कञ्चनपुर : जिल्लामा ज्वरोका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ।लालझाडी गाउँपालिकाको देखतभुली स्वास्थ्य चौकीका प्रमुख लीलाकान्त झाका अनुसार दैनिक ३० देखि ३५ जना ज्वरोको समस्या लिएर आउने गरेका छन्। स्वास्थ्यकर्मीले बिरामीलाई जाँच गरी औषधि उपलब्ध गराउने काम भइरहेको स्वास्थ्य चौकीले जनाएको छ। ‘स्वास्थ्यचौकी पुग्ने ज्वरोका बिरामीमध्ये आधाभन्दा बढीमा कोरोनाको जस्तै लक्षण देखिने गरेको छ’, उनले भने, ‘यस्ता बिरामीलाई आइसोलेट गर्नुपर्छ। तर त्यो हुनसकेको छैन । त्यसैले पनि ज्वरोको लक्षण