विषादी प्रयोग गरिएका आँप छ्यापछ्याप्ती : कस्तो आँपमा विसादी हुन्छ ? कसरी थाहा पाउने ?

विराटनगर । मोरङको विराटनगर बजार क्षेत्रमा विषादी प्रयोग गरी पकाइएका आँप छ्यापछ्याप्ती रुपमा विक्री वितरण भइरहेका छन् ।  सरोकारवाला निकायले अनुगमन नगर्दा व्यापारी विषादी प्रयोग गरिएका आँप महङ्गोमा विक्री गरिरहेका छन् । नाफा कमाउन समयभन्दा पहिला नै आँप बजारमा बेच्न थालिएको छ । यसका लागि अत्यधिक विषादी प्रयोग गर्ने गरेको पाइएको छ । व्यापारीले पाक्नुभन्दा अघिनै रूखबाट आँप टिप्ने र विषादी प्रयोग गर्ने क्रम चलिरहेको छ ।  विषादी प्रयोग गरिएका आँप खाँदा स्वास्थ्य असर पर्ने जोखिम छ । भारतसितको खुला सीमाका कारण व्यापारीले सस्तोमा काँचो आँप नेपाल भित्र्याउने गरेका छन् ।  काँचो आँप ल्याउने र कार्बाइडको प्रयोगबाट पाकेका आँप बजारमा बेच्ने प्रवृत्ति मौल्याएको हो । आँपमा विषादी प्रयोग गरिँदा छिटो पाके पनि यस्तो आँप खानु स्वास्थ्यका लागि हानिकारक हुने चिकित्सक बताउँछन् ।    विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्की खाद्य पदार्थमा अनुमतिबिना विषादी प्रयोग गरी विक्री वितरण गर्न नपाइने बताउँछन् ।  बजेट निर्माणको चटारो भएका कारण बजार क्षेत्रमा नियमित अनुगमन गर्न नसकिएको उनको भनाइ छ । 'यसको फाइदा उठाएर केही व्यापारीले विषादी प्रयोग गरी आँप विक्री गर्नेगरेको जानकारीमा आएको छ', कार्कीले भनिन् । उनले काँचो आँपमा विषादी हालेर विक्री वितरण नगर्न सबैमा आग्रह गरिन् ।  सुनसरीको झुम्कास्थित कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्रका माटो विज्ञ डिगम्बर यादवले अत्याधिक मुनाफा आर्जनका लागि केही व्यापारीले विषादी प्रयोग गरी  आँप बजारमा विक्रीका लागि ल्याउने गरेको पाइएको बताए । यस्तो आँपको स्वाद पनि राम्रो नहुने र स्वास्थ्यलाई फाइदा नपुर्‍याउने उहाँ बताउनुहुन्छ ।  विराटनगर–२ स्थित मुस्कान फलफुल सेन्टरका सञ्चालक मोहम्मद इसलाम ठूला व्यापारीले नभइ केही साना व्यापारीले बढी मुनाफा कमाउने लोभमा आँपमा विषादी प्रयोग गर्ने गरेका बताउँछन् । यसबाट ठूला व्यापारीलाई समेत समस्या भएको उनको भनाइ छ ।  कोसी अस्पतालका इमरजेन्सी विभागका इन्चार्ज गजेन्द्र यादवले विषादी  मिसाएको आँप खानाले झाडापखाला लाग्ने, जीउ चिलाउने, वान्ता हुने जस्ता समस्या देखिने बताए । विषादीयुक्त आँप बजारमा बेच्न थालेसँगै झाडापखाला, वान्तालगायतका बिरामी उपचारका लागि दैनिक अस्पताल आउने गरेका उनको भनाइ छ । –रासस

सम्बन्धित सामग्री

भारतीय तरकारीमा अत्यधिक विषादी प्रयोग

जनकपुरधाम– नेपाल भारतबीच रहेको खुल्ला सीमा नाकाको फाइदा उठाउँदै तस्करर्तहरूले भारतबाट तस्करी गरी ल्याउने हरियो तरकारीको विषादी परीक्षणबिना नै बजारमा बिक्री गर्दा उपभोक्ता मन्द विष प्रयोग गर्न बाध्य छन् । धनुषा, महोत्तरी, सलाही, सिरहा, सप्तरी जिल्लामा भारतबाट आउने तरकारीमा रहेको विषादीको परीक्षण गर्ने ल्याव खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय भिठामोडमा मात्र हुने गरेकाले […]

