इजरायलमा सिकेको ज्ञानबाट स्वदेशमा सफलता

काठमाडौं। सन् २००४ मा इजरायल जानुअघिसम्म कृषिमा खासै रुचि नराख्ने खोजराज कटुवाल सजिलै भिसा पाइन्छ भनेर मात्रै कृषि कामदारका रूपमा त्यहाँ जान तयार भएका थिए । इजरायलको प्रविधिमा आधारित कृषि क्षेत्रमा काम गर्दै गएपछि प्रविधि उपयोग गर्दा थोरै जनशक्तिबाटै धेरै उत्पादन लिन सकिने तथ्य उनले बुझे ।  उनी भन्छन्, ‘प्रविधिमैत्री कृषिमार्फत अर्थतन्त्रले कसरी फड्को मार्छ भन्ने कुराको गतिलो उदाहरण इजरायली कृषिक्षेत्र हो । साढे दुई प्रतिशत जनता मात्रै आबद्ध इजरायली कृषि सफल हुनु र ६५ प्रतिशत आबद्ध नेपाली कृषि पछाडि परिरहनुको मुख्य कारण प्रविधि नै हो ।’  इजरायलीले प्रविधिको भरपूर उपयोग गरेर कृषिक्षेत्रमा कमभन्दा कम जनसंख्या संलग्न गराउँदा जनसंख्याको अर्को ठूलो हिस्साले उद्योग, कलकारखाना क्षेत्रमा काम गर्न पाएको कटुवाल बताउँछन् । प्रविधिको प्रयोगले कृषि उत्पादनको लागत पनि घटायो । ‘हामीकहाँ परम्परागत कृषि नै हाबी भइरहेकोले उत्पादन लागत धेरै छ । त्यसैले भारतलगायत अन्य विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्दैनौं,’ कटुवाल भन्छन्, ‘इजरायलमा आफूले सिकेको ज्ञानलाई स्वदेशमै खर्च गर्नुपर्छ भन्ने कुरा मैले विस्तारै बुझ्दै गएँ र मलाई कृषिमा रुचि बढ्दै गयो ।’  तैपनि नेपाल गएर के गर्ने भन्नेमा कुनै उपाय सोच्न नसकेको उनले सुनाए । त्यहीबीचमा उनले इजरायलस्थित कृषि फार्ममा काम गर्ने केही साथीलाई समेटेर नेपाली कृषि कामदार सहयोगी समिति इजरायल गठन गरे । पछि उक्त संस्थाले ‘विदेशको शीप स्वदेशमा लगानी’ अभियान नै चलायो । त्यसको केही वर्षमा कटुवाल त्यही अभियान बोकेर नेपाल फर्किए । विदेशमा १४/१५ घण्टा काम गरेको बानीले नेपाल फर्किएपछि पनि उनलाई त्यसै बसिरहन दिएन । इजरायलबाट फर्केको १९ दिनमै एउटा सानो होटेल खोलेर व्यावसायिक यात्रा शुरू गरेको उनले सुनाए । उनको भित्री उद्देश्य भने यो थिएन । त्यसैले उनले होटेलसँगै एउटा कृषि फार्म पनि चलाए ।  त्यही फार्ममा वर्षदिनसम्म एउटै बोटबाट गोलभेडा फलाएपछि नेपालस्थित इजरायली दूतावासमा उनले उक्त गोलभेडा प्रदर्शनीको मौका पाए । ७० देशका राजदूत सहित कृषिमा सरोकार राख्ने हजारौंले प्रदर्शनी अवलोकन गरे । त्यसपछि नेपालका विभिन्न ठाउँबाट उनले गोलभेडा खेतीमा प्रयोग गरेको प्रविधिको माग हुन थाल्यो । उनले भारतबाट उक्त प्रविधि मगाएर किसानको माग पूरा गरे । प्रविधिमैत्री कृषिमार्फत अर्थतन्त्रले कसरी फड्को मार्छ भन्ने कुराको गतिलो उदाहरण इजरायली कृषिक्षेत्र हो । साढे दुई प्रतिशत जनता मात्रै आबद्ध इजरायली कृषि सफल हुनु र ६५ प्रतिशत आबद्ध नेपाली कृषि पछाडि परिरहनुको मुख्य कारण प्रविधि नै हो ।  ‘अब भने मलाई लाग्यो साँच्चै मैले कृषि क्षेत्रमै काम गर्नुपर्छ । त्यसपछि करीब पाँच वर्षअघि होटेल बेचेर म पूर्ण रूपमा परिवार सहित कृषि कर्ममा होमिएँ,’ कटुवाल भन्छन्, ‘नेपालको कृषिलाई प्रविधिमैत्री बनाउन मैले नै भूमिका खेल्नुपर्छ भन्ने सोचेर आधुनिक कृषिका लागि आवश्यक पर्ने विभिन्न यन्त्र उपकरण उत्पादनमा अहिले काम गरिरहेको छु ।’ पाँच वर्षदेखि उनको परिवार नै चितवनको खैरेनीमा ८ करोड रुपैयाँ लगानीमा एनटीएस इन्डस्ट्रिज नामक कृषि कम्पनी खोलेर विभिन्न कृषि उपकरण उत्पादनमा काम गरिरहेको छ ।  अहिले उनको कम्पनीले ग्रिन हाउस टेक्नोलोजी, मल्चिङ प्लास्टिक, पोलिब्याग, मल, थोपा सिँचाइ र कौसीखेतीका लागि आवश्यक सामग्री उत्पादन गरिरहेको छ । उनले अहिले करीब ७० जना कामदारलाई आफ्नो कम्पनीमा प्रत्यक्ष रोजगारी दिएका छन् । उक्त कम्पनीले नेपालभर विभिन्न कृषि उपकरण पुर्‍याइरहेको छ । यो पेशामा उनकी श्रीमती सरिता, दुई छोरा र बुहारी पनि जोडिएका छन् । नेपालमा आवश्यक कृषि उपकरणको क्षेत्रमा काम गर्नुपर्छ भन्दै उनले अस्ट्रेलियामा रहेकी बुहारीलाई पनि नेपाल फिर्ता बोलाएर यही क्षेत्रमा काम गर्ने उत्प्रेरित गरे ।  मुलुकमा बढ्दो बेरोजगारीबीच रोजगारीको सिलसिलामा ३० वर्षको उमेरमा दुई नाबालक छोरा छाडेर श्रीमती सहित कृषि कामदारका रूपमा इजरायल हान्निएका कटुवालले त्यहाँको कृषि फार्ममा १३ वर्ष खर्चिए । उनले त्यहाँ बस्दा विभिन्न ग्रिन हाउस, नर्सरी, फूल उत्पादन र तरकारी खेतीमा काम गरेको जानकारी दिए । इजरायली कृषि प्रविधिबाट निकै प्रभावित कटुवाल नेपालमा केही हुन्न भन्ने सोचले यहाँको कृषिक्षेत्र पछि परेको बताउँछन् । एकपटक विदेश गएपछि उतै पलायन हुनु वा दोहोर्‍याएर जानु भनेको देशलाई अझ अद्योगतितर्फ धकेल्नु हो भन्ने उनको बुझाइ छ । सरकारले पनि नेपालमै केही गर्छु भन्नेलाई अवसर नदिएको उनको गुनासो छ । राज्यले उचित खालको नीति बनाएर कृषिक्षेत्रको विकासमा जोड दिए खाद्य पदार्थको बढ्दो आयातलाई प्रतिस्थापन गर्न सकिने उनको विश्वास छ ।

