सानीभेरीको पोखरीलेकमा खानेपानी, स्थानीयवासी भन्छन् : ‘उँधोबाट उँभो पानी आइजाने रहेछ’

रुकुम पश्चिम - उमेरले ५२ कटेकी सानीभेरी गाउँपालिका-५ पोखरीगाउँकी कल्पना खत्रीलाई आफ्नो घर आँगनमा पानीको धारा आइपुग्ला र घण्टौँ उकाली ओराली गरेर पानी ओसार्ने दैनिकी हट्ला भन्ने लागेकै थिएन। दिनहुँ गाग्रीमा पानी बोकेर घरधन्दा गर्ने कल्पनाले तलबाट माथितिर पानी आउँछ भन्ने कल्पना पनि नगरेको भन्दै पानी ल्याइदिने सरकारप्रति खुशी लागेको बताउनुभयो । गाउँमा आएको पानीले मुख धुँदै ४६ वर्षीया धनमारी कुसारीले अब खानेपानीकै लागि डोको, नाम्लो र गाग्री बोकेर दु:ख गर्ने दिन गएको बताउनुभयो । लेकमा रहेको गाउँमा तल रहेको पान...

सम्बन्धित सामग्री

अरुण नदीको पानी पुगेपछि स्थानीयवासी खुसी

रुण नदीको पानी लिफ्ट प्रविधिमार्फत सातटार बस्तीमा पुगेपछि वर्षौदेखिको पानीको समस्या हटेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरले अरुण नदीको पानी सोलार लिफ्टमार्फत एक हजार पाँच सय मिटर उचाइमा रहेको बस्तीमा पुराएपछि स्थानीयले सुखको सास फेरेको सातटारेका स्थानीयवासी गजेन्द्र कटुवालले बताउनुभयो ।

शंकरपोखरीमा लिफ्टमार्फत खानेपानी सुविधा

पर्वत । पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरीमा लमायखोलाबाट लिफ्टमार्फत खानेपानीको सुविधा पुर्‍याइएको छ । यहाँका १ हजारभन्दा बढी घरमा ‘एक घर, एक धारा’ राख्नेगरी आयोजनाको काम सम्पन्न गरिएको हो । खानेपानीको अभाव रहँदै आएको शंकरपोखरीमा बृहत् लिफ्ट खानेपानी योजना निर्माण भएपछि स्थानीयवासी उत्साहित छन् । गण्डकी प्रदेश सरकारको  १८ करोड रुपैयाँ लागतमा २०७५ सालदेखि आयोजनाको काम शुरू भएको थियो । स्थानीय बासिन्दाको २० प्रतिशत जनश्रमदानमा आयोजना निर्माण गरिएको हो । शंकरपोखरी खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष शिव तिवारीका अनुसार आयोजनाबाट १ हजार १३१ धारामा चौबीसै घण्टा पानी आउनेछ । आयोजनामा लमायखोलाको पानी लिफ्ट प्रविधिमार्फत शंकरपोखरी र थापाठानाको उच्च लिमिकोटसम्म ६४५ मिटर लामो पाइप राखेर पुर्‍याइएको छ । फलेवास नगरपालिका–२ थापाठानाको दुर्बटी, सिम्ले, घैयार, शंकरपोखरीको साविक वडा नं ९ बाहेक सबै स्थानमा यो पानी पुग्छ ।

मेलम्चीको खानेपानी सडकमा नै जमेपछि.....

वैशाख २६, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाबाट ल्याइएको पानी जम्मा गरी ग्राहकका धारामा वितरण गर्न गोकर्णेश्वर नगरपालिका–९ आरुबारीमा बनाइएको पानीपोखरीअघिको सडकमा पानी जमेर आवतजावतमा समस्या भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको पानी पोखरीअघिको सडकको खाल्डो नपुर्दा केही दिनदेखि दैनिक भइरहेको वर्षाका कारण सडकमा पानी जमेर सवारी साधन र यात्रु आवतजावतमा समस्या भएको हो । बौद्ध र जोरपाटीबाट आरुबारी हुँदै गोकर्ण, सुन्दरीजल, कपनलगायत स्थान जाने यो सडकमा आवतजावत गर्न समस्या भएको यात्रु रमिता लामाले गुनासो गरिन् ।            सडकमा बनेको गहिरो खाडलमा पानी जमेका कारण स्कुटर तार्न समस्या भएको उनले बताइन् । सडकमा जमेको पानी जाने निकास पनि नभएकाले यात्रु र सवारी साधान समस्यामा पर्ने गरेका छन् । राष्ट्रिय गौरवको आयोजना भए पनि काम गर्दा ध्यान नदिंदा समस्या भएको स्थानीयवासीको गुनासोे थियो । स्थानीयवासी पासाङ शेर्पाले वर्षाको पानी जमेको वा पानी पोखरीमै चुहावट भएको भन्न नसकिने बताए ।            ठूलो पानी पोखरी भएको स्थानमा निर्देशनालयका कोही कर्मचारीसमेत नभेटिंदा के भएको हो भन्ने अन्योल र त्रासमा बस्नुपरेको उनको भनाइ थियो । निर्देशनालयका आयोजना निर्देशक राजेन्द्र सापकोटाले पानीपोखरीको चुहावट नभएको बताए। पानीपोखरी निर्माण भएपछि त्यसअघिको सडक कालोपत्र गर्न बाँकी रहेकाले पानी जमेको हुनसक्ने उनको भनाइ छ । पोखरीमा वैशाख पहिलो सातादेखि पानी आउन थालेको थियो । सुन्दरीजलमा प्रशोधन भएको मेलम्चीको पानी काठमाडौं उपत्यकाका १० ओटा पानी पोखरीमार्फत् ग्राहकको धारामा वितरण गरिन्छ । रासस

