महन्थ ठाकुर पक्ष आन्तरिक छलफलमा, सरकारमा सहभागी नहुने

१२ साउन, काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिता गुमाएको महन्थ ठाकुर पक्षले आगामी रणनीतिबारे छलफल सुरु गरेको छ । सोमबार निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिता दिएपछि उत्पन्न परिस्थितिबारे ठाकुर पक्षका संघीय संसद र प्रदेश सभाका काठमाडौमा उपलब्ध सांसदहरुले मंगलबारबाट छलफल सुरु गरेका हुन । निर्वाचन आयोगले पार्टीको आधिकारिकताका सम्बन्धमा फैसला गरेपछि त्यसको […]

सम्बन्धित सामग्री

लोसपा दर्ताका लागि सांसद र केन्द्रीय सदस्य लिएर निर्वाचन आयोग पुगे महन्थ ठाकुर

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी नेपाल दर्ताका लागि महन्थ ठाकुर पक्ष निर्वाचन आयोग पुगेको छ। जनता समाजवादी पार्टीबाट फुटेर सांसद र केन्द्रीय सदस्यहरुको सनाखत गराउन महन्थ ठाकुर समूहका नेता निर्वाचन आयोगमा पुगेका हुन्। लसोपा दर्ताका लागि संघीय संसदका १६ जना सांसद् सनाखतका लागि आयोग पुगेको नेताहरुले बताएका छन्। नेकपा एमालेबाट…

जसपा विभाजनः प्रदेश २ मा १६ सांसदमा सीमित महन्थ ठाकुर पक्ष

जनकपुरधाम – जनता सामाजवादी पार्टी विभाजित भएपछि महन्थ ठाकुर पक्ष प्रदेश २ मा कमजोर भएको छ। महन्थ ठाकुरले निर्वाचन आयोगमा पार्टी दर्ताको लागि निवेदन दिइसकेपछि प्रदेश सांसद उनको पक्ष र विपक्षमा खुलेका छन्। उपेन्द्र यादव पक्षभन्दा कमजोर देखिएको महन्थ पक्षका ९ जना सांसद उनको साथ छाडिसकेका छन्। तत्कालीन राष्ट्रिय जनता पार्टीबाट निर्वाचित २५ जनामध्ये ९ […]

महन्थ ठाकुर पक्षमा बहस– नयाँ पार्टीमा एकजना अध्यक्ष रहने कि दुईजना ?

उपेन्द्र यादवले जनता समाजवादी पार्टी नेपालको आधिकारिकता पाइसकेपछि महन्थ ठाकुर पक्ष तत्काल जसपा नेपालमै रहेर नयाँ पार्टी गठनको प्रकृयामा लागेको छ । नयाँ पार्टी गठन प्रक्रियामा खुलेर लाग्दा संघीय तथा प्रदेश सांसद एवं पालिकाका निर्वाचित पदाधिकारीको पद जाने डरले तत्काल नयाँ पार्टीमा गठनमा संलग्नता नदेखाए पनि सो पक्षले नयाँ पार्टी गठनको अभ्यास सुरु गरेको छ ।नयाँ पार्टीमा एउटा अध्यक्ष राख्ने कि दुईवटा भन्नेबारे सो पक्षमा बहस भइरहेको स्रोत बताउँछ । स्रोतका अनुसार महन्थ ठाकुर पक्षका नेताहरु एकल अध्यक्ष

महन्थ ठाकुर पक्ष सर्वोच्च जाने

जनता समाजवादी पार्टीको आधिकारिकता गुमाएको महन्थ ठाकुर पक्ष सर्वोच्च अदालत जाने भएको छ । सोमवार निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि आयोगको सो निर्णयविरुद्ध ठाकुर पक्ष सर्वोच्च अदालत जाने भएको हो ।  मंगलवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै ठाकुर पक्षका नेता लक्ष्मणलाल कर्णले निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्च जाने बताए । उनले यस विषयमा आवश्यक कानूनी परामर्श गरिरहेको पनि बताए ।

