काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । प्रधानमन्त्री ओलीले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्याएका हुन् ।
बाँके : कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री दिलेन्द्रप्रसाद बडूले नेकपा एमाले सरकार संविधानभन्दा बाहिर गएर संचालन गर्दा समय अगाडि नै बाहिरिनु परेको बताएका छन्।सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) को १६औं वार्षिक साधारणसभा तथा सामुदायिक रेडियोहरूको राष्ट्रिय सम्मेलनलाई बुधबार नेपालगन्जमा उद्घाटन गर्दै मन्त्री बडुले पूर्व-प्रधानमन्त्री ओली सरकार चलाउन असफल भएको बताए।देशको प्रधानमन्त्री हुँदा जनताको भवना बुझ्न नसकेको, देश र जनताभन्दा बाहिर गएर सरकार चलाउन खोजेकोले बाहिरिनु परेको बताए
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदलाई पूर्णता दिने भएका छन्। १७ सदस्यीय मन्त्रिपरिषदमा ७ मन्त्री र एक राज्यमन्त्री थपेर पूर्णता दिन लागिएको हो। मन्त्रीहरुको आजै सपथग्रहण हुने सम्भावना रहेको एमाले नेता विष्णु रिजालले बताए। मन्त्रीहरुको नाम अन्तिम टुंगो लगाउन प्रधानमन्त्री ओली पार्टीका नेताहरूसँग परामर्शमा छन्।मन्त्रिपरिषदमा सुदूरपश्चिम,कर्णाली र गण्डकीको प्रतिनिधित्व नभएकाले प्रदेशको समेत समावेशीता मिलाएर सूची तयार हुन लागेको छ। थपिने सबै मन्त्री एमालेका
सरकारमा सहभागी हुने विषयमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो र प्रधानमन्त्री केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवासमा छलफल भइरहेको छ । बिहान १० बजेदेखि शुरु भएको छलफलमा जसपा कहिले सहभागी हुने र मन्त्रालयको संख्याको विषयमा कुराकानी हुने बताइएको छ ।प्रधानमन्त्री अोलीले पाँच मन्त्री र दुई राज्यमन्त्री दिने जसपालाई अफर गरेका छन् भने जसपा नेपालले आठ मन्त्री र दुई राज्य मन्त्रीको माग गरेको जसपा स्रोत बताउँछ । जसपाले कुन–कुन मन्त्रालय प
काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि९शुक्रवार० प्रधानमन्त्रीको शपथ खाने भएका छन् । प्रधानमन्त्री ओली फेरी प्रधानमन्त्री हुने निश्चित भइसके पनि शपथ भने शुक्रवार मात्रै ग्रहण गर्ने तयारी भइरहेको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। बहुमतको प्रधानमन्त्री वा ठुलो पार्टीको हैसियतमा केपी कमरेड प्रधानमन्त्री हुने निश्चित भइसकेकोले […]
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत प्राप्त गर्नेगरी राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ । आफूविरुद्ध मोर्चाबन्दी भएपछि अप्ठ्यारोमा रहेका ओली अहिले विश्वासको मत लिनका लागि दौडधूप गरिरहेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको एमाले स्थायी कमिटी बैठकले राजनीतिक दलहरूसँग छलफल गरेर प्रधानमन्त्री ओलीको पक्षमा बहुमत जुटाउने निर्णय गरेको हो । परराष्ट्र मन्त्री समेत रहेका एमाले प्रवक्ता प्रदीप ज्ञवालीले राजनीतिक दलहरू
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले रेशम चौधरीको रिहायका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा गर्न जाँदा आफूलाई सरकारमा आएर गठबन्धन बनाउन लालच दिएको बताएका छन् ।आफ्ना पार्टीका नेता रेशम चौधरी लगयातका व्यक्तिहरु थुुनामा रहेको भन्दै उनीहरुको रिहाइका लागि आफू छलफल गर्न जाँदा प्रधानमन्त्री ओलीले सिधै सरकारमा आउन भनेको अध्यक्ष ठाकुरको भनाइ छ ।यो अहिले मात्र नभइ जतिपटक उनीसँग कुरा गर्न जाँदा मन्त्री तथा सरकारको लोभ दिने गरेको उनले बताए । टीकापुर राजबन्दी रिहाइ राष्
२६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीको आसन्न भारत भ्रमणको समयमा नेपाल र भारतको बिचमा रहेको सीमा विवादबारे कुराकानी हुने बताएका छन् । राष्ट्रिय सभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मन्त्री ज्ञवाली १४ तारिखमा भारत भ्रमणमा जाने समेत जानकारी दिए । प्रधानमन्त्री ओलीले भने, ‘सरकारले नेपाली भूभाग समेटेर नक्सा छापिएको […]
प्रधानमन्त्री केपी शर्मा ओली आज धनगढी आउने भएका छन् ।
पार्टी विभाजन पछि प्रधानमन्त्री ओली पहिलो पटक उपत्यका बाहिरको कार्यक्रममा सहभागी हुन धनगढी आउन लागेका हुन् । प्रधानमन्त्री आउने कार्यक्रमको तयारी सकिएको उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले जानकारी दिए ।
नेकपा प्रदेश कमिटीले आयोजना गरेको जन सभामा सहभागी हुन प्रधानमन्त्री आज धनगढी पुग्ने छन् । विमानस्थलबाट प्रधानमन्त्री नेपाल राष्ट्र बैंकको गेस्ट हाउस जाने र त्यहाँ केही समय विश्राम गरेपछि खुला मञ्चमा आयोजना हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्री भट्...