नेपालमा आयात हुने विषादीमध्ये ९० प्रतिशत तरकारी खेतीमा प्रयोग

नेपालमा आयात हुने कुल विषादीमध्ये ९० प्रतिशत तरकारी खेतीमा प्रयोग भएको पाइएको छ । नेपाल जनस्वास्थ्य प्रतिष्ठानले बुधबार एक विज्ञप्तिमा जारी गर्दै तरकारी खेतीमा ठूलो मात्रामा विषादी प्रयोग भएको उल्लेख गरेको छ । प्रतिष्ठानले तरकारीमा विषादी प्रयोग गर्दा विभिन्न स्वास्थ्य समस्या देखिँदै आएको समेत बताएको छ । स्वास्थ्य समस्याहरूमा आत्महत्याको प्रयास, दूषित खानाबाट विषाक्तका, अनपेक्षित दुर्घटनाहरु र घातक चोटहरूलाई प्रतिष्ठानले समावेश गरेको छ ।  विषादीको प्रयोगलाई धेरै तीव्र र दीर्घकालीन स्वा

जनकपुरको बजारमा विषादी प्रयोग गरी पकाइएको आँप

मधेश प्रदेशको राजधानी जनकपुरधामलगायत सहरमा कार्वाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको  पाइएको छ । स्थानीय किसानको बगैँचामा फलेको आँप असारको दोस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीले कार्वाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण गरिरहेका हुन् । भारतको विभिन्न स्थानमा रहेका फलफूलका गोदाममा कार्वाइड प्रयोग गरी पकाइएका आँप राजधानी जनकपुरधामसहित सहरहरुमा बिक्री भइरहेको स्थानीयवासीले बताए ।  विषादी प्रयोग गरेर पकाइएको आँपले स्वास्थ्यमा असर पार्ने भएकाले त्यस्तो आँप नखान चि

बजारमा विषादी प्रयोग गरी पकाइएको आँप

काठमाडौँ,३० जेठ । मधेश प्रदेशको राजधानी जनकपुरधामलगायत सहरमा कार्वाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको पाइएको छ । स्थानीय किसानको बगैँचामा फलेको आँप असारको दोस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीले कार्वाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण गरिरहेका हुन् । भारतको विभिन्न स्थानमा रहेका फलफूलका गोदाममा कार्वाइड प्रयोग गरी पकाइएका आँप राजधानी जनकपुरधामसहित सहरहरुमा […]

जुम्लामा अझै रोकिएन विषादी प्रयोग

जुम्ला-जुम्लालाई नेपालकै पहिलो अर्गानिक जिल्ला घोषणा गरेको झण्डै १४ वर्ष बित्यो । २०६४ सालमा १४ औं जिल्ला परिषदबाट जुम्लालाई नेपालकै पहिलो अर्गानिक जिल्ला घोषणा गरिएको थियो ।विषादी प्रयोगको अन्त्य गर्ने, अर्गानिक कृषि उत्पादन बढाउने,अर्गानिक खेती विस्तार गर्ने र जुम्लाका कृषि बस्तुलाई ब्राण्डका रुपमा विकास गर्ने लक्ष्यले अर्गानिक जिल्ला घोषणा गरिएको थियो ।तर अर्गानिक जिल्ला घोषणाको […]

किटनाशक विषादीको विकल्पमा ‘जैविक विषादी’

भक्तपुरको सूर्यविनायक नगरपालिका–७ का स्थानीय किसान देविका खड्काले अचेल कृषि बालीमा किटनाशक विषादी प्रयोग गर्न छाडेकी छन् । उनले एग्रोभेटको सुझावअनुसार भिटामिन प्रयोग गरे पनि किटनाशक विषादीको स्थानमा जैविक विषादी प्रयोग गर्दै आएकी छन् ।“बालीमा कीरा वा रोग लागे सोअनुसार तितेपाती, क्यातुके, गाईको गहुँत मिसाएर २२ दिनसम्म पकाएर कालो कपडाले छोपी हावा जान नदिएर बनाएको स्थानीय विषादी प्रयोग गर्छु । रसायनिक किटनाशक विषादी हालेको तरकारी आफू पनि खान्न, अरुलाई खुवाउनुहुँदैन”, उनले भनिन् ।स

कडा विषादी प्रयोग गरेको पाइएपछि कन्याम चिया कमानको विषादी घर सिलबन्दी

इलाम, साउन २४ । इलामको कन्यामस्थित कन्याम चिया कमानको विषादी घर सिलबन्दी गरिएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, सूर्योदय नगरपालिकासहितको टोलीले शनिबार बगानको अनुगमन गर्दा कडा विषादी प्रयोग गरेको पाइएपछि विषादी घर अनिश्चित कालका लागि सिलबन्दी गरिएको हो । विषादी प्रयोगको जनगुनासोका आधारमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा […]

विषादी प्रयोग गरिएका आँप छ्यापछ्याप्ती

मोरङको विराटनगर बजार क्षेत्रमा विषादी प्रयोग गरी पकाइएका आँप छ्यापछ्याप्ती रूपमा बिक्री वितरण भइरहेका छन् ।

रसायनिकको सट्टा जैविक विषादी प्रयोग बढ्यो

बनेपा  काभ्रेका किसान जैविक विषादीतर्फ आकर्षित हँदै गएका छन् । खेतबारीमा रासायनिक विषादी प्रयोग छाड्दै जैविक विषादी