केपी ओली सरकारले संघीयताको मर्म कुल्चेर ल्याएको चालू आर्थिक वर्षको बजेटलाई साना तथा कम बजेटका आयोजना स्थानीय तह र प्रदेशलाई हस्तान्तरण गर्ने गरी वर्तमान सरकारले प्रतिस्थापन विधेयक ल्याउने तयारी गरेको जनाएको छ ।साना आयोजन निर्माणमा पनि संघीय सरकारले हस्तक्षेप गर्दै आएकोमा प्रतिस्थापन विधेयकमार्फत क्षेत्र अधिकार स्पष्ट गरेर वित्तीय नीति ल्याउने अर्थ मन्त्रालय स्रोतले जनायो । […]