सिंहदरबारबाट १३ दिनमै बाहिरिइन् सञ्चार मन्त्री नैनकला थापा !

सर्वोच्च अदालतको अन्तरिम आदेशपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापा १३ दिनमै सिंहदरवारबाट बाहिरिएकी छिन् । पूर्वमाओवादी कोटामा रामबहादुर थापाकी पत्नी नैनकला थापाले जेठ २७ गते सञ्चार मन्त्रीको शपथ गरेकी थिइन् ।  नैनकलाको नियुक्तिलाई लिएर एमाले प्रवेश गरेका माओवादी नेताहरुका असन्तुष्टि पैदा गरेको थियो । उनीसँगै पूर्व माओवादी कोटाबाट कृषि मन्त्री बनेकी ज्वाला कुमारी शाह पनि घर फर्केकी छन् ।  प्रतिनिधि सभा विघटनपछि भएको मन्त्रिपरिषद् विस्तारमा नियुक्त मन्त्रीलाई काम गर्न सर्वोच्चले मंगलवार रोक लगाएको थ...

सम्बन्धित सामग्री

एमालेको बन्दसूचीमा १०९ जनामात्र, परिवार दलका एकनाथदेखि बादलकी श्रीमतीसम्म

काठमाडौं : नेकपा एमालेले समानुपातिकतर्फको बन्दसूचीमा १०९ जनाको मात्र नाम समावेश गरेको छ। समानुपातिक सूचीमा ११० जना हुनुपर्ने भएपनि एमालेले १०९ जनाको नाममात्र समावेश गरेको हो। समानुपातिक सूचीमा रघुजी पन्तदेखि परिवार दलका एकनाथ ढकालको नाम समावेश गरिएको छ। एमालेले रामबहादुर थापा बादलकी श्रीमती नैनकला थापा मगरदेखि महासचिव शंकर पोखरेलकी बहिनी…

तराईका भूपू मन्त्रीहरू फेरि खाने तयारीमा

सर्वाेच्च अदालतले ८ असारमा प्रधानमन्त्री ओलीका २० सहयोगीको मन्त्री पद खाइदियो तर सोही क्याबिनेटमा १३ र २० दिन मन्त्री भएकामध्ये अझै केहीले पुल्चोकस्थित सरकारी निवास छाडेका छैनन्् ।शहरी विकासमन्त्री राजेन्द्र महतो, गृहमन्त्री खगराज अधिकारी, सञ्चार नैनकला थापा, पर्यटन उमाशंकर अरगरिया, सामान्य प्रशासन गणेश पहाडी र खेलकुदमन्त्री एकवाल मियाँ मात्र आफ्नै घर फर्किएका छन् । त्यहाँका ५ वटा ब्लकमा १९ वटा क्वार्टर छन् । जसमध्ये शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक वसन्त नेम्बाङ, कानुनका लीलानाथ श्र

सरकारका प्रवक्तामा नैनकला थापा

काठमाडौं : सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापालाई दिइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।     सरकारले प्रायः सञ्चारमन्त्रीलाई नै प्रवक्ताको जिम्मेवारी दिने गरेको छ। थापा हिजो सञ्चारमन्त्रीमा नियुक्त भएकी…

सरकारको प्रवक्ता बनिन् नवनियुक्त सञ्चारमन्त्री नैनकला थापा

काठमाडौं। मन्त्रिपरिषद बैठकले नवनियुक्त सञ्चार तथा प्रविधि मन्त्री नैनकला थापालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ। बिहीबार मन्त्रिपरिषदलाई पूर्णता दिएर बसेको पहिलो बैठकले सञ्चारमन्त्री नैनकला थापालाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो। सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चारमन्त्रीलाई दिने प्रचलन छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई जिम्मेवारी र अधिकारका विषयमा जानकारी गराएका थिए।

सरकारको प्रवक्तामा आजै मन्त्री नियुक्त भएकी नैनकला थापा चयन

सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापालाई दिइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । सरकारले प्रायः सञ्चारमन्त्रीलाई नै प्रवक्ताको जिम्मेवारी दिने गरेको छ । थापा आजै सञ्चारमन्त्रीमा नियुक्त भएकी थिइन् । प्रधानमन्त्री ओलीले आजै  सात मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । थापा पूर्व गृहमन्त्री रामबहादुर थापाकी पत्नी हुन् ।

प्रदेशसभा सदस्यबाट निष्कासित ज्वालालाई पार्टी फेर्दा संघीय मन्त्री उपहार!

