कतिपय रोगहरुका बारेमा आम मानिसहरु अनभिज्ञ छन्। ‘सेप्सिस’ एउटा यस्तो रोग हो, जसका बारेमा धेरैलाई थाहै नभएकाले यसलाई ‘रहस्यमय रोग’ पनि भन्ने गरिन्छ। आम सर्वसाधारण त के मेडिकल शिक्षा पढेका चिकित्सक वा स्वास्थ्यकर्मीमा समेत सेप्सिसका बारेमा अन्योलता रहेको पाइन्छ।