प्रतिनिधि सभा विघटनबारे सभामुखले के जवाफ दिए सर्वोच्चमा ?

काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीलाई संसद विघटन गर्न नसक्ने बताउनुभएको छ । सर्वोच्च अदालतलाई जवाफ पठाउँदै उहाँले अहिलेको अवस्थामा प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नभएको लिखित जवाफ पठाउनुभएको हो । ‘नेपालको संविधान २०७२ ले अहिलेको अवस्थामा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई दिएको छैन, संसदबाट अर्को प्रधानमन्त्री बन्ने अवस्था रहँदा रहँदै संसद विघटन गर्न मिल्दैन’, सापकोटाले सर्वोच्चलाई पठाएको जवाफ उद्धृत गर्दै स्रोतले भन्यो । पुस १० गते सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले सभामुख सापकोटासँग संघीय संसद् सचिवालयमा पार्टीका सांसदहरूको विवरण र प्रधानमन्त्री ओलीविरुद्ध नेकपा सांसदहरूले गराएको अविश्वास प्रस्ताव दर्ताको समयबारे सहितको कागजात १९ गते (आइतबार) पेस गर्न आदेश जारी गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरी बैशाख १७ र २७ गते चुनावको मिति घोषणा गर्नुभएको थियो । त्यसपछि सो कदम बदर गर्न माग गर्दै नेकपा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङसहितका नेकपाका सांसदहरू, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू लोकेन्द्रबहादुर ओली, कञ्चनकृष्ण न्यौपाने, समृत खरेल, ज्ञानेन्द्रराज आरण, शालिकराम सापकोटा, कमल खत्री, मणिराम उपाध्याय, अमिता गौतम पौडेल, दीपक राई, तुलसी सिम्खडालगायतले रिट दायर गरेका थिए । त्यसलगत्तै आफ्नै एकल इजलासमा प्रारम्भिक सुनुवाइ गरेका प्रधानन्यायाधीश राणाले पछि विस्तृत सुनुवाइका लागि पाँच सदस्यीय संवैधानिक इजलास गठन गर्नुभएको थियो ।

सम्बन्धित सामग्री

सर्वोच्चमा बहस : यस्तो छ प्रधानन्यायाधीश र अधिवक्ताबीचको सवाल–जवाफ

जेठ १३, काठमाण्डौ । प्रतिनिधि सभा विघटनसम्बन्दी सबै मुद्धाहरुको छिनोफानो अब संबैधानिक इजलासमार्फत हुने भएको छ । १९ वटा रिटमाथी भएको पूर्ण एकल इजलासको पहिलो चरणको सुनुवाईपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सबै रिटलाई पूर्ण इजलासमा पठाउने निर्णय गरेसँगै अब सबैको प्रतिक्षा संबैधानिक इजलासको बहस र फैसलातर्फ मोडिएको छ । संसद् विघटनको रिटमा अन्तरिम आदेश दिन […]

सर्वोच्चमा लगातार चौथो दिनको बहस : न्यायाधीशको हाँसोठट्टादेखि चुनावको चर्चासम्म

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरूमाथि बुधवार पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी रह्यो । सुनुवाइका क्रममा बहस गर्ने अधिवक्ता र न्यायाधीशबीच रोचक सवाल–जवाफ समेत भयो । सवाल जवाफ मात्र होइन सुनुवाइका क्रममा न्यायाधीशहरूले प्रतिप्रश्न गर्ने, हाँसोठट्टा गर्ने त कुनै बेला झोक्किने माहोल समेत देखियो । बुधवार शुरू भएको बहसको प्रारम्भमा संविधानविद् समेत रहेका वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले नेपालको संविधानमा कुल ६ किसिमका प्रधानमन्त्री बन्न सक्ने प्रावधान रहेको बताए । पहिलो बहुमतको, दोस्रो गठब...

प्रतिनिधि सभा विघटन : अन्तिम सुुनुवाइ सुरु हुँदै

प्रतिनिधि सभा विघटनसम्बन्धी विचाराधीन रिटमा सर्वोच्चको संवैधानिक इजलासमा बुधबार (आज)देखि अन्तिम सुनुवाइ प्रारम्भ हुँदैछ । पुस १० गतेको आदेशानुसार इजलासमा अन्तिम सुनुवाइ हुन लागेको हो । अदालतले अन्तिम सुनुवाइका लागि सबै विपक्षीसँग पुस १९ गतेभित्र लिखित जवाफ माग गरिसकेको छ । बुधबारदेखि रिटमा अन्तिम सुनुवाइ हुँदैछ । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा १४ वटा रिट विचाराधीन छन् । अदालतले पुस १० गते लिखित जवाफ पेस गर्ने र अन्तिम सुनुवाइको मिति तोकेको थियो । लिखित जवाफ पेसको समय थप नगर्न पनि इजलासले आदेशमै उल्लेख गरेको थियो । साथै २२ गतेबाट अन्तिम सुनुवाइको मिति तोकेको थियो । अदालतले सो आदेशसँगै प्रतिनिधि सभा विघटनसन्बन्धी सिफारिस र निर्णयको सक्कलै प्रति राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट झिकाउन आदेश गरेको थियो । यस्तै इजलासले संसद् सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव पनि माग गरेको थियो । प्रस्ताव पठाउँदा निवेदनसँगै मिति, दर्ता समय खुल्ने सक्कल रजिस्टरसमेत झिकाउन आदेशमा भनिएको थियो । आदेश अनुसारका कागजात संसद्ले सर्वोच्चमा पठाइसकेको छ ।

राष्ट्रपति कार्यालयले प्रतिनिधि सभा विघटनकाे कारण सर्वोच्चमा बुझाउँदै

काठमाण्डौ – राष्ट्रपति कार्यालयले प्रतिनिधि सभा विघटन गर्नुपर्ने कारणबारे आइतबार (आज) सर्वोच्च अदालतमा लिखित जवाफ पेस गर्दै छ । यसअघिको सर्वोच्चको संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गर्दै आजसम्म महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न प्रधानमन्त्री र राष्ट्रपति कार्यालयलाई आदेश दिएको थियो । त्यही आदे...