श्रीलंका संकट : समयसीमा सकियो तर आएन राष्ट्रपतिको राजीनामा

३० असार, काठमाडौं । १३ जुलाईसम्ममा राजीनामा दिने भनिए पनि श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षले अझै पनि पद त्यागेका छैनन् । यसअघि उनले १३ जुलाई बुधबारसम्ममा राजीनामा दिने बताएका थिए । तर त्यसअघि नै उनी देश छाडेर मालदिभ्स गएका छन् । गोटाबाया राजापाक्षको अनुपस्थितिमा बुधबार प्रधानमन्त्री रनिल बिक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरिएको छ । कार्यवाहक राष्ट्रपति […]

सम्बन्धित सामग्री

श्रीलंका संकट : नयाँ राष्ट्रपतिका लागि आज निर्वाचन हुँदै

काठमाडौँ – श्रीलंकामा आज राष्ट्रपति पदको चुनाव हुँदै छ । आज हुने निर्वाचनका लागि तीन जना उम्मेदवारले आफ्नो मनोनयन दर्ता गरेका छन् । मनोनयन दर्ता गराउनेहरुमा श्रीलंकाका कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघे, सांसद दुल्लस अलाहापेरुमा र सांसद अनुरा कुमारा दिसानायके रहेका छन् । राजीनामा दिएका गोटाबाया राजापाक्षेको स्थानमा नयाँ राष्ट्रपतिका लागि बुधबार संसदमा मतदान हुँदैछ । […]

श्रीलंका संकट : प्रधानमन्त्रीलाई राजीनामा दिन सर्वदलीय वैठकको आह्वान

प्रधानमन्त्री निवास छिर्न खोजेका प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको थियो ।

श्रीलंका संकट : शान्ति कायम गर्न सेना प्रमुखले खोजे जनताको समर्थन

अभूतपूर्व आर्थिक संकट सामना गरेको श्रीलंकाका सेना प्रमुख जनरल सभेन्द्र सिल्भाले आइतबार शान्ति कायम गर्न जनताको समर्थन खोजेका छन् । जनरल शभेन्द्र सिल्वाले आज एक विज्ञप्ति जारी गर्दै वर्तमान संकटलाई शान्तिपूर्ण ढंगले समाधान गर्ने अवसर आएको बताए ।उनले श्रीलंकालीहरूलाई देशमा शान्ति कायम गर्न सशस्त्र बल र प्रहरीलाई सहयोग गर्न आग्रह गरे ।  शनिबार राष्ट्रपति गोटाबाय राजापाक्षेको राजीनामा माग गर्दै प्रदर्शनकारीको ठूलो समूह राष्ट्रपति निवास प्रवेश गरेको थियो । प्रदर्शनकारी प्रवेश गर्न थालेपछि राष्ट्

श्रीलंका संकट : प्रधानमन्त्रीको घरमा आगजनी, राष्ट्रपतिले राजीनामा दिने

काठमाडौं । आर्थिक संकटबीच महिनौंदेखि चलेको विरोधपछि श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले बुधबार राजीनामा दिने भएका छन् । सभामुख ३० दिनका लागि राष्ट्रपति बन्ने र त्यस अवधिमा संसदले नयाँ नेता चयन गर्नेछ । यसअघि शनिबार प्रदर्शनकारीले राष्ट्रपति निवास घेराउ गरेपछि राष्ट्रपति राजापाक्षे सुरक्षित क्षेत्रतर्फ भागेका थिए । यसैबीच, प्रदर्शनकारीले प्रधानमन्त्री रनिल विक्रमासिंघेको कोलम्बोस्थित घरमा आइतबार आगजनी […]

