प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतका नवनिर्वाचित प्रधानमन्त्री लिज ट्रसलाई सफल कार्यकालका लागि बधाई तथा शुभकामना दिनुभएको छ । उहाँले सन्देशमार्फत प्रधानमन्त्री ट्रसलाई उहाँको सफल कार्यकालका लागि शुभकामना र बेलायती जनताको निरन्तर प्रगति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रमुख विकास साझेदारका रूपमा नेपालले बेलायतसँगको सम्बन्धलाई उच्च महत्व दिएको उल्लेख …