मात्रै ४ लाख ७ हजारमा संक्रमण पुष्टि भएको छ । जर्मनीमा २ लाख ८४ हजार थपिँदा फ्रान्समा ९७ हजार, बेलायतमा ९० हजार, नेदरल्याण्डमा ५४ […]

‘भाइरल’ बन्ने होडमा देउवाका मन्त्रीः फिल्मी स्टाइलमा ‘स्टिङ अपरेशन’ र ‘अनुगमन’

शेरबहादुर देउवा नेतृत्वको सरकारले करिब ७ महिनाको समय बिताईसकेको छ । गठबन्धन सरकार भएकाले सत्ता साझेदार दलबाट मन्त्री बनेकाहरुले पनि सय दिनमा ‘यो यो काम गरेँ’ भनेर उपलब्धि सार्वजनिक गरिसकेका छन् ।तर, सबैजसो मन्त्रीका उपलब्धि ‘अनुगमन’मा सिमित छन् । विशेषगरी एमालेबाट विभाजन भएर माधब नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीबाट मन्त्री बनेकाहरु दैनिकजसो अनुगमन वा ‘स्टिङ अपरेशन’ को नाममा दलबलसहित सडकमा निस्कने गरेका छन् ।किसान, आले र झाक्रीमा क्षणिक लोकप्रीयताको भोककानुनतः मन्त्रीले नीतिगत सुधारका काम गर्नुपर्ने हो । तर, उपसचिव वा सहसचिवले गर्ने अनुगमनमा मन्त्रीहरु लाइन लागेर निस्किएका छन् । प्रभावकारी कानुन निर्माण र त्यसको कार्यान्वयनमा ध्यान दिन छोडेर मन्त्रीहरु क्षणिक लोकप्रियता देखाउन अनुगमनमा व्यवस्त छन् ।विशेषगरी, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान), पर्यटनमन्त्री प्रेमबहादुर आले र शहरी विकासमन्त्री रामकुमारी झाक्री अनुगमन र स्टिङ अपरेशनमा व्यस्त छन् । यसरी अनुगमनका नाममा निस्किँदा भिडियो खिच्न लगाएर सामाजिक सञ्जालमा आफ्ना स्वकिय सचिव वा दलका कार्यकर्तालाई पोष्ट गर्न लगाएर ‘भाइरल’ हुने चक्करमा मन्त्रीहरु देखिएका छन् । ती भिडियो हेर्नेहरुले पनि ‘मन्त्री भनेको त यस्तो पो हुनुपर्छ’ भन्दै प्रशंसा गरिदिँदा उनीहरुमा ‘भाइरल म्यान’ भन्ने मनोकांक्षा झन बढेर गएको देखिन्छ ।यी हुन् उदाहरणश्रममन्त्री श्रेष्ठ आइतबार बुद्धनगरस्थित वैदेशिक रोजगार कार्यालयको अनुगमनमा गए । उनले सेवाग्राहीका समस्या समयमै समाधान गर्न कर्मचारीलाई निर्देशन दिए । यसअघि विदेश जाने श्रमिक बसेको होटलमा पुगेर ‘दलाललाई जहाँ गए पनि छोड्दिन’ भन्दै उनले दिएको अभिव्यक्तिको भिडियो क्लिप बाहिरिएको थियो । अहिले पनि उनले दलाल पत्ता लगाउन स्टिङ अपरेशन चलाईरहेकै छन् । ‘भाइरल’ हुँदा रमाउने अर्की मन्त्री हुन् रामकुमारी झाक्री । केही दिन अघि उनी जम्बो टोली लिएर धोबीखोला करिडोरको स्थलगत अनुगमनमा निस्किएकी थिईन् । उनले सडक छेउमा राखेका निर्माण सामग्री हटाउन ‘मजदुर’लाई निर्देशन दिईन् । जबकी, निर्माणको जिम्मा लिने निर्माण व्यवसायीको उपस्थिति थिएन । सडकमा हिडडुल गर्न र सवारी चलाउन असहज हुने गरी निर्माण सामग्री थुपारिएको र पटक पटक हटाउन निर्देशन दिँदा पनि अटेर गरेपछि आफैँ सडकमा आउनु