सालकको खपटासहित एक जना पक्राउ

काठमाडाैँ – प्रहरीले सालकको खपटासहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका- २६ कपुरधाराबाट दुई किलोग्राम सालकको खपटासहित धादिङको धुनिबेँसी नगरपालिका- ७ का २३ वर्षीय विजय तामाङलाई मङ्गलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशकुमार मैनालीका अनुसार झोलामा सालकको खपटा बोकेर बिक्रीवितरण गर्न हिँडेको […]

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।