हत्याको आरोपमा धनुषा सबैला–४ का वडाध्यक्ष पक्राउ

जनकपुरधाम : हत्या आरोपमा धनुषाका एक वडाध्यक्ष पक्राउ परेका छन्।सडक विस्तारका क्रममा भएको विवादमा सबैला नगरपालिका–४ का स्थानीय सुमित्रादेवी यादवको कुटपिट गरी हत्या गरेको आरोपमा वडा नम्बर ४ का अध्यक्ष कुशेश्वर ठाकुरलाई इलाका प्रहरी कार्यालय सबैलाले पक्राउ गरेको हो। उनलाई पथलाका नामले पनि चिनिन्छ।  धनुषाको सबैला नगरपालिका–४ मा ०७७ वैशाख २३ गते सडक विस्तारका क्रममा झडप हुँदा सुमित्रादेवीको हत्या आरोपमा वडाध्यक्ष ठाकुर पक्राउ परेका हुन्।सडक विस