नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले राष्ट्रपतिलाई परमादेश जारी गरेसँगै नयाँ सरकार गठनको तयारी भएको छ।
देउवालाई प्रधानमन्त्री बनाउने र अन्य विषयमा पुनः शीर्ष नेताको बैठक बसेर आवश्यक निर्णय गर्ने तयारी भइरहेको कांग्रेस नेता बालकृष्ण खाँडले जानकारी दिए।
उनले सानो आकारको मन्त्रिपरिषद् निर्माण गर्ने र सबै दललाई समेटेर अगाडि बढ्ने बारेमा नेताहरुबीच कुराकानी भएको बताएका छन्।
राष्ट्रपति कार्यालयले मंगलवार ५ बजेभित्रै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री पद...