उपभोक्ता समिति र जनप्रतिनिधिको मिलेमतो : जता पनि डोजर, करोडौंको चलखेल

स्थानीय तहमा जनप्रतिनिधिकै संलग्नतामा चरम भ्रष्टाचार भैरहेको पाइएको छ । स्थानीय विकास निर्माणमा उपभोक्ता समिति गठन गरेर उपभोक्ता समितिमार्फत विकास निर्माण गर्नुपर्ने भए पनि जनप्रतिनिधिले आफ्नै डोजर परिचालन गरेर पैसा कुम्ल्याएको पाइएको हो । महालेखा परीक्षकको कार्यालयले गरेको अध्ययनले स्थानीय तहमा यसरी फैलिँदै गएको बेथिती बेल...

सम्बन्धित सामग्री

गाउँपालिकामा ३९ उपभोक्ता समिति दर्ता

सिमकोट – सिमकोट गाउँपालिकामा ३९ वटा उपभोक्ता समिति गठन भई दर्ता भएको पाइएको छ। ०८०/८१ मा तर्जुमा भएको योजना निर्माण अगाडि बढाउनका लागि गाउँपालिकाले सम्बन्धित सेवाग्राहीबाट गठन भएका उपभोक्ता समितिलाई गाउँपालिकामा दर्ता गरिएको हो। सिमकोट गाउँपालिकाका लेखा अधिकृत विशाल बोहराले चालु वर्षका योजना निर्माण अगाडि बढाउनका लागि हालसम्म ३९ वटा उपभोक्ता समिति गठन गरी दर्ता […]

अख्तियारको सुझाव : उपभोक्ता समिति र टोलसुधार समितिलाई जिम्मेवार बनाऊ

२८ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तहमार्फत हुने विकास निर्माणका काममा उपभोक्ता समिति र टोल सुधार समितिलाई जवाफदेही र उत्तरदायी बनाउनुपर्ने बताएको छ । अख्तियारले गत १५ असोजमा राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको ३३ औं प्रतिवेदनमा उपभोक्ता समिति र टोल सुधार समितिबाट सञ्चालन हुने योजना र कार्यक्रमको अनुगमन गर्ने संयन्त्रको आवश्यक रहेको बताएको […]

शहरी खानेपानी उपभोक्ता समिति २४ करोड ऋणमा

संखुवासभा : राजनीतिक भागवण्डामा निर्माण गरिएको साना शहरी खानेपानी उपभोक्ता समिति अहिले ऋणमा चुुर्लुम्म डुुबेको छ।संखुवासभको सदरमुकाम खाँदबारीमा सञ्चालित साना शहरी खानेपानी उपभोक्ता समितिलाई २४ करोड रुपैयाँ ऋण लागेको छ। सदरमुकाम खाँदबारीका लागि सञ्चालित साना शहरी खानेपानी उपभोक्ता समिति २४ करोड रुपैयाँ ऋण डुबेको हो। तत्कालीन समयमा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भागवण्डामा निर्माण गरिएको उपभोक्ता समितिले खानेपानी उपभोक्ता समितिलाई ऋणको भारी बोकाएको छ। भने खानेपानी

बैतडीकाे पाटन नगरपालिकामा महिला मात्रै उपभोक्ता समिति अध्यक्ष बन्न पाउने

काठमाडाैँ- बैतडीको पाटन नगरपालिकाले नगरभित्र सञ्चालन हुने योजनाका उपभोक्ता समिति अध्यक्षमा महिला अनिवार्य हुनुपर्ने निर्णय गरेको छ। नगर कार्यपालिकाको बैठकले उपभोक्ता समितिको प्रमुख पदमा महिला अनिवार्य हुनुपर्ने निर्णय गरेको उपमेयर कमलसिंह बोहराले बताए। नगर कार्यपालिकाको पहिलो बैठकले उक्त निर्णय गरेको उनको भनाइ छ। ‘योजनाको अधिकमत लाभग्राही महिला नै हुन्छन्। खानेपानी, बाटो, बर्थिङ सेन्टर जे बनाए […]

सेटिङ्गमा उपभोक्ता समिति

नारायण नगरपालिका –६ गणेश चौकमा कृषि उपज केन्द्र बनाउन सेटिङ्गमा उपभोक्ता समिति गठन गरिएको छ। कृषि उपज केन्द्र बनाउनका लागि नगरपालिकाका जनप्रतिनिधिहरुले आम भेला नगराई सेटिङ्गमा उपभोक्ता समिति गठन गरेका हुन्।...