सम्बन्धित सामग्री

नेपाललाई दोस्रो सफलता

आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनल खेलमा ओमानविरुद्ध नेपाललाई दोस्रो सफलता हात लागेको छ।

नेपाललाई दोस्रो सफलता

आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनल खेलमा ओमानविरुद्ध नेपाललाई दोस्रो सफलता हात लागेको छ।

ओमानविरुद्ध नेपाललाई दोस्रो सफलता

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा नेपालले दोस्रो सफलता हासिल गरेको छ।

नेपाललाई पहिलो सफलता

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेदरल्यान्ड्स विरुद्धको खेलमा नेपाललाई पहिलो सफलता हात परेको छ।...

नेपाललाई दोस्रो सफलता

जिम्बावे विरुद्धको आइसीसी विश्वकप एक दिवसीय छनोट खेलमा नेपाललाई दोस्रो सफलता हात परेको छ।

नेपाललाई दोस्रो सफलता

जिम्बावे विरुद्धको आइसीसी विश्वकप एक दिवसीय छनोट खेलमा नेपाललाई दोस्रो सफलता हात परेको छ।

नेपाललाई पहिलो सफलता

आईसीसी एकदिवसीय विश्व कप क्रिकेटको छनोट खेलमा नेपालले जिम्बावे विरुद्ध पहिलो सफलता हात पारेको छ।...

नेपाललाई पहिलो सफलता

आईसीसी एकदिवसीय विश्व कप क्रिकेटको छनोट खेलमा नेपालले जिम्बावे विरुद्ध पहिलो सफलता हात पारेको छ।...

सफलता चाहनुहुन्छ ? गर्नुस् यी काम

सफलता यस्तो शब्द हो जो हरेक मानिस आफ्नो जीवनमा अनुभव गर्न चाहन्छ । सफलताको चाहनामा मानिसले के गर्दैन र ? समयभन्दा चाँढो कुदिरहेको यो विश्वमा आफ्नो जीवन सफल बनाउन मानिस लागिरहेका छन् । हरसम्भव प्रयासपछि पनि मानिसले सफलता पाउन सक्दैनन् । सफलता पाउन के गर्ने ? यदी तपाई जीवनमा सफलता चाहनुहुन्छ भने सफल व्यक्ति बारेमा जान्ने प्रयास गर्नुस् । किनकी हरेक सफल मानिसको जीवनमा एक तितो अनुभव र कठिन संघर्ष हुन्छ । जसका कारण उ सफल भएको हुन्छ । एउटा कुरा सधै यादमा राख्नुस् कि सफलता र असफलताको पछाडि तपाइँको इच्छाशक्तिको भूमिका ह...

सफलता चाहनुहुन्छ ? गर्नुस् यी काम

सफलता यस्तो शब्द हो जो हरेक मानिस आफ्नो जीवनमा अनुभव गर्न चाहन्छ । सफलताको चाहनामा मानिसले के गर्दैन र ? समयभन्दा चाँढो कुदिरहेको यो विश्वमा आफ्नो जीवन सफल बनाउन मानिस लागिरहेका छन् । हरसम्भव प्रयासपछि पनि मानिसले सफलता पाउन सक्दैनन् । सफलता पाउन के गर्ने ? यदी तपाई जीवनमा सफलता चाहनुहुन्छ भने सफल व्यक्ति बारेमा जान्ने प्रयास गर्नुस् । किनकी हरेक सफल मानिसको जीवनमा एक तितो अनुभव र कठिन संघर्ष हुन्छ । जसका कारण उ सफल भएको हुन्छ । एउटा कुरा सधै यादमा राख्नुस् कि सफलता र असफलताको पछाडि तपाइँको इच्छाशक्तिको भूमिका ह...