विश्वव्यापी भोकमरी सूचकाङ्कमा भारतको अवस्था ‘गम्भीर’

विश्व भोकमरी सूचकाङ्क (जीएचआई) सन् २०२२ को सूचीमा भारत १ सय ७औँ स्थानमा झरेको छ । भारत विश्वका १ सय २० देश र क्षेत्रमध्ये १ सय ७औँ स्थानमा झरेको हो । कन्सर्न वर्ल्डवाइड आइरिस सहायता एजेन्सी र वेल्टहङ्गरहिल्फ नामको जर्मन संस्थाले संयुक्त रूपमा भोकमरी सूचकाङ्क प्रतिवेदन हालै सार्वजनिक गरेका हुन् । गएको वर्ष १ सय १औँ स्थानमा रहेको भारत तल झरेर एसियाली देशहरु नेपाल, श्रीलङ्का, म्यानमार, बङ्लादेश र पाकिस्तानभन्दा पनि पछि परेको हो । जीएचआई अनुसार नेपाल ८१, श्रीलङ्का ६४, म्यानमार ७१, बङ्लादेश ८४ र पाकिस्तान ९९औँ स्थानमा रहेका छन् ।...

सम्बन्धित सामग्री

विश्वव्यापी भोकमरी सूचकाङ्कमा नेपाल ११ स्थानले सुधार

काठमाण्डाै – विश्वव्यापी भोकमरीको सूचकाङ्कमा नेपालले ११ स्थान सुधार गरी ६९ औँ स्थानमा आएको छ । एक सय २५ देशको सूचीमा गएको वर्ष ८१ औँ स्थानमा रहेको नेपाल यस वर्ष ६९ औँ स्थानमा आएको हो ।विश्वव्यापी भोकमरीबारे जानकारी दिने एउटा अन्तर्राष्ट्रिय प्रतिवेदन अनुसार नेपालको अवस्था सुधारोन्मुख र मध्यम खालको भोकमरी भएको देशको सूचीमा छ । शून्यदेखि एक सय अङ्कमा मापन गरिने सूचकाङ्कमा जसको अङ्क सबैभन्दा कम हुन्छ त्यसैलाई कम भोकमरी भएको देशको रूपमा लिइन्छ । नेपाल १५ अङ्कसहित एक सय २५ देशमध्ये ६९ औँ स्थानमा रहेकाे...

समृद्ध कर्णालीमा भोकमरी

इतिहासमा सम्पन्न, शक्तिशाली र समृद्ध खस राज्यको केन्द्र कर्णाली, आज भोकमरी, अशिक्षा र अविकासको केन्द्रका रूपमा चिनिन पुगेको छ । प्राकृतिक सम्पदाको अथाह भण्डारका रूपमा रहेको कर्णाली क्षेत्र त्यसको उपयोग हुन नसक्दा ‘सुनको खाटमा बसेर कचौरामा भिख माग्नुपर्ने’ अवस्थामा त्यहाँका जनता छन् । यस्तो अवस्था कसरी हुन पुग्यो ? यसको गहिरो एवं निर्मम समीक्षा हुन […] The post समृद्ध कर्णालीमा भोकमरी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भोकमरी सूचकांकमा नेपालको अवस्था सुधारोन्मुख, भारत भन्दा अगाडि

१५ माघ, काठमाडौं । नेपालमा भोकमरीको अवस्था सुधारोन्मुख रहेको देखिएको छ । विश्व भोकमरी सूचकाङ्‍क प्रतिवेदन २०२२ अनुसार नेपालको भोकमरी अवस्थामा अघिल्लो तथ्यांकको तुलनामा सुधार भएको देखिएको छ । कन्सर्न वर्ल्डवाइड र वेल्ट हङ्गर हाइलाइफले तयार पारेको यो प्रतिवेदन एनजीओ फेडेरेसनले सार्वजनिक गरेको हो । प्रतिवेदन अनुसार नेपालको अवस्था सन् २००० मा जोखिमपूर्ण थियो । […]

विश्व भोकमरी सूचकाङ्कमा नेपालभन्दा खराब स्थिति देखाएको भन्दै भारत आक्रोशित

विश्व भोकमरी सूचकाङ्क (जीएचआइए) मा भारत १०७ औं स्थानमा रहेको रिपोर्टको विषयमा भारतको केन्द्रको मोदी सरकारले कडा प्रतिक्रिया दिएको छ ।   सरकारले जीएचआई सम्बन्धी विज्ञप्ति जारी गर्दै यो सूचकाङ्कले भारतको छवि खराब पारेको भन्दै ‘भोक मापन गर्ने तरिका गलत’ भएको बताएको छ ।विश्वभर भोकमरी र कुपोषणको अवस्था देखाउने विश्व भोकमरी सूचकांकको प्रतिवेदन सार्वजनिक भएको छ । जसमा भारत १२१ देशमध्ये १०७ औँ स्थानमा छ । यो सूचकाङ्कमा भारतको स्थिति नेपाल, पाकिस्तान, श्रीलंका र बंगलादेशभन्दा खराब छ

