रोनाल्डो प्रशिक्षणमा अनुपस्थित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको प्रशिक्षणको पहिलो सत्रमा अनुपस्थित रहेका छन् । युनाइटेड छोड्ने आफ्नो इच्छाको बारेमा जानकारी दिएका रोनाल्डोले पारिवारिक कारणलाई उद्धृत गर्दै नयाँ सिजनको लागि शुरु भएको पहिलो प्रशिक्षण सत्रमा उपस्थित हुन नसकेको बताएका छन् । रोनाल्डो लगातार दोस्रो समरमा नयाँ टोलीको खोजीमा छन् । गत सिजन […]

सम्बन्धित सामग्री

रोनाल्डोविना अल नासर रोकियो

एजेन्सी – कप्तान तथा स्टार भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डो अनुपस्थित रहँदा ब्राजिली फरवार्ड एन्डर्सन टालिस्काको ह्याट्रिकका बावजुत अल नासर साउदी प्रो लिगमा रेलिगेसन क्षेत्रमा रहेको अल हाजिमसँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा अल नासर चार पटक अग्रता लिएरपनि त्यसलाई जोगाउन नसक्दा अल हाजिमसँग ४–४ गोलको बराबरीमा रोकिन पुगेको हो । अल नासरका लागि एक […] The post रोनाल्डोविना अल नासर रोकियो first appeared on हाम्रो खेलकुद.

अल नासरसँग मेस्सी सम्मेलित इन्टर मियामीको लज्जास्पद हार

काठमाडौं । लियोनल मेस्सी सम्मेलित इन्टर मियामीले क्रिस्टियानो रोनाल्डो सम्मेलित अल नासरसँग लज्जास्पद हार बेहोरेको छ। साउदी अरेबियामा‌ बिहीबार भएको मैत्रीपुर्ण खेलमा मियामी अल नासरसँग ६–० को लज्जास्पद हार बेहोरेको हो । उक्त खेलमा रोनाल्डो अनुपस्थित थिए । चोटका कारण उनी दर्शन दिर्घाबाट खेल हेरेका थिए । मेस्सी भने खेलको अन्तिम ७ मिनेट खेलेका थिए […]

रोनाल्डो र युनाइटेड : क्लबले जान दिने, विकल्प भने छैन

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई अन्तत: क्लब छाड्न दिने निर्णय गर्ने भएको छ । रोनाल्डोको आगमनसँगै टोलीमा आन्तरिक समस्या बढेको भन्दै क्लब नेतृत्वले रोनाल्डोबारे आफ्नो धारणा परिवर्तन गर्ने भएको हो । प्रि-सिजनमा अनुपस्थित रोनाल्डोले टोलीबाट एक मैत्रीपूर्ण खेल मात्र खेलेका थिए । उक्त मैत्रीपूर्ण खेलमा पनि रोनाल्डो विवादबाट टाढा रहन […]

रोनाल्डोले खेल नसकिँदै रंगशाला छाडे !

काठमाडौं । म्यानचेस्टर युनाइटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डो आइतबार राति रायो भायोकानोविरुद्धको मैत्रीपूर्ण फुटबल खेल नसकिँदै रंगशाला छाडेर गएका छन् । पारिवारिक कारण देखाउँदै सिजनपूर्वको मैत्रीपूर्ण खेलमा अनुपस्थित रहेका रोनाल्डो गए राति टिममा सामेल भएका थिए । च्याम्पियन्स लिग खेल्ने चाहनाका कारण रोनाल्डोले युनाइटेड छाड्न चाहेको समाचार यस ट्रान्सफर सिजनभर हेडलाइन बनेको...

रोनाल्डो युनाइटेडको प्रशिक्षणमा अनुपस्थित

काठमाडौं । च्याम्पियन्स लिग खेल्ने चाहनाका कारण म्यानचेस्टर युनाइटेड छाड्ने योजना बनाएका क्रिष्टियानो रोनाल्डो क्लबको ‘प्रि–सिजन’ प्रशिक्षणमा अनुपस्थित भएका छन् । सोमबार बिहान नयाँ प्रशिक्षक एरिक टेन ह्यागको नेतृत्वमा क्लबका अधिकांश खेलाडी उपस्थित हुँदा रोनाल्डो पारिवारिक कारण देखाएर प्रशिक्षणमा अनुपस्थित भएका हुन् । पोर्चुगलका फरवार्ड रोनाल्डोले आइतबार मात्र उपयुक्त प्रस्ताव आए युनाइटेड छाड्ने...

युनाइटेडको पोस्टमा लिभरपुलको चार गोल

उपाधि होडमा रहेको लिभरपुलले इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई  ४–० अन्तरले पराजित गरेको छ । घरेलु मैदान एनफिल्डमा  एकपक्षीय खेल खेलेको लिभरपुलले उपाधि यात्रामा म्यानचेस्टर सिटीलाई पछ्याउने क्रममा दुवै हाफमा दुई-दुई गोल गरेको हो ।टोलीको सानदार जितमा मोहम्मद सलाहले दुई तथा लुइस डियाज र साडियो मानेले एक-एक गोल गरे । पुत्रशोकका कारण युनाइटेडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो खेलमा अनुपस्थित थिए । जितसँगै शीर्षस्थानमा उक्लि

रोनाल्डोको चोटसँगै म्यानचेस्टर युनाइटेड संकटमा

एजेन्सी – इंग्लिस फुटबलकै बहुप्रतिक्षित खेल, म्यानचेस्टर डर्बीअघि म्यानचेस्टर युनाइटेडलाई ठुलो धक्का लागेको छ । क्लबका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो चोटका कारण आइतबार हुने खेलमा अनुपस्थित रहने भएका छन् । यस सिजन युनाइटेडका लागि ३० खेलमा १५ गोल गर्दै सर्वाधिक गोलकर्ता रहेका रोनाल्डोले आज हुने खेल चोटका कारण गुमाउने भएका हुन् । द एथ्लेटिकका अनुसार […]

पोर्चुगलद्वारा कतार पराजित

लन्डन, (एजेन्सी)  । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा पोर्चुगलद्वारा आगामी वर्षको विश्वकप फुटबलको आयोजक राष्ट्र कतार पराजित भएको छ । शनिबार राति भएको मैत्रीपूर्ण खेलमा पोर्चुगलले कतारलाई उसैको घरेलु मैदानमा ३–१ गोल अन्तरले हराएको हो । प्रमुख खेलाडी क्रिस्टियानो रोनाल्डो अनुपस्थित पाहुना टोली पोर्चुगलका लागि तीन जना फरक–फरक खेलाडीले गोल गरे । पोर्चुगलका लागि पहिलो गोल खेलको […]