काठमाण्डाै - सुनसरी-१ बाट जनता समाजवादी पार्टी, जसपाका अशोककुमार राई प्रतिनिधि सभामा निर्वाचित हुनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई पराजित गर्दै उहाँ प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो।
सुरुवाती गणनामा तामाङले अग्रता लिँदै आउनुभएकोमा पछि राईले अग्रता लिँदै विजयी हुनुभएको हो । राईले १७ हजार ५९ र तामाङले १६ हजार ६०६ मत ल्याउनुभएको छ ।
माओवादीका मुक्सामहाङ्ग सुब्बाले १३ हजार ८७, राप्रपाका अशोककुमार राईले सात हजार ८८४, एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार मेयाङ्गब...