देउवालाई भेट्न बालुवाटार पुगे महन्थ ठाकुर

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न जसपा अध्यक्ष महन्थ ठाकुर बालुवाटार पुगेका छन्। बुधबार बिहान प्रधानमन्त्री देउवालाई भेट्न ठाकुर बालुवाटार पुगेका थिए। यी दुईबीच भएको भेटघाटमा यसअघि गरिएका सम्झौता पालना गर्नु पर्ने विषयमा छलफल भएको जनाएको छ।  जसपाको ठाकुर पक्षले अचानक प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको थियो।प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएपछि जसपाको महन्थ ठाकुर पक्ष पनि सरकारमा सहभागी हुनसक्ने सम्भावना बढेको छ।  आज प्रधानमन्त

ओलीको प्राथमिकतामा परेनन् महन्थ ठाकुर

जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्ष ओली सरकारबाट बाहिरिएसँगै उसले उठाउँदै आएको माग पनि ओझेलमा परेको छ । जसपा नेता महन्थ ठाकुर र राजेन्द्र महतोले आफ्नो मागका बारेमा कुरै गर्न छाडिसकेका छन् ।सरकारमा सहभागी हुनुअघि पटक–पटक बालुवाटार जाने गरेका अध्यक्ष महन्थ ठाकुरले अहिले बालुवाटारतिर फर्केर पनि हेरेका छैनन् ।माग उधारोमा होइन, नगदमा प्राप्त गरेपछि मात्र सरकारमा सहभागी हुने भन्दै अध्यक्ष ठाकुरको पक्षबाट ११ जना सरकारमा सहभागी भएका थिए । तर, सर्वोच्च अदालतको आदेशपछि उनीहरु सरकारबाट बाहिर

सरकारमा सहभागी हुने महन्थ ठाकुर पक्षको निर्णय

जनता समाजवादी पार्टी नेपाल (महन्थ ठाकुर पक्ष) ले सरकारमा जाने निर्णय गरेको छ । आज बसेका जसपा नेपाल कार्यकारिणी समितिको बैठकले निर्णय गरेको हो । मधेशी आन्दोलनकारीमाथि लगाइएको मुद्दा फिर्ता, जन्मसिद्ध नागरिकलाई वंशजको नागरिकता दिने, संविधान संशोधनका लागि विज्ञ समूह गठन गर्ने निर्णय सरकारले गरेपछि जसपा नेपाल सरकारमा जाने निर्णय गरेको हो ।प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार भेटेर अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले सरकारमा सहभागी हुने जानकारी गराइसकेको स्रोतले जनाएको छ । तर को को मन्त्री

महन्थ ठाकुर पक्ष फेरि तटस्थ बस्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष नयाँ सरकार गठनमा पनि तटस्थ बस्ने भएको छ । नयाँ विकसित राजनीतिक घटनाक्रमलाई लिएर बसेको बैठकले सो निर्णय लिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना मुद्दाहरु सम्बोधन गरिरहेकाले विपक्षमा जान नसक्ने सो पक्षले बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा […] The post महन्थ ठाकुर पक्ष फेरि तटस्थ बस्ने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

प्रदेश सांसदलाई पदमुक्त गर्ने निर्णयविरुद्ध महन्थ ठाकुर पक्ष निर्वाचन आयोगमा

लुम्बिनी प्रदेशका ४ सांसदलाई पदमुक्त गर्ने प्रदेश सभाको निर्णय विरुद्ध जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष निर्वाचन आयोग गएको छ । चार सांसदलाई पदमुक्त गर्ने निर्णय बदर गर्न माग गर्दै अध्यक्ष ठाकुरले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।  जसपाको उपेन्द्र यादव पक्षले प्रदेशको संसदीय दलको बैठकबाट निर्णय गराएर चार जनालाई सांसदबाट हटाउन सचिवालयमा निवेदन दिएको थियो । प्रदेश सभा सचिवालयले चारजनालाई हिजो पदमुक्त भएको सूचना टाँसेको थियो ।  मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागि भएको भन्दै जसप...