काठमाडौँ- पत्नी सीता थापा लिङ्देनलाई कोरोना संक्रमण भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि आइसोलेसनमा बसेका छन्। अध्यक्ष लिङ्देनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। ‘श्रीमतीलाई कोरोना संक्रमण देखिएपछि अध्यक्ष लिङ्देन पनि आइसोलेसनमा हुनुहुन्छ,’ प्रवक्ता श्रेष्ठले भने। यसअघि ज्ञानेन्द्र शाहीले जुम्लाबाट संसदीय निर्वाचनमा उम्मेदवारी दिनेबारे घोषणा गर्न नयाँ बानेश्वरमा […]