गृहमन्त्री रवि पुल्चोकस्थित सरकारी निवास सरे

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सरकारी निवास पुल्चोकस्थित सरकारी निवास सर्नुभएकाे छ । उहाँ बिहीवार सरकारी निवास सर्नुभएकाे हाे। सरकारी निवास प्रवेश गर्दा मन्त्री रविले सुरक्षाकर्मीबाट सलामी लिएका छन् । उहाँ पाैष १० गते उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे ।

सम्बन्धित सामग्री

पूजाआजा गरेर सरकारी निवास सरे गृहमन्त्री लामिछाने

काठमाडौँ – उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने बिहीबार सरकारी निवास पुल्चोकमा सरेका छन्। गृहमन्त्री लामिछाने आज बिहीबार दिउँसो पूजाआजा गरेर पुल्चोकस्थित सरकारी निवास(क्वाटरमा) सरेका हुन्। उनले आफू सर्ने क्वाटरमा पूजाआजाका साथै झण्डोत्तोलनसमेत गरेका थिए। पूर्वसञ्चारकर्मी लाम‍िछाने राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापतिसमेत हुन्।

उपप्रधानमन्त्री रवि लामिछाने सरकारी निवास पुल्चोकमा सरे

१५ पुस, काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने सरकारी निवास पुल्चोकमा सरेका छन् । बिहीबार दिउँसो उनी सरकारी निवास पुल्चोकमा सरेका हुन् । सरकारी निवासमा सरेपछि गृहमन्त्रीले झण्डोत्तोलनसमेत गरेका छन् भने उनलाई नेपाली सेनाको टुकडीले सलामीसमेत दिएको छ ।

प्रधानमन्त्री दाहाल सरकारी निवास बालुवाटार सरे

नेकपा माओवादीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारी निवास बालुवाटारमा सरेका छन।...

प्रधानमन्त्री प्रचण्ड सरकारी निवास बालुवाटारमा प्रवेश (तस्बिरहरु)

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारी निवास बालुवाटारमा सरेका छन् । उनी साँझ ६ः२० मा  बालुवाटार सरेका हुन् ।निवर्तनमान प्रधनमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटार बुधबार बिहान खाली गराएका थिए । देउवाले खाली गरेपछि प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरेका हुन् ।ज्योतिषले निकालेको साइतमा बालुवाटार प्रवेश गरेका प्रचण्डले बालुवाटारमा गृहप्रवेशअघि पूजापाठ गरेका थिए ।

प्रधानमन्त्री दाहाल भाेली सरकारी निवास बालुवाटार सर्ने

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहिबार सरकारी निवास बालुवाटारमा सर्ने हुनुभएकाे छ । बालुवाटारमा आज बुधबार सरसफाई गर्ने र बिहिबार मात्रै सर्ने तय भएको उहाँकाे सचिवालयले जनाएको हाे ।निवर्तनमान प्रधनमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटार बुधबार बिहान नै खाली गराउनुभएकाे छ । देउवाको बूढानीलकण्ठस्थित निवास मर्मतको कार्य चलिरहेकाले उहाँ भाडाको घरमा बालुवाटारबाट सर्नु भएकाे […]

देउवाले आज सरकारी निवास बालुवाटार छाड्दै

काठमाण्डाै - निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आज सरकारी निवास बालुवाटार छाड्ने हुनुभएको छ । हिजो सात दल र तीन स्वतन्त्र सांसदसहित १६९ सांसदको समर्थनमा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाले बालुवाटारमा रहेको सरकारी निवास छाड्न लाग्नुभएको हो । प्रचण्डको शपथअघि नै देउवाले बालुवाटार छोड्ने तयारी गरेको बुझिएको छ । हिजो प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले आज बेलुकी ४ बजे शपथ लिने कार्यक्रम छ । आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी छ ।

सभामुख सापकोटाले सरकारी निवास छाडे

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सरकारी निवास छाडेका छन् । लैनचौरस्थित सरकारी निवास छाडेर सापकोटा कौशलटारस्थित निवास सरेका छन । सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेका अनुसार सभामुख सापकोटाले सरकारी सेवा सुविधा पनि त्याग गरेको घोषणा गरेका छन । आजै मात्रै सापकोटाले संसदीय राजनीति नगर्न भन्दै ४ मंशिरमा हुन गईरहेको निर्वाचन प्रक्रियावाट औपचारिक रुपमा अलग भएको […] The post सभामुख सापकोटाले सरकारी निवास छाडे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सभामुख सापकोटाले सरकारी निवास छाडे

काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले सरकारी निवास छाडेका छन् । लैनचौरस्थित सरकारी निवास छाडेर सापकोटा कौशलटारस्थित निवास सरेका छन । सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेका अनुसार सभामुख सापकोटाले  सरकारी सेवा सुविधा पनि त्याग गरेको घोषणा गरेका छन । आजै मात्रै सापकोटाले संसदीय राजनीति नगर्न भन्दै ४ मङ्‌सिरमा हुन गइरहेको निर्वाचन प्रक्रियाबाट औपचारिक रुपमा अलग भएको घोषणा […]

सभामुख सापकोटाले छाडे सरकारी निवास

२२ असोज, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सरकारी निवास छाडेका छन् । प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ताको अघिल्लो दिन शनिबार सापकोटा सरकारी निवास छाडेर निजी निवासमा फर्किएका हुन् । उनले सभामुखको रुपमा पाउने सरकारी सेवा सुविधा पनि छाडेको उनका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए । सरकारी सेवा सुविधा छाड्नु अगाडि सापकोटाले पत्रकार सम्मेलन […]

श्रीलंकाका राष्ट्रपतिले सरकारी निवास छाडे

२५ असार, काठमाडौं । श्रीलंकामा प्रदर्शनकारीले कब्जा गरेपछि राष्ट्रपति गोटाबाया राजापाक्षेले सरकारी निवास छाडेका छन् । प्रदर्शनकारीले राष्ट्रपतिको राजीनामा माग गर्दै सरकारी निवास कब्जा गरेपछि उनले निवास छाडेका सुरक्षा स्रोतलाई उधृत गर्दै भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाले समाचार लेखेको छ । प्रदर्शनकारी राष्ट्रपति भवनभित्र प्रवेश गरेका छन् । श्रीलंका प्रहरीले शनिबार राति ९ बजेपछि […]