जसपालाई सरकारमा सहभागी हुन ओलीको अफर, ठाकुर र महतोबीच छलफल

जनता समाजवादी पार्टी नेपाल (महन्थ ठाकुर पक्ष) ले सरकारमा सहभागीको विषयमा पार्टीभित्र छलफल शुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डललाई पूर्णता दिन जसपालाई सरकारमा सहभागी हुन आग्रह गरेपछि जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोले त्यसबारे पार्टीमा छलफल सुरु गरेका हुन् ।एकजना कार्यकारिणी सदस्यका अनुसार पार्टी सरकारमा जाने लगभग निश्चित भइसकेको र अहिले कतिवटा मन्त्रालय लिने, क–कसलाई मन्त्रीमा पठाउने विषयमा छलफल भइरहेको छ । जसपा नेपाल (महन्थ ठाकुर पक्ष) संसदीय दल

सम्बन्धित सामग्री

गठबन्धनमा सहभागी माओवादी केन्द्रविनै प्रदेश १ मा सरकार विस्तार

प्रदेश १ मा नयाँ गठबन्धनमा सामेल भएको माआवादी केन्द्रको सहभागीताविनै सरकार विस्तार भएको छ।  एमाले पार्टीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नयाँ गठबन्धनमा सहभागी माओवादी केन्द्रविनै सरकार विस्तार गरेका हुन्।  मुख्यमन्त्री कार्कीले सोमबार एमालेका...

वामपन्थी एकताको सरकार भए स्वतः सहभागी हुनुपर्छ : झलनाथ खनाल

१८ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले वामपन्थी एकताको सरकार बनेमा स्वतः सहभागी हुने सम्भावना रहेको बताएका छन् । पार्टी पोलिटब्यूरो बैठकमा ८ पृष्ठको दस्तावेज पेश गर्दै खनालले अहिलेकै अवस्थामा सरकारमा जानु उचित नहुने उल्लेख गरेका छन् । नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी मिल्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय […]

शपथग्रहणपछि मात्रै सरकार गठनको प्रक्रियामा सहभागी हुने माओवादीको निर्णय

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभाका सदस्यको शपथ ग्रहण भएपछि मात्रै सरकार गठनलगायतका प्रक्रियामा सहभागी हुने निर्णय गरेको छ । माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडमा आज बसेको पदाधिकारीको अनौपचारिक बैठकले निर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गरेपछि मात्रै सरकार गठनको प्रक्रिया अगाडि बढाउँदा सही हुने निष्कर्ष निकालेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपमहासचिव जनार्दन शर्माले शपथ […]

मतदानमा सहभागी गराउन विप्लव समुहलाई फकाउदै सरकार

काठमाडौं, २२ कात्तिक । सरकारले नेत्रविक्रम चन्द विप्लवको नेतृत्वको नेकपासँग वार्ता गरेको छ । आगामी मंसिरमा हुने निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको विप्वल समुहलाई मतदानमा सहभागी गराउन वार्ता सुरु गरेको हो । वार्तामा सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण र विप्लव समुहबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा सहभागी भएको जनाईएको छ।

राष्ट्रपति भण्डारी चीनको जीएसआई बैठकमा सहभागी, सरकार असन्तुष्ट

काठमाडौं, ६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी चिनियाँ कम्युनिस्ट पार्टीले अघि सारेको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) बैठकमा सहभागी भएकी छन्। राष्ट्रपति भण्डारीले सरकारको आग्रहलाई समेत लत्याएकी छिन् । यसअघि उक्त बैठकमा सहभागी हुनको लागि नेपालस्थित् चिनियाँ दूतावासको तर्फबाट परराष्ट मन्त्रालयलाई आग्रह गरिएको थियो । तर, परराष्ट मन्त्रालयले उक्त बैठकमा सहभागीन नहुने जवाफ दिएको थियो । […]

