आगामी मौद्रिक नीतिबारे सरोकारवालाको सुझाव "ठूला कर्जाको प्राइस बैंकलाई नै तोक्न दिइनुपर्छ : बैंकर्स संघ"

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट घोषणा गरिसकेकाले यसकै आधारमा नेपाल राष्ट्र बैंकले पनि मौद्रिक नीतिको तयारी गर्दै छ । यसबीच बैंक तथा वित्तीय संस्था लगायत सरोकारवालाले अहिलेको परिस्थितिमा सबै पक्षलाई कार्यान्वयनमा सहज हुनेगरी मौद्रिक नीति ल्याउन सुझाएका छन् । अबको मौद्रिक नीतिले गर्नुपर्ने व्यवस्थाबारे बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युटले शनिवार आयोजना गरेको भर्चुअल अन्तरक्रियामा सरोकारवालाले यस्तो सुझाव दिएका हुन् । अन्तरक्रियमा नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले आगामी मौद्रिक नीतिले ठूला ऋणीहरूको कर्जाको प्राइस बैंकहरूलाई नै तोक्न दिन अनुरोध गरे । ‘केन्द्रीय बैंकले ४ दशमलव ४ प्रतिशतको स्प्रेडदर कायम गर्न भनेको छ । चैतमा हामीले ३ दशमलव ८ प्रतिशत मात्र कायम गर्न सक्यौं । किनभने हाम्रो आधारदर घटेको छ । दक्षिण एशियामै ब्याजदरमा डिरेगुलेशन गर्ने पहिलो देश नेपाल भएकाले वित्तीय संस्थाको स्वास्थ्य उत्कृष्ट भएको देखिन्छ,’ उनले भने, ‘तर अहिलेको अवस्था निरन्तर भइरहे बैंकिङ क्षेत्रमा राम्रो मान्छे नबस्ने जोखिम बढ्ने भएकाले ठूला ऋणीहरूको प्राइसिङ निर्णयमा बैंकहरूलाई नै छोडिदिँदा राम्रो हुन्छ ।’ कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले गतवर्षका कमजोरी औंल्याएर यसपटक अहिलेको बजेटलाई समेट्नेगरी मौद्रिक नीति ल्याउन जरुरी रहेको बताए । यसैगरी नेपाल डेभलपमेन्ट बैंकर्स एशोसिएशनका अध्यक्ष प्रद्युम्न पोखरेलले अबको नीतिले विकास बैंकहरूलाई पनि लोकल एलसीको कारोबारको व्यवस्था गर्नुपर्ने बताए । यसो गर्न पाए बजारमा प्रतिस्पर्धा बढ्ने र साना व्यवसायीलाई फाइदा पुग्ने उनको बुझाइ छ । नेपाल वित्त कम्पनी संघका अध्यक्ष सरोजराज तुलाधरले बजेटले जस्तोसुकै व्यवस्था गरे पनि मौद्रिक नीतिमार्फत आएपछि मात्र बैंक तथा वित्तीय संस्थाका लागि गरिएको व्यवस्थाले मूर्तरूप पाउने बताए । नेपाल लघुवित्त वित्तीय संघका अध्यक्ष वसन्तराज लम्सालले बजेटमार्फत सहकारीबारे धेरै व्यवस्था गरिए पनि लघुवित्तबारे स्पष्ट नआएको बताए । कतिपय व्यवस्था सहकारी र लघुवित्तसँग मेल खाने भएकाले यसलाई कार्यान्वयनको क्रममा केन्द्रीय बैंकले मौद्रिक नीतिमा स्पष्ट व्यवस्था गरिनुपर्ने उनको भनाइ छ । कार्यक्रममा नेपाल राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले दिँदै बैंक तथा वित्तीय संस्था र उद्योग व्यवसाय एउटै शरीर र यसभित्र सञ्चार हुने रगत भएकोले दुवैलाई बचाउनेगरी नीति लिइने बताए । उनका अनुसार बजेटले वित्तीय स्थायित्वलाई केन्द्रित गरेकाले मौद्रिक नीतिले यसलाई जोड दिनेछ । ‘एकातिर आर्थिक वृद्धि र अर्कोतर्फ बजेटको व्यवस्थालाई कार्यान्वयन गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘यद्यपि कार्यान्वयनमा सबै संयन्त्र, स्टेक होल्डरको प्रतिबद्धता जरुरी छ ।’

