एजेन्सी – बेल्जियममाथि सहज जित दर्ता गर्दै युरोपेली च्याम्पियन इटालीले युइएफए नेसन्स लिगमा तेस्रो स्थान हासिल गरेको छ ।इटालीले घरेलु मैदानमा बेल्जियमलाई २–१ पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो । इटालीको जितमा निकोलो बरेल्ला र डोमिनिको बेरारडीले गोल गरे । बेल्जियमका चार्लेस डि केटलारेले एक गोल फर्काए । एलिएन्ज एरिना टोरिनोमा आइतबार राति भएको […]