श्रीलंका संकट : नियुक्त भएको दुई दिनमै अर्थमन्त्रीले दिए राजीनामा

चरम आर्थिक संकटमा गुज्रिरहेको श्रीलंकाका नवनियुक्त अर्थमन्त्रीले राजीनामा दिएका छन्। एकदिन अघि अर्थमन्त्री नियुक्त गरिएका अली साबरीले राजीनामा दिएका हुन्। आर्थिक संकटका कारण बढ्दो सरकारविरुद्ध प्रदर्शन पछि प्रधानमन्त्री महिन्दा राजापक्षेबाहेक सरकारका सबै मन्त्रीले राजीनामा दिएका थिए। त्यसपछि साबरीलाई संकटग्रस्त अर्थतन्त्र उकास्ने जिम्मेवारी सहित अर्थमन्त्री बनाइएको थियो। उनले राष्ट्रपति गोटाबाया राजापक्षेलाई…

सम्बन्धित सामग्री

श्रीलंका संकट : सरकारविरुद्ध फेरि सडकमा उत्रिए प्रदर्शनकारी

उच्च कर, मुद्रास्फीति र सरकारी दमनको विरोधमा सयौं मानिसहरूले श्रीलंकाको सबैभन्दा ठूलो सहर कोलोम्बोमा विरोध प्रदर्शनमा उत्रिएका छन् । विपक्षी राजनीतिक दलहरू, ट्रेड युनियन र नागरिक समाज समूहले आयोजना गरेको सरकारविरोधी हयली राष्ट्रपतिको आवास रहेको सहर र मन्त्रालयमा पुगेको थियो ।‘मानिसहरू दिनमा मुश्किलले तीन पटक खाना पाउछन र यो सरकारले बढी भन्दा बढी कर लगाउन बाहेक केही पनि गरेको छैन । हामीलाई समाधान चाहिन्छ र हामी तिनीहरूका लागि लड्नेछौ’ सिलोको शिक्षा युनियनका सचिव जोसेफ स्टालिनले भने ।क

श्रीलंका संकट : नयाँ राष्ट्रपतिका लागि आज निर्वाचन हुँदै

काठमाडौँ – श्रीलंकामा आज राष्ट्रपति पदको चुनाव हुँदै छ । आज हुने निर्वाचनका लागि तीन जना उम्मेदवारले आफ्नो मनोनयन दर्ता गरेका छन् । मनोनयन दर्ता गराउनेहरुमा श्रीलंकाका कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघे, सांसद दुल्लस अलाहापेरुमा र सांसद अनुरा कुमारा दिसानायके रहेका छन् । राजीनामा दिएका गोटाबाया राजापाक्षेको स्थानमा नयाँ राष्ट्रपतिका लागि बुधबार संसदमा मतदान हुँदैछ । […]

श्रीलंका संकट : महिन्दा र बासिल राजपक्षेलाई देश बाहिर जान प्रतिबन्ध

एजेन्सी । श्रीलंकाको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री महिन्दा राजपक्षे र पूर्व वित्त मन्त्री बासिल राजपक्षेलाई श्रीलंका छोड्न प्रतिबन्ध लगाएको छ । बासिल राजपक्षेले केही दिन पहिला श्रीलंका छोडेर जाने प्रयास गरेका थिए विमानस्थलका कर्मचारीहरुले उनलाई विमानमा सवार हुन दिएका थिएनन् । यसपछि श्रीलंकाको सर्वोच्च अदालतले दुबै नेताहरुलाई शुक्रबारबाट २८ जुलाई सम्म देश छाडेर जान प्रतिबन्ध […] The post श्रीलंका संकट : महिन्दा र बासिल राजपक्षेलाई देश बाहिर जान प्रतिबन्ध appeared first on राजधानी राष्ट्रिय दैनिक.

श्रीलंका संकट : समयसीमा सकियो तर आएन राष्ट्रपतिको राजीनामा

३० असार, काठमाडौं । १३ जुलाईसम्ममा राजीनामा दिने भनिए पनि श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षले अझै पनि पद त्यागेका छैनन् । यसअघि उनले १३ जुलाई बुधबारसम्ममा राजीनामा दिने बताएका थिए । तर त्यसअघि नै उनी देश छाडेर मालदिभ्स गएका छन् । गोटाबाया राजापाक्षको अनुपस्थितिमा बुधबार प्रधानमन्त्री रनिल बिक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरिएको छ । कार्यवाहक राष्ट्रपति […]