सम्बन्धित सामग्री

वित्तीय साक्षरताका लागि बैंकर्स संघ र फाइनान्सियल लिटरेसी नेपालबीच समझदारी

३ कात्तिक, काठमाडौं । नेपाल बैंकर्स संघ र फाइनान्सियल लिटरेसी नेपाल बिच वित्तीय साक्षरता सम्बन्धी सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरन्जीवी नेपालको समुपस्तिथीमा भएको उक्त सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा संघका कार्यकारी निर्देशक अनिल शर्मा र फाइनान्सियल लिटरेसी नेपालका तर्फबाट मुख्य प्रबन्धक रमेश शर्माले हस्ताक्षर […]

कर्जा वृद्धिको लक्ष्य सम्भव : बैंकर्स संघ

यसैबीच नेपाल बैंकर्स संघले मौद्रिक नीतिले लिएको निजीक्षेत्रतर्फको कर्जा वृद्धिको लक्ष्य प्राप्त हुने बताएको छ । सोमवार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष सुनिल केसीले हाल बैंकिङ क्षेत्रमा रहेको तरलताको अवस्था हेर्दा साढे ११ प्रतिशत कर्जा वृद्धिको लक्ष्य प्राप्त हुने सम्भावना देखिएको प्रतिक्रिया दिए । पछिल्लो समय रेमिट्यान्स आप्रवाह बढ्दा बैंकिङ क्षेत्रको तरलतामा सुधार भइरहेको उनको भनाइ छ । अहिलेको हिसाबमा ५६५ अर्ब रुपैयाँले कर्जा बढाउने लक्ष्य राखिए पनि समयक्रममा ७०० अर्ब रुपैयाँसम्म हुन जाने केसी बताउँछन् । कर्जा वृद्धि लक्ष्य प्राप्त गर्न सम्भव भए पनि केही चुनौती रहेको उनको भनाइ छ । यसअघि आव २०७७/७८ मा ८०० अर्ब रुपैयाँभन्दा बढी कर्जा विस्तार भएको स्मरण गर्दै केसीले यसबाहेकका वर्षहरूमा ४७३ अर्बभन्दा बढी कर्जा विस्तार नभएको जानकारी दिए । घरकर्जाको सीमा बढाइएकाले यो क्षेत्रमा लगानी बढ्ने विश्वास अध्यक्ष केसीको छ । ‘घरकर्जामा सीमा बढ्दा निर्माण क्षेत्र चलायमान भई समग्र अर्थतन्त्रलाई चलायमान बनाउनेछ,’ उनले भने । कर्जा प्रवाहलाई उत्पादनमूलक क्षेत्रमा लैजानुपर्ने राष्ट्र बैंकको निर्देशन कार्यान्वयनले वास्तविक क्षेत्रको वृद्धिमा सहयोग पुग्ने केसीको भनाइ छ । आगामी दिनमा ब्याजदर घट्ने पनि केसीले बताए । ब्याजदरमा भद्र सहमति तोड्ने निर्णयसँगै बैंकहरूबीच स्वस्थ प्रतिस्पर्धा बढ्दै गएको भन्दै यसको प्रभाव दीर्घकालसम्म सकारात्मक रहने उनले बताए । ब्याजदर तोक्ने जिम्मा बजारलाई नै दिँदा निक्षेपकर्तालाई फाइदा हुने र यसले निक्षेप संकलनमा सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ ।  यस वर्षको मौद्रिक नीतिलाई संघले सन्तुलित भनेको छ । ४ दशमलव ५ प्रतिशत निक्षेप संकलनको दर र ७ दशमलव ५ प्रतिशत बैंकदरले मुद्रा बजारमा हुने उतारचढावलाई नियन्त्रण गर्ने अपेक्षा संघको छ । चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शन पुनरवलोकन गर्ने घोषणाले वास्तविक क्षेत्रको विस्तारमा योगदान हुने बताइएको छ ।  निष्क्रिय कर्जाको विषयमा मौद्रिक नीतिले सम्बोधन नगरेकोमा भने संघले गुनासो गरेको छ । पछिल्लो त्रैमासमा निष्क्रिय कर्जामा केही सुधार देखिए पनि आगामी दिनमा राष्ट्र बैंकले निष्क्रिय कर्जाको विषयलाई कुनै न कुनै रूपमा सम्बोधन गर्नुपर्ने संघको धारणा छ । बैंकिङ कसुर तथा सजाय ऐन संशोधन भए यो क्षेत्रमा काम गर्न थप सहज हुने संघको घारणा छ ।

