अब आईतबार पनि ई-पासपोर्ट अर्थात विद्युतीय राहदानी पाइने भएको छ । राहदानी विभागले बिहीबार एक सूचना सार्वजनिक गर्दै सार्वजनिक विदाको दिन आईतबार समेत पासपोर्ट उपलब्ध गराउने जानकारी दिएको हो ।
सरकारले केही समय अगाडि शनिबार बाहेक आईतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर सेवाग्राहीको चापलाई मध्यनजर गर्दै जेठ १५ गतेदेखि राहदानी सेवा उपलब्ध गराउने भएको हो...