उपभोक्ता समिति गठन प्रक्रियामा विवाद

सडक स्तरोन्नतिका लागि गरिएको उपभोक्ता समिति गठन प्रक्रिया र वडाले दिएको सिफारिसमा विवाद भएको छ।...

उपभोक्ता समिति खारेज गर्ने निर्णय ठेकेदार पोस्ने कामः बिजुक्छेँ

भक्तपुर नगरपालिकाले उपभोक्ता समितिमार्फत विकास निर्माणका सम्पूर्ण गतिविधि सफलतापूर्वक गरिरहेको उल्लेख गर्दै उनले उपभोक्ता समिति खारेज गर्ने निर्णय जनताको भावनाविपरीत रहेको बताए।...

‘उपभोक्ता समिति सबैले नराम्रै गरेका छन् भन्ने होइन’

उपभोक्ता समिति भन्ने बित्तिकै गलत नजरले हेर्नुपर्ने अवस्था छैन । सबैतिर एक खालको अवस्था छैन । एउटै हिसाबले उपभोक्ता समिति चलेका पनि छैनन् । तर, कतिपय ठाउँमा उपभोक्ता समितिहरू कमाउने उद्देश्यले ठेकदारले जसरी काम गरिरहेका छन् । तर कतिपय ठाउँमा उपभोक्ता समितिलाई दिएको कामको परिणाम निकै राम्रो आइरहेको छ । त्यसैले यसका दुवै पक्ष छन् […]

भुक्तानी नपाएपछि उपभोक्ता समिति आन्दोलित

कमला नदीमा बाढी नियन्त्रणका लागि बाँध निर्माण लगायतका काम गर्नेगरी बनाइएका उपभोक्ता समिति आन्दोलित भएका छन् । सम्पन्न भइसकेका कामको भुक्तानी नपाएको भन्दै उपभोक्ता समितिहरु आन्दोलित भएका हुन् ।कमला नदी नियन्त्रण आयोजना कार्यालयको कार्यादेशमा धनुषा, सिरहा र सिन्धुली जिल्लाका विभिन्न उपभोक्ता समितिले तटबन्ध निर्माण, तार जाली लगाउने लगायतका काम गरे बापतको भुक्तानी पाउन नसकेको उनीहरुको गुनासो छ ।भुक्तानीको माग गर्दै उपभोक्ता समितिका अध्यक्षहरुले मंगलबार कार्यालय अगाडि धर्ना दिएका छन् । उपभोक्ता समिति

खानेपानी उपभोक्ता समिति गठन कि संसदको चुनाव?

संखुवासभा : पाँचखपन नगरपालिकामा खानेपानी उपभोक्ता समिति गठन गर्न चुनाव नै गरिएको छ।पाँचखपनमा पहिलो पटक उपभोक्ता समिति निर्माणमा निर्वाचन भएको छ। पाँचखपन–४, ५ र ६ का लागि सञ्चालन हुन लागेको खानेपानी आयोजनाको उपभोक्ता समिति गठनमा अध्यक्ष र सचिव पद छनोट चुनावमार्फत गरिएको हो।३ पटकको प्रयासमा पनि सहमति नभएपछि उपभोक्ता समितिको अध्यक्ष र सचिव पदका लागि २/२ जनाले आ–आफ्नै अडानपछि चुनाव गरिएको वडाध्यक्ष रामबहादुर तामाङले बताए। उपभोक्ता समितिको अध्यक्षमा मानसिंह पोख्रेल र कमल था