बैंकको ब्याजदर फरक-फरक हुने

नेपाल बैंकर्स संघ मार्फत भद्र सहमति गरेर ब्याजदर निर्धारण गर्दै आएका बैंकहरूले अब आआफ्नो ढङ्गले व्याज निर्धारण गर्ने भएका छन्।...

नेपाल बैंकर्स संघ र जीवन बीमक संघबीच सम्झौता

काठमाडौं  । नेपाल बैंकर्स संघ र जीवन बीमक संघ नेपालबीच आपसी समन्वय स्थापना गर्ने सहमति भएको छ । सो सम्झौतापत्रमा नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी तथा जीवन बीमक संघ नेपालका अध्यक्ष पोषकराज पौडेलले हस्ताक्षर गरेका छन् । यस सम्झौतापछि बैंक तथा बीमा क्षेत्रबीच आपसी समन्वय स्थापना गरी एकआपसमा तथ्यांक, सूचना तथा जानकारी आदानप्रदान, नीतिगत तहका विषयमा अध्ययन अनुसन्धान तथा पारस्परिक लाभका विषयको पहिचान तथा कार्यान्वयनमा सहज हुने बताइएको छ ।

अराजक गतिविधि नरोके सेवा बन्द : लघुवित्त बैंकर्स संघ

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूले ती संस्थाविरुद्ध चलिरहेका अराजक गतिविधि जारी रहे सेवा नै रोक्ने चेतावनी दिएका छन् । लघुवित्त बैंकर्स संघले सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी अराजक गतिविधि जारी रहने, राज्य संयन्त्रबाट असहयोग हुने र सुरक्षा व्यवस्थामा सुधार नहुने हो भने अझ कडा कदम चाल्ने बताएको छ । संघका महासचिव रामबहादुर यादवले परिस्थितिमा सुधार नआए सम्पूर्ण सेवा बन्द गर्ने जस्तो अप्रिय निर्णय लिन बाध्य हुने बताए । संघले लघुवित्त वित्तीय संस्थाविरुद्धका अराजक गतिविधि रोक्दै शान्ति सुरक्षाको प्रबन्ध मिलाउन ७७ ओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण पनि गराएको छ । महासचिव यादवले प्रधानमन्त्रीबाट समस्या समाधानको पहल हुनेमा आशावादी रहेको बताए । पछिल्लो समय केही व्यक्ति र राजनीतिक समूहले लघुवित्त वित्तीय संस्थाविरुद्ध संघर्ष समिति नै खडा गरी संवेदनशील क्षेत्रमा आन्दोलन गर्ने, संस्थाका कार्यालयमा ताल्चा लगाउने, लघुवित्तकर्मीलाई कार्यक्रम बन्द गर्न धम्की दिई मनोबल कमजोर गराउने, कर्मचारीमाथि हातपात गर्ने, कार्यालय तोडफोड गर्ने लगायत गतिविधि गरिरहेको संघको भनाइ छ । संघका पूर्वअध्यक्ष बसन्त लम्सालले राजनीतिक पार्टीसम्बद्ध व्यक्ति संलग्न आन्दोलनका कारण लघुवित्त संस्था र लघुवित्तकर्मी असुरक्षित भएको बताए। लघुवित्त संस्थाहरूको खारेजी, ऋण मिनाहा, शून्य ब्याजदरमा ऋण, जस्ता अस्वाभाविक माग राखी केही समूह लागिपरेको उनले बताए। हरेक दिनजसो लघुवित्त संस्था र लघुवित्तकर्मीविरुद्ध आन्दोलन गर्ने, कार्यालयमा ताल्चा लगाउने, कर्मचारीमाथि हातपात गर्ने जस्ता गतिविधि बढे पनि राष्ट्र बैंकलगायत नियामक निकायबाट यस्ता क्रियाकलाप अन्त्य गर्न पहल नभएको उनको गुनासो छ । यसैबीच नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएशन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गरी बैंक, वित्तीय