प्रधानमन्त्री पुष्पकमल दाहालले लामो समयको प्रतिक्षापछि विद्युत्को दीर्घकालीन व्यापारको लागि ढोका खुलेको बताएका छन् । भारतसँग बिहीबारमात्र नेपालबाट १० वर्षमा १० हजार मेघावाट विद्युत् व्यापारको सम्झौता भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सम्झौताले भारतमा मात्र नभई बंगलादेशमा विद्युत् व्यापारको समेत ढोका खुलेको बताए ।