जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवाले मधेश आन्दोलनका माग पूरा गर्ने प्रतिबद्धता जनाएका कारण विश्वासको मत दिएको बताएका छन् ।
मधेश आन्दोलनका मुद्दाहरू समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेकोले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको जसपाले विज्ञप्ति जारी गरेर बताएको छ ।
ठाकुरको अध्यक्षतामा साउन २ देखि ५ गते सम्म बसेको जसपाको कार्यकारिणी बैठकले गरेको ८ बुँदे निर्णय समेत विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ ।
संविधान संशोधन, नेता तथा कार्यकर्ताहरूको रिहाइ, लाल...