नेतालाई भोट माग्न चटारो, किसानलाई धान भित्र्याउन हतारो

रौतहट : चुनावसँगै रौतहटका किसानलाई धान भित्र्याउने चटारो छ। किसान बिहानदेखि बेलुकीसम्म खेतमा व्यस्त हुने गरेका छन्। नेताहरूलाई चुनावी चटारो भए पनि किसानहरूलाई अहिले पाकेको धान भित्र्याउन चटारो छ।जिल्लाको उतरी भेगमा पर्ने गुजरा, चन्द्रपुर वृन्दावन नगरपालिका लगायत जिल्लाका अधिकांश भेगका किसानको खेतमा लगाएको धान पाकेर पहेँलपुर भएपछि किसानलाई धानबाली काट्न र भित्र्याउन भ्याइनभ्याई छ।सिँचाइको सुविधा भएको र रोगको प्रकोप नभएको क्षेत्रमा भने धानको उत्पादनमा सन्तोषजनक उत्पादन भइरहेको र रोग प्रकोप लागेको

सम्बन्धित सामग्री

उम्मेदवारलाई भोट माग्न हतारो, किसानलाई बाली स्याहार्ने चटारो

आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनले गाउँ सहरमा राजनीतिक सरमर्गी बढाएको छ । राजनीतिक दलका नेता र उम्मेदवार यतिबेला मतदाता रिझाउँदै गाउँ–गाउँ, बस्तीबस्ती र कृषकका बारीबारीमा पुगिरहेका छन् । बागलुङका किसानलाई भने धान बाली भित्र्याउने चटारो छ । वर्षा भयो भने धान नोक्सान हुने दिने डरले उनीहरु आकाश हेर्दै धमाधम धान भित्र्याउन […]

धान भित्र्याउने चटारो

दलका नेता, कार्यकर्ता भोट माग्न गाउँगाउँ घुमिरहेका बेला कैलालीका किसानलाई भने धान भित्र्याउन भ्याइनभ्याइ छ । धान पाकिसकेकाले अब पनि भित्र्याउन ढिला गर्दा क्षति हुने भएकाले किसान धान भित्र्याउन व्यस्त भएका हुन् । किसानलाई तिहारमा समेत धान भित्र्याउन धमाधम थियो । धान पाकेर बाला टुट्ने अवस्थामा पुगेकाले चाडपर्व मान्दै धान भित्र्याउने काम गरिएको कैलारी गाउँपालिका–७ का कृषक खोजरामीदेवी चौधरीले बताउनुभयो ।