संस्थाको सेवा प्रवाहमा अवरोध, कर्मचारीलाई धम्की जस्ता गतिविधि जारी रहे त्यसविरुद्ध चारओटै संस्था सशक्त रूपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । संयुक्त विज्ञप्तिमा सोमवार पूर्वी नेपालको इटहरी, सुनसरी, बिर्तामोडलगायत स्थानका बैंक, वित्तीय तथा लघुवित्त संस्थाका केही शाखाको सेवा प्रवाहमा केही व्यक्तिले अवरोध गरेको, कर्मचारीलाई धम्क्याएको र ग्राहकलाई अत्यावश्यक बैंकिङ सेवाबाट वञ्चित गरेको भन्दै उक्त कार्यको निन्दा गरिएको छ । उनीहरूले बैंक वित्तीय संस्था, कर्मचारी र ग्राहकको सुरक्षाका लागि सुरक्षा निकाय गुहारेका छन् । ऋण लिएपछि तिर्नुपर्छ भन्ने सामान्य सिद्धान्त सबैले बुझ्नुपर्नेमा जोड दिँदै ऋण नतिर्न अराजक गतिविधि गर्न 'लाई तुरुन्तै कारबाहीको दायर मा ल्याउन पनि माग गरिएको छ । ग्राहकहरू सेवा लिन आउँदा अवरोध गरिएमा वा शाखा सञ्चालनमा बाधा पुयाइएको खण्डमा सुरक्षा निकायले आवश्यक कदम चाल्ने विश्वास पनि उनीहरूले व्यक्त गरेका छन् ।

बैंकको ब्याजदर महँगो होइन : बैंकर्स संघ

काठमाडौं । नेपाल बैंकर्स संघले अहिलेको ब्याजदर महँगो नभएको जिकीर गरेको छ । संघले बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी बाहिर चर्चा भएजस्तो बैंकको ब्याजदर महँगो नभएको तर्क गरेको हो । ‘कोरोना महामारीको समयको ब्याजदरलाई हेरेर अहिले महँगो भयो भन्न मिल्दैन । अहिलेको ब्याजदर लकडाउन हुनुअघिको अवस्थामा पुगेको मात्रै हो,’ पत्रकार सम्मेलनमा संघका अध्यक्ष सुनिल केसीले भने, ‘यद्यपि यो ब्याजदर पनि घटाउन हामी प्रयासरत छौं ।’ आन्दोलन गरेर बैंक, वित्तीय संस्थाको ब्याजदर घटबढ नहुने पनि उनले बताए । ‘ब्याजदर माग र आपूर्तिले निर्धारण गर्छ भन्नेमा हामी सबै सचेत हुनु जरुरी छ,’ एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका केसीले भने । उनले बैंकिङ क्षेत्रमाथि चारैतिरबाट आक्रमण भइरहेको भन्दै यसो हुनु दुखद भएको बताए । ब्याजदरका नाममा चार करोड खातावाल र समग्र औद्योगिक क्षेत्रमाथि हमला भएको उनको भनाइ छ । ‘आक्रमण बैंकिङ क्षेत्रमाथि भए जस्तो देखिए पनि यो समग्र औद्योगिक क्षेत्रमाथिको आक्रमण भएको हो । देशमाथि आक्रमण भएको हो, साढे चार करोड खातावालमाथि आक्रमण भएको हो,’ अध्यक्ष केसीले भने । बैंक, वित्तीय संस्थाविरोधी क्रियाकलापको असर दीर्घकालसम्म रहने र सिंगोे राष्ट्रले नै मूल्य चुकाउनुपर्ने उनको भनाइ छ । ‘यस्ता गतिविधिले वैदेशिक लगानीमा गम्भीर असर पार्छ, जसको असर अर्थतन्त्रले भोग्नुपर्छ,’ अध्यक्ष केसीले भने, ‘बैंकहरूले विदेशबाट पैसा ल्याउन शुरू भएको बेला यस्तो हुनु गलत छ ।’ केसीका अनुसार पछिल्लो समय बैंकहरूले विद्युतीय सवारीसाधनमा लगानी बढाएका छन् । उत्पादनमूलक क्षेत्रमा पनि बैंकहरूको लगानी बढिरहेको उनको भनाइ छ । उनले घरजग्गाको कारोबार कम हुँदा खराब कर्जा बढेको बताए ।