अब सरकारमा सहभागी हुन्छौं– माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टी प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने बताएका छन् । नयाँ सरकार बनाउने गठबन्धनमा आफूहरूको पनि भूमिका रहेकाले सरकारमा सहभागी हुने बताएका हुन् । ‘सरकारमा सहभागी हुन्छौं, पाँचदलीय गठबन्धनमा भए पनि हिजो भन्न गाह्रो थियो । औपचारिक रूपमा भन्न गाह्रो भएको थियो, अब छैन,’ नेपालले भने । देउवालाई प्रधानमन्त्री बनाउन माधव नेपाल पक्षका सांसदले हस्ताक्षर गरेका थिए ।  नेता नेपालले पार्टीको नाम समाजवादी राखेपनि कम्युन...

अफगानिस्तानमा बन्ने नयाँ सरकारमा गैर–तालिबानलाई पनि सहभागी गराइने

सीएनएन।तालिबानका प्रवक्ता सोहेल शहेनले अफगानिस्तानमा अब बन्ने नयाँ सरकारमा गैर–तालिबानलाई पनि सहभागी गराउने बताएका छन्।अघिल्लो सरकारमा रहेका व्यक्तिलाई पनि नयाँ मन्त्रिमण्डलमा सहभागी गराइने छ? भनि सोधिएको प्रश्नमा उनले अहिलै यसको घोषणा गर्नु अपरिपक्क हुने जनाए।नयाँ सरकारमा चिरपरिचित अनुहारलाई समेटिने उनले बताए।‘हामी अफगान समावेसी इस्लामिक सरकार गठन गर्छौं, यसको अर्थ हो अन्य अफगानी पनि यसमा सहभागी हुनेछन्”, उनले भने।

हाम्रै सरकार त हो नि, चाँडै नै सहभागी हुन्छौंः उपेन्द्र यादव

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले चाँडै नै सरकारमा सहभागी हुने बताएका छन्। हेडकाउण्टका लागि निर्वाचन आयोग पुगेका यादवले सञ्चारकर्मीसँग भने, 'हामी सत्ता साझेदार हौँ, हाम्रै सरकार त हो, चाँडै नै सहभागी हुन्छौं।' कारागारमा रहेका रेसम चौधरीलाई सत्ताको शक्ति प्रयोग गरेर सनाखतका लागि आयोग ल्याइएको हो? भन्ने प्रश्नमा यादवले भने, 'उहाँकै इच्छाले आउनुभएको हो, उहाँलाई नै सोध्दा हुन्छ।'

हाम्रै सरकार त हो नि, चाँडै नै सहभागी हुन्छौं–उपेन्द्र यादव

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवले चाँडै नै सरकारमा सहभागी हुने बताएका छन्। हेडकाउण्टका लागि निर्वाचन आयोग पुगेका यादवले सञ्चारकर्मीसँग भने– “हामी सत्ता साझेदार हौं, हाम्रै सरकार त हो नि चाँडै नै सहभागी हुन्छौं।” कारगारमा रहेका रेशम चौधरीलाई सत्ताको शक्ति प्रयोग गरेर सनाखतका लागि आयोग ल्याइएको हो? भन्ने सञ्चारकर्मीको प्रश्नमा यादवले भने–“उहाँकै इच्छाले आउनुभएको हो, उहाँलाई नै सोध्दा हुन्छ।”

यो हाम्रै सरकार हो, छिट्टै सहभागी हुन्छौँ : उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफूहरू छिट्टै सरकारमा सहभागी हुने बताएका छन् ।  निर्वाचन आयोग परिसरमा सोमवार पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष यादवले सरकारमा सहभागिताबारे अब ढिलो नगर्ने बताएका हुन् ।  ‘हामी चाँडै सरकारमा जान्छौँ, यो हाम्रो सरकार हो,’ यादवले भने । पार्टी विवाद मिलेपछि सरकारमा सहभागी हुने भन्दै जसपा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी भएको थिएन ।  जसपाका अर्का नेता महिन्द्र राय यादवले पनि पार्टी विवाद टुंगिनासाथ सरकारमा सहभागी ...