दोहा- इजरायलले नेपालबाट चिया, कफी, चामललगायतका खाद्यवस्तु लैजाने भएको छ । इजरायलले निर्यातयोग्य नेपाली वस्तु तथा उत्पादन आयात गर्न चाहने इजरायलीहरु खोजी गर्ने क्रममा केही आयातकर्ताहरुको पहिचान गरिएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । उनीहरुले हालै मात्र इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यसँग दूतावासमा भेटेर नेपालबाट चिया र कफीका साथै चामल, दलहन (मास, मुसुरो, […]