जनकपुरधामः प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डलमा पुनः सदस्य थप गरेका छन्। रिक्त मन्त्रालयमा ओलीले बिहीबार ७ नयाँ मन्त्रीको शपथ गराए। कार्यविभाजन अनुसार गृहमन्त्रीमा खगराज अधिकारी, सञ्चारमन्त्रीमा नैनकला थापा, वनमन्त्रीमा नारदमुनि राणा, कृषिमन्त्रीमा ज्वालाकुमारी साह, उद्योगमन्त्रीमा राजकिशोर यादव, सामान्य प्रशासनमन्त्रीमा गणेश पहाडी, र विना विभागीय मन्त्रीमा मोहन बानियाँले शपथ लिए। शपथ…

बादल पत्नी नैनकला थापालाई सञ्चार मन्त्री बनाइँदै

काठमाडौँ । नेपाली राजनीतिमा परिवारवाद राम्रै स्थान पाइरहेको छ । पछिल्लो समय पति-पत्नी नै मन्त्री मात्र होइन, पति आउट हुँदा पत्नी इन र पत्नी इन हुँदा पति आउटका ज्वलन्त उदाहरण अहिलेकै मन्त्रिमण्डलमा देख्न सकिन्छ । आजै विस्तार गर्न लागेको भनिएको मन्त्रिपरिषद् विस्तारका क्रममा पनि नेकपा एमालेका नेता रामबहादुर थापा(बादल)की पत्नी नैनकला थापा सञ्चार तथा प्रविधि […]

को-को बन्ने भए नयाँ मन्त्री ? सूचीसहित

प्रधानमन्त्री केपी शर्मा ओलीले बाँकी ७ मन्त्रालयमा बिहीवार मन्त्री थप गर्दैछन् । एमाले उच्च स्रोतका अनुसार गृहमन्त्रीमा खगराज अधिकारी नियुक्त हुँदैछन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा नैनकला थापा नियुक्त हुदैछिन् । वन तथा वातावरण मन्त्रालयमा नारदमुनी राना, संघीय मामिला तथा सामान्य प्रशासनमा गणेश पहाडी र प्रधानमन्त्री कार्यालय हेर्ने मन्त्रीमा मोहन बानियाँ नियुक्त हुँदैछन् । यस्तै मोहन वानियाँ विनाविभागीय मन्त्री, कृषीमा ज्वालाकुमारी साह, उद्योग तथा आपूर्तिमा राजकिशोर यादव र आशा विक, वन राज्यमन्त्रीमा नियुक्...

गृहमा खगराज अधिकारी, सञ्चारमा नैनकला थापा मन्त्री बन्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले बाँकी ७ मन्त्रालयमा बिहीवार मन्त्री थप गर्दैछन् । एमाले उच्च स्रोतका अनुसार गृहमन्त्रीमा खगराज अधिकारी नियुक्त हुँदैछन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा नैनकला थापा नियुक्त हुदैछिन् । वन तथा वातावरण मन्त्रालयमा नारदमुनी राना, संघीय मामिला तथा सामान्य प्रशासनमा गणेश पहाडी र प्रधानमन्त्री कार्यालय हेर्ने मन्त्रीमा मोहन बानियाँ नियुक्त हुँदैछन् । उनीहरुको शपथ ४ बजेका लागि तय भएको बालुवाटार स्रोतले बतायो ।