इनारबाट तानेको धमिलो पानी भर्दैै भक्तपुरका महिला

भक्तपुर, १५ चैत । भक्तपुर नगरपालिका–५ , खँल्लामा इनारबाट तानेको धमिलो पानी भर्दैै महिला । काठमाडौँ उपत्यका खानेपानी(काउखाली)ले भक्तपुर नगरका केही ठाउँमा दिन बिराएर, कतै पाँच दिनको एक पटक, कतै हप्तामा एक दिन पानी वितरण गरे पनि खँल्लामा भने महिनौँसम्म पानी नपठाएपछि स्थानीयवासी धमिलो पानी प्रयोग गर्न वाध्य छन् । तस्बिरः लक्ष्मी गारु÷रासस

घरघरमा धारा पुगेपछि चितवनका स्थानीयवासी खुसी

घरघरमा धारा पुगेपछि चितवनको इच्छाकामना गाउँपालिका –६ ढङ्ङ्ग्रेका बासिन्दा खुसी भएका छन् । पुस्तौँदेखि खानेपानी जोहो गर्न घण्टौँ टाढा पुग्नुपर्ने गाउँका बासिन्दा घरघरमा धारा पुगेपछि खुसी भएका हुन् । ढुग्रे  गाउँ र आसपासका गाउँका बासिन्दाले पुस्तौँदेखि खानीपानीको समस्या झेल्दै आएका थिए । श्री माध्यामिक विद्यालय ढुङ्ग्रेका प्रधानाध्यापकसमेत रहेका स्थानीय विश्वनाथ गुरुङले पुस्तौँदेखि खानेपानीको समस्या हल भएकोमा स्थानीय सरकारलाई धन्यावाद दिए । पुस्तौँदेखी घण्टौँ लगाएर कुवाबाट पानी भरे

घरमै खानेपानी आउन थालेपछि स्थानीयवासी खुसी

दमौली । तनहुँको ऋषिङ गाउँपालिका–५ झटारेमा खानेपानी सुविधा पुगेको छ । हालसम्म कुवाको पानी उपभोग गर्दै आएका स्थानीयवासी घरमै खानेपानी आएपछि खुसी भएका छन् । ऋषिङ गाउँपालिका र गण्डकी प्रदेश सरकारको ५१ लाखको लागतमा झटारेका २३ घरमा खानेपानी सुविधा पुगेको झटारे खानेपानी उपभोक्ता समितिका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए । खानेपानी योजनाका लागि स्थानीय सामुदायिक […]

घिरिङमा एक घर एक धारा अभियान

– कृष्ण न्यौपाने दमौली, ४ पुस : तनहुँको घिरिङ गाउँपालिकामा एक घर एक धारा अभियानलाई तीव्र पारिएको छ । हालसम्म खानेपानी सुविधा नपुगेका गाउँमा स्वच्छ खानेपानी पु¥याउन गाउँपालिकाले एक घर एक धारा अभियानलाई तीव्रता दिएको हो । खोला तथा पधेराको पानी उपभोग गर्दै आएका स्थानीयवासी घरघरै धारा आएपछि हर्षित छन् । अभियानअन्तर्गत वडा नं–५ स्थित […]

खानेपानी सुविधाले स्थानीयवासीको दैनिकी फेरियो

रामपुर । पानीको जोहो गर्दैमा समय बित्थ्यो, यहाँका महिलाको । पानीको मुहान सुक्दै गएपछि खोल्सो र खोला किनार धाउनुपर्थ्यो । अहिले भने घरमै पानी आएपछि यहाँका स्थानीयवासीलाई धेरै सजिलो भएको छ । पानी पाएपछि सजिलो भएको मात्र होइन उनीहरूको दैनिकी नै बदलिएको छ भन्छिन्, स्थानीयवासी भीमकुमारी सोती । उनलाई बालबच्चा, घरायसी कामधन्दासँगै घण्टौँ लगाएर पानी […]

भक्तपुरकाे मध्यपुरथिमि क्षेत्रमा मेलम्चीकाे पानी वितरण सुरु

भक्तपुर – मध्यपुरथिमि नगरपालिका ९ को टिगनीमा रहेको खानेपानी ट्याङ्कीमार्फत बुधवारदेखि मध्यपुरथिमि क्षेत्रमा मेलम्ची खानेपानी वितरण सुरु गरिएको छ । भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सांसद एवम् पूर्वमन्त्री महेश बस्नेत र मध्यपुरथिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरी मेलम्चीको पानी स्थानीयवासीलाई वितरण सुरु गरिएको हो । स्थानीयवासीलाई आजदेखि दैनिक १० लाख लिटर मेलम्चीको पानी वितरण गर्ने गरी उद्घाटन गरिएको हो । केही दिनभित्रै मध्यपुरथिमि क्षेत्रमा दैनिक ३० लाख लिटर मेलम्चीको पानी वितरण हु...

खानेपानी ठप्प, अशुद्ध पानी पिउन बाध्य

राजविराज । सप्तरीको रुपनी गाउँपालिकाअन्तर्गत वीरेन्द्र बजारमा विगत दुई महिनादेखि खानेपानी ठप्प हुँदा स्थानीयवासी अशुद्ध पानी पिउन बाध्य भएका छन् ।