असारको अन्तिमसम्म मल आइपुग्ने सम्भावना छ : कृषि मन्त्री यादव

३० जेठ, काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र राय यादवले असारको अन्तिमसम्म आवश्यक मल नेपाल आइपुग्ने सम्भावना रहेको बताएका छन् । नेकपा एमालेले सोमबार प्रतिनिधिसभामा प्रस्तुत गरेको मल अभाव सम्बन्धी प्रस्तावमाथिको छलफलमा सांसदले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले असारको अन्तिमसम्म मल आउने सम्भावना रहेको बताएका हुन् । उनले मल ल्याउने ग्यारेन्टी गर्न […]

सम्बन्धित सामग्री

रासायनिक मल र कोरोना बीमाबारे डिला संग्रौलाद्वारा सरकारको ध्यानाकर्षण

नेपाली काँग्रेसकी सांसद डा. डिला संग्रौलाले किसानले रासायनिक मल नपाएको विषयमा सरकारको ध्यानाकर्षण गराएकी छन् । मंगलबारको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै संग्रौलाले पटकपटक कृषि मन्त्री आइरहेपनि किसानले अहिलेसम्म रासायनिक मल नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन् ।असारमा धादिङका किसानहरू आक्रोशित भएर दुई ट्रक रासायनिक मल सडकमै लुट्दा पनि सरकार मौन बसेको उनको भनाइ छ । मल ल्याउन कानुनी समस्या भए सार्वजनिक खरीद ऐन संशोधन गर्न केले रोकेको छ भन्दै संग्रौलाले प्रश्न गरिन् । ‘के

साउन पहिलो साताभित्र ३० हजार टन युरिया मल नेपाल भित्रिने

कृषि तथा पशुपंक्षी विकासमन्त्री मृगेन्द्रसिंह यादवले साउन पहिलो साताभित्र ३० हजार टन युरिया मल नेपाल आइसक्ने बताएका छन् । वीरगञ्जमा आजदेखि शुरु भएको जनता समाजवादी पार्टी को केन्द्रीय समितिको उद्घाटन कार्यक्रममा बोल्दै कृषि मन्त्री यादवले युरिया मल ओमानबाट गाडीमा लोड भएर हिँडिसकेकोले साउन पहिलो सातासम्म नेपाली नाका सम्म आइसक्ने बताएका हुन् । उनले  थप २० हजार टन युरिया साल्ट ट्रेडिङले पनि ल्याउन लागेको जनाएका छन् ।प्रत्येक वर्ष बजारमा मल अभाव भएपछि किसानहरु कालोबजारीमा चर्को मूल्य तिरेर वा भा

रोपाइँका लागि मल नआउने

नेपाल–भारतबीच भएको जीटुजी (सरकारदेखि सरकार) सम्झौताका मल वर्षे धान रोपाइँका लागि नआउने भएको छ । सम्झौता भए पनि भारतबाट तोकिएको समयमा मल आउने नआउने निश्चित नभएको बताइएको छ । तत्कालीन कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादव भारत गएर त्यहाँका सम्बन्धित मन्त्रीलाई भेटेर मल नेपाल ल्याउने सुनिश्चित गरेका थिए । असारको दोस्रो हप्तासम्म मल नेपाल आइपुग्ने तत्कालीन मन्त्री यादवले बताएका थिए । तर असार सकिन लाग्दा पनि मल आउने निश्चित देखिएको छैन । तत्कालीन कृषि मन्त्री यादव भारतबाट फर्किस

किसानलाई मल दिनु पहिलो प्राथमिकता : नवनियुक्त कृषि मन्त्री यादव

काठमाण्डाै – नवनियुक्त कृषि तथा पशुपक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।  आज सोमवार मन्त्रालयमा पुगेर पदबहाली गरेसँगै सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै मन्त्री यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभयो । उहाँले मलको अभाव भएको र किसानले मल नपाएको भन्दै आफ्नो पहिलो प्रयास किसानसमक्ष मल पुर्‍याउनुभएकाे सुनाउनुभयाे ।    मन्त्री यादवले बाँकी काम मन्त्रालयको ब्रिफिङ सुनेसँगै तय गर्ने जानकारी दिनुभयो । उहाँले...

खुमलटारमा धान रोप्दै कृषि मन्त्री यादवले खुलाए मल ल्याउन नसक्नुको कारण

काठमाडौं : कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवले अन्तर्राष्ट्रिय बजारमा मलको मूल्यवृद्धि भएका कारण ठेकेदारले मल ल्याउन नसकेको बताएका छन्। बुधवार राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटार फार्म परिसरमा आयोजित ‘१९ औँ राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव २०७९’ कार्यक्रममा यादवले मलको ठेक्का लिएका ठेकेदारले मल ल्याउन नसकेका कारण ठेक्का…

विराटनगर भित्रियो युरियाको झोल मल

किसानले रासायनिक मल नपाएर हैरान बेहोर्नु परेका बेला भारतबाट निजी क्षेत्रले युरियाको झोल मल विराटनगर भित्र्याएको छ। भारतबाट आयात गरिएको मल प्रदेश १ का कृषि मन्त्री झलकबहादुर मगरले सोमबार सार्वजनिक गरे।...

सम्झौताअनुसारको मल नदिएपछि ताकेता गर्न भारत पुगे कृषि मन्त्री

सम्झौताअनुसार भारतले रासायनिक मल उपलब्ध नगराएपछि ताकेता गर्न भन्दै कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र यादव भारत पुगेका छन् । खाद्य स्वच्छन्दतासम्बन्धी कार्यक्रममा सहभागी हुन भारत गएका मन्त्री यादवले सो कार्यक्रमलगत्तै भारतका रसायन तथा उर्वर मन्त्रीलगायत तीनजना मन्त्रीसँग छलफल गरेर फर्कनेछन् ।भारतसँग जिटुजी प्रणालीबाट मल खरिद गर्ने सम्झौतापत्रमा हस्ताक्षर भइसकेको तथा कम्पनी छनौट गरिसकेको भए पनि सम्झौताअनुसार रासायनिक मल उपलब्ध हुन नसकेपछि मन्त्री यादवले भारत भ्रमणका क्रममा ताकेता गर्ने भएक

पैसा तिरेको मल समेत चीनमा अड्कियो : कृषि मन्त्री यादव

१९ पुस, काठमाडौ । कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले पैसा तिरेको मल समेत चीनमा अड्किएका कारण देशैभर रासायिनक मल अभाव भएको दाबी गरेका छन् । प्रतिनिधीसभा अन्र्तगत अर्थ समितिमा सोमबार आयोजित छलफलमा मन्त्री यादवले मल बिक्री नगर्ने चिनियाँ नीति र अन्तराष्ट्रिय बजारमा बढेको मूल्यका कारण मल अभाव भएको दाबी गरे । मल […]