विश्व भोकमरी सूचकाङ्कमा नेपालको अवस्था भारतभन्दा राम्रो

कृषिप्रधान देश नेपाल विश्व भोकमरीको सूचीमा कमजोर अवस्थामा रहे पनि समस्याग्रस्त भने देखिएको छैन । यो सूचकाङ्कमा नेपालले भारत, पाकिस्तान र बंगलादेशलाई उछिनेको छ । ग्लोबल हंगर इन्डेक्स (वैश्विक भोकमरी सूचकाङ्क)मा विश्वका १२१ देशमा नेपाल ८१ औं स्थानमा पुगेको छ । गत वर्ष ११६ देशको वरियतामा नेपाल ७६औं स्थानमा थियो । हालै सार्वनजिक भएको सन् …

उत्तर कोरियामा भोकमरी, त्रासदीपूर्ण अवस्थाको आँकलन

एजेन्सी, १९ कात्तिक । कम्युनिस्ट राष्ट्र उत्तर कोरियामा भोकमरी बढेको छ । ठण्डी बढ्दै जाँदा भोकमरी पनि बढेपछि त्रासदीपूर्ण अवस्था आउने आँकलन गरिएको छ । कतिपय उत्तर कोरियाका नागरिकले दक्षिण कोरियामा रहेका आफन्तलाई भोकमरीले मृत्युहरु भइरहेको जानकारी गराएका छन् । डेली एनकेका सम्पादक लि साङ योङको भनाई उदृत गर्दै बीबीसीले सडक बालबालिकाको मृत्यु बढिरहेको छ […]

भोकमरीको सूचकांकमा भारत र नेपालको अवस्था खस्कियो

विश्व भोकमरी सूचकाङ्कमा भारतको अवस्था अघिल्लो वर्षको तुलनामा खस्किएको छ । हालै सार्वजनिक गरिएको विश्व भोकमरी सूचकाङ्क सूचीमा भारत १०१ औं स्थानमा छ ।

विश्व भोकमरी सूचकाङ्कमा नेपालको अवस्था भारतको भन्दा राम्रो

असोज ३०, संयुक्त राष्ट्रसंघ । विश्व भोकमरी सूचकाङ्कमा नेपाल ७६ औं स्थानमा रहेको छ ।  संयुक्त राष्ट्रसंघ सम्वद्ध संस्था खाद्य तथा कृषि संगठन (एफएओ) द्वारा शुक्रवार सार्वजनिक तथ्यांक अनुसार ११७ ओटा देश सम्मिलित सूचीमा नेपाल भारतभन्दा धेरै अगाडि रहेको छ । विश्व भोकमरी सूचकाङ्कमा भारतलाई पाकिस्तानभन्दा खराव स्थितिमा राखिएको छ । भारतको ग्लोबल हंगर इन्डेक्स (जीएचआई) स्कोर २७ दशमलव ५ रहेको छ । भारतको सूचकाङ्क ११७ ओटा देशमध्ये १०१ औ स्थानमा रहेको छ भने पाकिस्तान ९२ औं, म्यानमार ७१ औं स्थान, बंंग्लादेश ७६ औं  स्थान र नेपाल पनि ७६ औं स्थानमा रहेको छ । तर भारतले उक्त सूचकाङ्क गलत रहेको भन्दै आपत्ति प्रकट गरेको छ । भारतको महिला एवं बाल कल्याण मन्त्रालयले अल्पपोषण या कुपोषण को वैज्ञानिक तरीकाबाट मापन हुनुपर्नेमा काल्पनिक तरिकाले मापन भएको भन्दै विरोध गरेको छ । अघिल्लो वर्ष भारतको भोकमरी सूचकाङ्क १०७ ओटा देशमा ९४ औं स्थानमा थियो । यो सूचकाङ्कले भारतमा भोकमरीको अवस्था चिन्ताजनक रहेको देखाउँछ । उता चीन, ब्राजील तथा कुवेतसहित १८ ओटा देशले भने टप र्यान्क हासिल गरेका छन् । ती देशको जीएचआई स्कोर पाँचभन्दा कम रहेको छ । ४ दशमलव ९ वा सोभन्दा कम अंक प्राप्त गर्ने मुलुकलाई न्यून भोकमरीको अवस्थाको मुलुकको सूचीमा राख्ने गरिएको छ । विश्व भोकमरी सूचकाङ्क विश्वव्यापी भोकमरीको अवस्था जनाउने तथ्याङ्क हो। यसको गणना वार्षिक रूपमा गर्ने गरिन्छ भने यसको नतिजा प्रत्येक वर्षको अक्टोबरमा जारी गर्ने गरिन्छ ।  सन् २००० यता विश्वमै भोकमरीमा निकै गिरावट भएपछि सन् २०२० को प्रतिवेदन अनुसार विश्वव्यापी तहको भोकमरीलाई मध्यम स्तरमा वर्गीकृत गर्न थालिएको छ । भोकमरी सूचकाङ्क सार्वजनिक गर्न थालेपछि धेरै राष्ट्रहरूले सन् २००० देखि भोकमरीमा कमी ल्याएका छन् तर केही देशहरूमा भोकमरी कायम छ भने केहीमा झन् -झन् खराब हुँदै गइरहेको छ। यो सूची तयार गर्दा कुपोषित बालबालिकाको संख्या, बाल मृत्युदर, बच्चाको लम्बाइअनुसार तौल नहुनु लगायतलाई आधार मानिएको छ ।एजेन्सीहरु