परेको दाबी मन्त्री झाक्रीको थियो । पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारको चर्को आलोचना गरेर, नेकपा (एस) दर्ताका दिन माधब नेपाललाई हातमा समातेर डोहोर्याएर, तत्कालिन नेकपा भित्र आन्तरिक शक्ति संघर्ष चुलिएका बेला राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्द अशोभनीय आलोचना गरेर झाक्री पटक पटक भाइरल भईरहेकी पात्र हुन् । अर्का भाइरल मन्त्री हुन् प्रेमबहादुर आले । चलखेल गरेर नेपाल एयरलाइन्सलाई कम्पनी मोडलमा चलाउनुपर्छ भन्नेलाई नेपाल एयरलाइन्सकै अध्यक्ष नियुक्त गरेका मन्त्री आले बेला बेला नेता गतिलो नभएकै कारण देश गरिब भएको भाषण गर्छन् ।उनले गत बिहिबार मात्रै १२औँ तहका वरिष्ठ कर्मचारीलाई पन्छाएर ११औँ तहका कनिष्ठलाई नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशक बनाएका छन् ।कोरोना संक्रमित भएर आईशोलेशनमा बसेको बेलामा समेत उनले सम्पत्ति शुद्धिकरणको मुद्दा लागेका व्यवसायीलाई क्यासिनोको लाइसेन्स दिए ।तर, अनुगमनका नाममा कहिले पशुपति धर्मशाला, कहिले नारायणहिटी चाहार्नु उनको दिनचर्या बनेको छ । उनी एयरपोर्टमा पुगेर विमानस्थलका सबै समस्या समाधान गर्छु भन्न पनि छोड्दैनन् ।तर, पशुपति धर्मशाला, कहिले नारायणहिटी र त्रिभुवन विमानस्थलमा पुगेर मात्रै समस्या समाधान हुने कुरा भएन । यसका लागि नीतिगत व्यवस्था दह्रो हुनुपर्छ । आले मन्त्री भएपछि पर्यटन तथा नागरिक उड्डयन सम्बन्धि एउटा गतिलो नीति बनेको छैन । केवल नियुक्ति मात्रै भएका छन् ।‘प्रतिष्ठा घट्यो’अनुगमनका नाममा सडकमा निस्किँदा सामाजिक सञ्जालतिर क्षणिक लोकप्रीयता झल्किए पनि प्रतिष्ठा भने दिनप्रतिदिन कमजोर हुँदै गएको अनुभूति मन्त्रीहरुले नै गर्न थालेका छन् । श्रममन्त्री किसान श्रेष्ठले यस विषयमा औपचारिक रुपमै अनुगमनमा निस्किएकै कारण आफ्नो प्रतिष्ठा घटेको अभिव्यक्ति दिएका थिए । तर, मन्त्रीहरु नागरिकको ध्यान तान्न सकिने कार्यालय छानीछानी ‘छापामार’ शैलीमा अनुगमनमा दौडिन छोडेका छैनन् ।कानुन एकातिर, काम अर्कोतिरनेपालको संविधानको धारा ८२ को उपधारा १ मा मन्त्रीको काम, कर्तव्य र अधिकारको व्यवस्था छ । सोही धाराका आधारमा बनेको ‘नेपाल सरकार कार्यविभाजन नियमावली, २०७४’ मा मन्त्रीले नीति तर्जुमा गर्ने, मन्त्रिपरिषद्मा आफ्नो मन्त्रालयका तर्फबाट प्रस्ताव लैजाने, बैठक सञ्चालन गर्ने काम तोकिएको छ ।तर, अनुगमन गर्ने काम मन्त्रीको होइन । अनुगमनको काम विभागका प्रमुख वा कतिपय अवस्थामा सचिवको हुन्छ । अनुगमनमा मन्त्रीको संलग्नता कानुनमा कतै छैन । अनुगमनका लागि कतिपय विषयगत समितिहरु हुन्छन् । यस्ता समितिले अनुगमन गर्ने हो ।