श्रीलंका संकट : निशानामा नेताका घर र सार्वजनिक साधन, तस्वीरहरू

काठमाडौं  : श्रीलंकामा आर्थिक संकटले इन्धन, खानेकुरा, औषधीलगायतका आधारभूत वस्तुको चरम अभाव छ। जसका कारण विगत एक महिनाभन्दा अघिदेखि श्रीलंकाली नागरिक राजपाक्षे परिवारविरुद्ध कोलम्बोका सडकमा प्रदर्शन गरिरहेका छन्। प्रदर्शनकारीले भयानक आर्थिक संकटका लागि जिम्मेबार रहेको भन्दै राष्ट्रपति गोटबाया राजपाक्षेले राजीनामा दिनुपर्ने माग गरेका छन्। तर सोमबार उनका भाइ प्रधानमन्त्री महिन्दा राजपाक्षेले पदबाट राजीनामा दिए पनि प्रदर्शन शान्त हुन सकेको छैन्।प्रहरीकाअनुसार अहिलेसम्म प्रदर्शनका

श्रीलंका संकट : नियुक्त भएको दुई दिनमै अर्थमन्त्रीले दिए राजीनामा

चरम आर्थिक संकटमा गुज्रिरहेको श्रीलंकाका नवनियुक्त अर्थमन्त्रीले राजीनामा दिएका छन्। एकदिन अघि अर्थमन्त्री नियुक्त गरिएका अली साबरीले राजीनामा दिएका हुन्। आर्थिक संकटका कारण बढ्दो सरकारविरुद्ध प्रदर्शन पछि प्रधानमन्त्री महिन्दा राजापक्षेबाहेक सरकारका सबै मन्त्रीले राजीनामा दिएका थिए। त्यसपछि साबरीलाई संकटग्रस्त अर्थतन्त्र उकास्ने जिम्मेवारी सहित अर्थमन्त्री बनाइएको थियो। उनले राष्ट्रपति गोटाबाया राजापक्षेलाई…

श्रीलंका संकट : २६ जना मन्त्रीले दिए राजीनमा

चरम आर्थिक संकटसँगै खाद्यान्न, इन्धन तथा औषधि अभावका कारण सुरु भएको सरकारविरोधी प्रदर्शन चर्कंदै गएपछि श्रीलंकामा सबै मन्त्रीले राजीनामा दिएका छन् । सोमबार श्रीलंकाका सबै २६ जना मन्त्रीले राजीनामा दिएको शिक्षामन्त्री दिनेश गुणवर्देनाले जानकारी दिएका छन् ।

श्रीलंका संकट : मन्त्रीले दिए सामूहिक राजीनामा

काठमाडौं : श्रीलंकामा सबै मन्त्रीले राजीनामा दिएका छन्।  आर्थिक संकटले गुज्रिरहेको श्रीलंकामा राजनीतिक उथलपुथल तीव्र बनेको हो। आइतबार अबेर राति त्यहाँको मन्त्रिपरिषदका सबै मन्त्रीले राजीनामा दिएका हुन्। श्रीलंकाका शिक्षामन्त्री तथा सदनका नेता दिनेश गुणवर्द्धनेले श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई मन्त्रिपरिषद्का मन्त्रीहरूले राजीनामा बुझाएको जानकारी दिए। तर त्यसरी मन्त्रीहरूले एकसाथ सामूहिक राजीनामा किन दिए भन्ने कारण उनले खुलाएका छैनन्।श्रीलंकाका प्रधानमन्त्रीका छोरा नमल र

श्रीलंका संकट : प्रधानमन्त्रीका छोरासहित सबै मन्त्रीले बुझाए राजीनामा

गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाका सबै मन्त्रीले राजीनामा बुझाएका छन्। आर्थिक संकट समाधानका लागि सरकारी प्रयास असफल रहेको भन्दै प्रदर्शन चर्किँदै गएका बेला सबै २६ मन्त्रीले राजीनामा पत्र बुझाएका हुन् । तर प्रधानमन्त्री महिन्दा राजपाक्ष र उनका भाइ राष्ट्रपति गोतबाया राजपाक्षले भने राजीनामा दिएका छैनन् । शिक्षामन्त्री दिनेश गुणवर्देनाले मन्त्रीपरिषद्का सदस्यहरुले प्रधानमन्त्रीलाई आइतबार राजीनामा पत्र […]