बिहीबारदेखि फिल्म हल खोल्न पाइने

काठमाडौँ- बिहीबारदेखि काठमाडौँ उपत्यकामा फिल्म हलहरु खोल्न पाइने भएको छ। तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले फिल्महरु खोल्न दिने निर्णय गरेको हो। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले स्वास्थ्य प्रोटोकल पालना गरेर फिल्म हल खोल्न पाइने निर्णय भएको जानकारी दिए। गत बैशाख १६ गतेदेखि फिल्म हलहरु बन्द छन्।

सम्बन्धित सामग्री

काठमाण्डौ उपत्यकामा फिल्म हल र दोहोरी साँझसमेत खोल्न पाइने

काठमाण्डाै – काठमाण्डौ उपत्यकामा भोलि बिहीवारदेखि चलचित्र हल, दोहोरी साँझ (घर), डान्स बार लगायतका व्यवसाय पनि खुल्ने भएका छन् । काठमाण्डौ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले चलचित्र हल, दोहोरी घर, रेस्टुरेन्ट लगायतका व्यवसाय खोल्न दिने निर्णय गरेको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि २०७८ मा उल्लेख भएका मापदण्डहरू पालना गरेर व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको प्रजिअ पराजुलीले बताउनुभयो । मापदण्ड पालना भए/नभएको बार...

काठमाडौं उपत्यकामा अब फिल्म हल खोल्न पाइने

कोरोना भाइरस संक्रमणको 'चेन ब्रेक' का लागि भनेर काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलो भएको छ। काठमाडौं उपत्यकाका ३ जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको बुधबारको बैठकले यसअघि जारी गरिएका अधिकांश निषेधका प्रावधानहरु हटाउने निर्णय गरेको छ।