भारतमा पछिल्लो २४ घण्टामा ५० हजारले घट्यो कोरोना संक्रमित

काठमाडौं । भारतमा पछिल्ला चार दिनमा कोरोना भाइरस संक्रमितको संख्यामा कमी आएको छ । पछिल्लो २४ घण्टामा भारतमा २ लाख ५५ हजार ८७४ जना संक्रमित थपिएका छन् । यो संक्रमण सोमबारको तुलनामा ५० हजारले कमी हो । सोही अवधीमा २ लाख ६७ हजार संक्रमित निको भएका छन् । यस्तै, थप ६१४ जनाको भाइरस संक्रमणले मृत्यु […]

विराटनगरमा दैनिक संक्रमित हुने दर घट्यो

विराटनगर । विराटनगरमा कोरोना संक्रमित घटेका छन् । प्रदेश नम्बर–१ को राजधानीमा केही सातायता संक्रमितको संख्यामा उल्लेख्य कमी आएको छ । विराटनगर महानगरपालिकाका अनुसार दैनिक ५० र त्यसभन्दा पनि कम संख्यामा संक्रमित फेला पर्न थालेपछि बजार खुलेका छन् । निजी तथा सार्वजनिक यातायातका साधन पनि सञ्चालनमा छन् । प्रदेशका मुख्य सहरहरु इटहरी,...

निषेधाज्ञाको सकारात्मक प्रभाव : प्रदेश १ मा दैनिक संक्रमण दर घट्यो

विराटनगर (अस) । वैशाखको अन्त्य र जेठको पहिलो साता प्रदेश १ मा दैनिक १२ सयमा कोरोना पोजेटिभ देखिए पनि निषेधाज्ञाको सकारात्मक प्रभावका कारण अहिले कोरोनाको संक्रमण दर घटेर दैनिक ३०० हाराहारीमा झरेको छ । त्यस्तै प्रदेश १४ जिल्लामध्ये ७ जिल्लामा नयाँ संक्रमणको दर शून्यमा झरेको छ । कोरोनाको संक्रमणदर घट्दै गएपछि निषेधाज्ञा विस्तारै खुकुल्याउँदै लगिएको छ । प्रदेश १ मा दैनिक कोरोना संक्रमितको संख्या ३ सयभन्दा कममा झरेको छ । प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार आइतवार प्रदेश १ मा २५५ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको ‘कोभिड–१९ निगरानी, तथ्यांक संकलन तथा अनुगमन समिति’को सचिवालय संयोजक डा. रवीन्द्र निरौलाले पछिल्लो १० दिनदेखि संक्रमणको दर दैनिक घटेको र निको हुनेको संख्या बढेको बताए । मन्त्रालयको तथ्यांक अनुसार प्रदेशमा पहाडी तथा हिमाली जिल्लामा दैनिक संक्रमित हुनेको संख्या शून्यमा झरेको छ । संखुवासभा, तेह्रथुम, इलाम, पाँचथर, ताप्लेजुङ, सोलुखुम्बु र खोटाङ जिल्लामा दैनिक संक्रमणको दर शून्यको अवस्थामा पुगेको हो । शनिवार र आइतवार ती जिल्लामा संक्रमणको दर शून्य रहेको मन्त्रालयले बताएको छ । कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दासले दुई सातायता कोरोना संक्रमितको संख्या तुलनात्मक रूपमा घटेको बताए । ‘तर, जोखिम घटिसकेको छैन,’ उनले भने । पहाडी जिल्लामा संक्रमणको दर शून्य र केहीमा अति न्यून रहे पनि सघन जनसंख्या रहेको तराईका मुख्यतः झापा, मोरङ र सुनसरीमा भने अझै पनि संक्रमणको दरमा उल्लेख्य कमी आउन नसकेको मन्त्रालयले बताएको छ । दैनिक संक्रमणको दर ओरालो लागेसँगै अस्पतालको सघन उपचार कक्षमा बिरामीको चाप पनि घटेको छ ।

भारतमा घट्यो कोरोना संक्रमण

काठमाडौं । भारतमा कोरोना संक्रमणको दर घटेको छ । अघिल्लो २४ घण्टामा १ लाख १४ हजार ४६० कोरोना संक्रमित थपिएको भारतमा पछिल्लो २४ घण्टामा १ लाख ६३६ संक्रमित थपिएका छन् ।  संक्रमितको यो संख्या दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि एकैदिन संक्रमण भएको सबैभन्दा कम हो । पछिल्लो २४ घण्टामा भारतमा २ हजार...