श्रीलंका संकट : एक दिनलाई पुग्ने इन्धन छैन

कोलम्बो – श्रीलंकामा एक दिनलाई पुग्ने इन्धन बाँकी रहेको बताइएको छ । देशमा आर्थिक संकट गहिरिएसँग इन्धन अभावले सीमा नाघेको ऊर्जा मन्त्रीले उक्त जानकारी दिएका हुन् । तेल अभावले सार्वजनिक यातायात ठप्प छ । राजधानीमा पेट्रोल र डिजेल भर्ने सवारी साधनको लामो लाइन छ । यद्यपि, अधिकांश पम्पिङ स्टेसन केही दिनदेखि इन्धनविहीन छन् । ऊर्जामन्त्री […]

श्रीलंका संकट : राजापाक्षेले लिए सेनाको शरण

श्रीलंकाका निवर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षे र उनको परिवार देशको उत्तर–पूर्वी भागमा रहेको त्रिन्कोमालीस्थित नौसेनाको आधारमा शरण लिएका छन् । देशको सबैभन्दा खराब आर्थिक संकटलाई लिएर प्रदर्शन भइरहेका बेला प्रधानमन्त्री राजापाक्षेले नौसेनाको आधारमा शरण लिएका हुन् । राजापाक्षे र उनको परिवारलाई हेलिकप्टरमा नौसेनाको आधारमा लगिएको भारतीय समाचार संस्था एनडीटीभीले जनाएको छ । राजधानी कोलम्बोबाट करिब २७० किलोमिटर टाढा रहेको नौसेना आधारबाहिर पनि विरोध प्रदर्शन भैरहेको जनाइएको छ ।आर्थिक सं

श्रीलंका संकट : सत्तारूढ दलका सांसद मारिए

कोलम्बो : श्रीलंकामा सोमबार सरकारी समर्थक र विपक्षीबीच भएको झडपमा राजपाक्षे समर्थक एक सांसद र उनका व्यक्तिगत सुरक्षा अधिकारी (पिएसओ) को मृत्यु भएको छ।पोलोन्नारुआ जिल्लाको श्रीलङ्का पोदुजना पेरामुना (एसएलपीपी) का सांसद अमरकीर्ति अतुकोरालालाई पश्चिमी शहर नित्तम्बुआमा सरकारविरोधी समूहले घेरेको प्रहरीले जानकारी दिएको छ। मानिसहरूले सांसदको रिभल्भरबाट गोली चलेको दाबी गरेका छन्। आक्रोशित भीडले उनलाई कारबाट निकालेपछि उनी भागेर एउटा भवनमा आश्रय लिन पुगेका थिए। सांसद आफैँले आफ्नो रिभल्भरबाट गोली हाने

श्रीलंका संकट : अदूरदर्शी नेतृत्वको परिणाम

श्रीलंका संकटको कारक नेतृत्वको अदूरदर्शी फितलो नीति निर्णय नै प्रमुख हो । श्रीलंकालाई वैदेशिक ऋण क्यान्सर जतिकै भएको छ । ऋण तिर्न नसकेकै कारण श्रीलंकाले हम्बानटोटा समुन्द्री बन्दरगाहा चीनलाई बुझाउनु परेको छ ।

श्रीलंका संकट : मन्त्रीले दिए सामूहिक राजीनामा

काठमाडौं : श्रीलंकामा सबै मन्त्रीले राजीनामा दिएका छन्।  आर्थिक संकटले गुज्रिरहेको श्रीलंकामा राजनीतिक उथलपुथल तीव्र बनेको हो। आइतबार अबेर राति त्यहाँको मन्त्रिपरिषदका सबै मन्त्रीले राजीनामा दिएका हुन्। श्रीलंकाका शिक्षामन्त्री तथा सदनका नेता दिनेश गुणवर्द्धनेले श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई मन्त्रिपरिषद्का मन्त्रीहरूले राजीनामा बुझाएको जानकारी दिए। तर त्यसरी मन्त्रीहरूले एकसाथ सामूहिक राजीनामा किन दिए भन्ने कारण उनले खुलाएका छैनन्।श्रीलंकाका प्रधानमन्त्रीका छोरा नमल र

शक्ति संघर्षले श्रीलंका संकट

शक्ति संघर्षले श्रीलंका संकट केशरमणि कटुवाल 11 mins ago 0 03/11/2018 शक्ति संघर्षले श्रीलंका संकट केशरमणि कटुवाल     दक्षिण एसियाली राष्ट्र टापु राष्ट्र श्रीलंका यतिबेला आन्तरिक राजनीतिक संकटको घेरामा छ । १९ मे २००९ मा श्रीलंकामा तत्कालीन समयमा हतियारसहितको सशस्त्र विद्रोह गरिरहेको लिबरेसन अफ तमिल ट…