हेटौंडा : मकवानपुर र बाराको सिमानामा रहेको चुरियामाई मन्दिरनजिकै ओरालोमा भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा १८ जना घाइते भएका छन्।काठमाडौंबाट रौतहटको बंकुलतर्फ जाँदै गरेको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिहीबार चुरियामाईमा दुर्घटना हुँदा बस चालक धर्मराज रेग्मीको मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका बस चालक हेटौंडा–८ कमानेका ४९ वर्षीय रेग्मीको उपचारका लागि हेटौंडा ल्याउने क्रममा बाटोमा मृत्यु भएको प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रहरी न