बाँकेका कारोना संक्रमितको मृत्युदर ह्वात्तै घट्यो

जेठ १६, बाँके । कोरोना संक्रमित बिरामीको उपचार हुँदै आएको बाँकेका अस्पतालमा मृत्युदर ह्वात्तै घटेको छ । दैनिक १५ देखि १७ जनाको मृत्यु हुने गरेकामा अहिले ह्वात्तै घटेको छ ।  शनिवार रातिदेखि आइतवा बिहानसम्म चार जनाको मृत्यु भएको छ । मृत्यु हुने सबै बाहिरी जिल्लाका रहेका छन् भने पछिल्लो २४ घण्टामा बाँकेका बिरामीको मृत्यु शून्य रहेको छ । अस्पतालमा अहिले भर्ना हुने बिरामी र मृत्यु हुने अधिकांश बाहिरी जिल्लाका संक्रमित रहेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।  उनका अनुसार कोरोना संक्रमणबाट हालसम्म बाँकेका २८८ को मृत्यु भएको छ भने विभिन्न बाहिरी जिल्लाबाट यहाँका अस्पतालमा उपचारका लागि आएका २७९ को उपचारका क्रममा मृत्यु भएको छ ।  पछिल्लो पटक शनिवार रातिदेखि आइतवार बिहानसम्म यहाँका अस्पतालमा भर्ना भएका दाङ, बर्दिया र सल्यानका चार कोरोना संक्रमितको मृत्यु भएको छ । शिक्षण अस्पताल कोहलपुरमा उपचाररत तुलसीपुर उपमहानगरपालिका वडा नं ४ निवासी ४२ वर्षीया महिलाको गएराति ११:०० बजे मृत्यु भएको छ । यसैगरी भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएका बर्दिया बाँसगढी नगरपालिका– ३ निवासी ४२ वर्षीय पुरुषको आज बिहान ३:३० बजे, सल्यान बागचौर नगरपालिका– ८ निवासी ६१ वर्षीय पुरुषको बिहान ५:३० बजे र बर्दिया बढैयाताल गाउँपालिका– ५ निवासी ५८ वर्षीया महिलाको आज बिहान ६:४५ बजे मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले जानकारी दिए । रासस

भारतमा कोरोना संक्रमण दर घट्यो

काठमाडौं । भारतमा कोरोना संक्रमणको दरमा केही कमी आउन थालेको छ । दैनिक ४ लाखसम्म कोरोना संक्रमित थपिने गरेकोमा यो संख्यामा अहिले केही कमी आएको छ ।  पछिल्लो २४ घण्टामा २ लाख ७६ हजार ११० जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा भारतमा ३ हजार ८७४ संक्रमितको मृत्यु भएको विश्व...

घट्यो पीसीआर परीक्षणको संख्या, ६ हजारको परीक्षण गर्दा भेटिए १०५६ संक्रमित

काठमाडौं:  कोभिड १९ दैनिक अध्यावधिक विवरण अनुसार संक्रमतिको संख्या घटदै गएको छ। पीसीआर परीक्षणको संख्या घटदै गएपछि संक्रमितको संख्या पनि घटदै गएको हो।  दशैंको बेला लगातार उकालो लागेको कोरोना संक्रमित संख्या तिहार पछि भने दैनिक घटिरहेको छ। दैनिक पीसीआर परीक्षण गर्नेको संख्यामा कमि आएपछि संक्रमितको संख्या घटेको हो। बुधवार