नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनले एमिकस क्युरी पठाउन आनाकानी गर्दा संवैधानिक इजलासमा प्रधानन्यायाधीशको सहभागितासम्बन्धी मुद्दाको सुनुवाइका सम्बन्धमा अन्योलता बढेको छ ।
न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोज शर्माको संयुक्त इजलासले असोज ८ गते अविलम्ब एमिकस क्युरी झिकाउन आदेश गरे पनि हालसम्म सर्वोच्च अदालतमा नामावली पुगेको छैन।
जसको प्रभावस्वरुप संवैधानिक निकायमा गरिएको नियुक्तिसम्बन्धी मुद्दाको सुनुवाइ समेत रोकिएको छ ।
'यस अदालतको २०७८ भदौ १७ गतेको आदेशले सर्वोच्च अदालत बार एसोसिएसन तथा नेपाल बार एसो...