प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारको महाधिवेशन आयोजक समिति बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । प्रतिवेदनमा तत्कालीन माओवादीसँगको एकता, विवाद र खिचातानीका साथै विविध विषय समेटिएको छ । प्रतिवेदनमा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेकै नेता माधव कुमार नेपालका कारण नेकपाको एकता टिक्न नसकेको आरोप लगाएका छन् ।‘प्रचण्डसहित पार्टीका कतिपय नेताहरुबाट राजनीतिक अस्थिरता सिर्जना गर्ने, सरकारका सकारात्मक काम र उपलब्धिहरुलाई ओझेलमा पार्ने, विपक्षीलाई उ