दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको विषयलाई लिएर बीपी राजमार्ग अवरुद्ध

काठमाडौं । सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको विषयलाई लिएर बुधवार स्थानीयले बीपी राजमार्ग अवरुद्ध गरेका छन् । सिन्धुलीको कमलामाई नगरपालिका वडानम्बर २ को निबुवाटारमा मंगलबार राती बोलेरो जीपको ठक्करबाट एक पैदलयात्री घाइते भएका थिए । बोलेरोले ठक्कर दिए पश्चात घाइते भएका ३९ वर्षीय जिय मोक्तान घिस्रदै घटनास्थलबाट १ सय मिटर पर रहेको मोहन […]

सम्बन्धित सामग्री

बसको ठक्करबाट दुई जनाको मृत्यु भएपछि बीपी राजमार्ग अवरुद्ध, सयौँ यात्रु अलपत्र

सिन्धुली - सिन्धुलीमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएपछि बीपी राजमार्ग अवरुद्ध गरिएको छ ।  सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारमा बा. प्र. ०१–००६ ख ४५९३ नम्बरको बस बस र बा ६० प ३५४५ नम्बरको मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएपछि स्थानीयले सो सडकखण्डमा पर्ने बीपी राजमार्ग अवर...

जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएपछि बीपी राजमार्ग अवरुद्ध

जिपको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्रीको मृत्यु भएपछि दोषीलाई कारबाही र क्षतिपूर्ति माग गर्दै स्थानीयले बीपी राजमार्ग अवरुद्ध गरेका छन् ।

पहिरो हटाइएपछि खुल्यो बीपी राजमार्ग

पहिरोले आइतबार बिहानैबाट अवरुद्ध बीपी राजमार्ग पहिरो पन्छाइएसँगै दिउँसोबाट सञ्चालनमा आएको छ । खुर्कोट–नेपाथोक खण्डअन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका–२ को कमेरेफाँटमा लेदोसहितको पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको थियो ।

पहिरोले बीपी राजमार्ग अवरुद्ध

खुर्कोट–नेपालथोक खण्डअन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका–२ को कमेरे फाँटमा लेदोसहितको पहिरो झरेपछि बीपी राजमार्ग आइतबार बिहानबाट अवरुद्ध भएको छ । लगातारको वर्षापछि खसेको पहिरोले राजमार्ग अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।

बीपी राजमार्ग एकतर्फी सञ्चालनमा

काभ्रे। अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ र १२ को सिमानामा पर्ने माम्ती खोलामा आएको बाढीका कारण अवरुद्ध भएको बीपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ। बाढीले बगाएर ल्याएको लेदो सडकमा थुप्रिएपछि राजमार्ग अवरुद्ध भएको थियो। प्रहरी, रोशी गाउँपालिका, सयक आयोजना र स्थानीयबासीको पहलमा लेदो हटाई एकतर्फी सञ्चालनमा ल्याइएको हो। सडक अवरुद्ध भएपछि शुक्रबार रातिदेखि सवारी साधन रोकिएका थिए।

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काठमाडौं । सिन्धुलीको सुनकोसी गाउँपालिका–१, कमेरेफाँटनजिक तीन/चार ठाउँमा पहिरो खस्दा बीपी राजमार्ग अवरुद्ध भएको छ । सवारीसाधनको आवागमन प्रभावित भएको हो ।  काठमाडौंबाट खुर्कोटतर्फ जाने–आउने सवारीसाधन पहिरोको कारण रोकिएको ट्राफिक प्रहरीले जनाएको छ ।

बीपी राजमार्ग खुल्यो

पहिरो खसेर अवरुद्ध बीपी राजमार्ग खुलेको छ । कमलामाइ नगरपालिका–११ बुकानजिक पहिरो खस्दा आइतबार बिहानदेखि बीपी राजमार्ग अवरुद्ध बनेको थियो ।