ऋण नतिर्न आन्दोलन गर्नु अराजकता हो : बैंकर्स संघ

ऋणको साँवा–ब्याज तिर्नुपर्ने ऋणीको दायित्व भएकाले नतिर्ने भन्दै आन्दोलन गर्नु अराजकता भएको नेपाल बैंकर्स संघले बताएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै संघले कानुनविपरीत कुनै पनि गतिविधि नगर्न आग्रह गरेको...

पोखरेलको नेतृत्वमा ७ सदस्यीय नेपाल बैंकर्स संघ कर्णाली प्रदेश समिति विस्तार

काठमाडौं, १८ कात्तिक । एनआइसी एशिया बैकका कर्णाली प्रदेश प्रमुख राजन प्रसाद पोखरेलको नेतृत्वमा नेपाल बैंकर्स संघ कर्णाली प्रदेश समितिको बिस्तार भएको छ । कर्णाली प्रदेशमा संचालनमा रहेका विभिन्न बैकमा कार्यरत कर्मचारीहरुको भेलाले नेपाल बैकर्स संघको प्रदेश समिति बिस्तार गर्दै पोखरेलको नेतृत्वमा ७ सदस्यीय प्रदेश समिति विस्तार गरेको हो । समितिको प्रदेश उप संयोजकमा ग्लोबल […]

कोरोनाविरुद्ध लड्न हातेमालो अभियान

नेपाल बैंकर्स संघ, नेपाल लघुवित्त बैंकर्स संघ, नेपाल वित्तीय संस्था संघ, नेपाल बिमक संघ, जीवन बिमक संघ नेपाल, नेपाल मर्चेन्ट बैंकर्स संघ, स्टक ब्रोकर एसोसिएसन र नेपाल चार्टर्ड एकाउन्टेन्ट संघले सामूहिक रुपमा हातेमालो नामक सामाजिक अभियानको थालनी गरेका छन् ।यो सामाजिक अभियान अहिलेको जटिल परिस्थितिमा विभिन्न संघमा आबद्ध संस्थाहरु, संस्थाका कर्मचारीहरु, समाजका सरोकारवालाहरु र आम […]

व्यवसायीलाई मोफसलबाटै सुन बिक्री गर्न बैंकर्स संघ सहमत

१५ माघ, काठमाडौं । काठमाडौं उपत्यकाबाहिरबाट पनि वाणिज्य बैंकहरुले सुन बिक्री वितरणको व्यवस्था मिलाउने भएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ र बैंकर्स संघका पदाधिकारीहरुबीच बिहीबार भएको छलफलमा यस्तो सहमति भएको हो । सुन बिक्री वितरणमा देखिएको समस्याहरु हल गर्न नेपाल सुनचाँदी व्यवसायी महासंघ र बैंकर्स संघ सहमत भएको सुन चाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न […]