खानेपानी सुविधाले स्थानीयवासीको दैनिकी फेरियो

रामपुर । पानीको जोहो गर्दैमा समय बित्थ्यो, यहाँका महिलाको । पानीको मुहान सुक्दै गएपछि खोल्सो र खोला किनार धाउनुपर्थ्यो । अहिले भने घरमै पानी आएपछि यहाँका स्थानीयवासीलाई धेरै सजिलो भएको छ । पानी पाएपछि सजिलो भएको मात्र होइन उनीहरूको दैनिकी नै बदलिएको छ भन्छिन्, स्थानीयवासी भीमकुमारी सोती । उनलाई बालबच्चा, घरायसी कामधन्दासँगै घण्टौँ लगाएर पानी […]

सम्बन्धित सामग्री

मौसमी खानेपानी बन्दै मेलम्ची ! : RajdhaniDaily.com

RajdhaniDaily.com | एकताका सपनाका रूपमा रहेको मेलम्ची खानेपानी अहिले दैनिकी बनिसकेको छ । तर, त्यही दैनिकी कतै ‘मौसमी’ बन्ने त होइन भन्ने डरले उपत्यकावासीलाई झस्काइरहन्छ । -

डोको बुनेरै बित्यो साइला चेपाङको ४५ वर्ष

धादिङको गजुरी गाउँपालिका–४ चौकीभञ्ज्याङका साइला चेपाङले डोको बुन्न थालेको ४५ वर्ष पुगेको छ । चोया काट्ने र डोको, भकारी, थुन्से, डालो बुन्ने दैनिकी अहिले पनि उस्तै छ । उहाँको घरको छानो भने अहिलेसम्म पनि फेरिएको छैन । आँगनको ढिलबाटै कच्ची सडक विस्तार भएर गाडी गुड्न थालेका छन् । गाउँमा खानेपानी र विद्युत्का क्षेत्रमा विकास हुँदैछ […]

सय वर्षदेखिको खानेपानीको समस्या अन्त्य

बागलुङ– बागलुङ बजारसँगै जोडिएको गाउँ भए पनि खानेपानीको चरम सङ्कट भएको रातमाटा गाउँमा अहिले खुसियाली छाएको छ । बागलुङ नगरपालिका–३ रातमाटा गाउँमा खानेपानीको समस्या आजको नभएर सय वर्ष पहिलादेखिको भएको स्थानीयको भनाइ छ । चार किलोमिटर टाढा छरिखोलागाउँबाट मूलको पानी लिएर एक सय ८१ घरमा खानेपानी वितरण भएपछि यहाँका स्थानीयको दैनिकी नै फेरिएको छ ।  […]

पानीले फेरिएको दैनिकी

स्याङजा । बिहानै उठेर पानीका मुहान धाउनुपर्ने बाध्यता झेल्दै आएका गाउँलेको घरमै पानीको धारा आएपछि दैनिकी फेरिएको छ । लामो समय काँध र पिठ्युमा पानी बोकेर जोहो गर्दै आएका स्याङ्जाको चापाकोट–१ वीरडाँडा, मैदान, पल्लीगाउँ र रिपका गाउँलेले झेल्दै आएको समस्या हटेको छ । जब घर–घरमै एक घर–एक धारा अभियानअन्तर्गत खानेपानी आइपुग्यो तब यहाँका गाउँलेको दैनिकी […]

दोबाबासीका घरघरमा खानेपानी सुविधा

अन्नपूर्ण गाउँपालिका–१ दोबामा घरघरमा खानेपानीका धारा पुगेपछि स्थानीयबासीलाई सहज भएको छ । वर्षौंदेखि सफा र स्वच्छ खानेपानीबाट वञ्चित भएका दोबावासीका घरघरमा धारा जडान भई पानी आउन थालेपछि दैनिकी सहज बनेको हो ।खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीबाट चार वर्ष अगाडि दोबा खानेपानी योजना सुरु गरेको थियो । गण्डकी प्रदेश सरकारबाट प्राप्त भएको चार […]

रुकुमकोटमा बिजुली नआउँदा खानेपानी पनि आउँदैन

रुकुम पूर्व – रुकुम पूर्वको जिल्ला सदरमुकाम रुकुमकोटमा खानेपानीको अभाव भएको छ । जिल्लाको मुख्य केन्द्रमै खानेपानीको अभाव हुँदा स्थानीयवासीको दैनिकी कष्टकर बनेको छ । सिस्ने गाउँपालिका ६ सहित अन्य वडामा खानेपानीको अभाव रहेको स्थानीयवासीले जनाएका छन् । रुकुमकोटको छिप्रीदह, चिउरेनी, आला र बाहुनडेराका झन्डै दुई सय घरधुरीले पानीको समस्या खेपिरहेका छन् । धारामा पानी नआउँदा दैनिक घरायसी कामकाज गर्न, पिउन, सरसफाइ गर्न समस्या हुने गरेको सिस्ने गाउँपालिका ५ छिप्रीदहका वसन्तकुमार श्रेष्ठले बताउनुभयो । धारामा पानी नझरेपछ...

भालेको डाकसँगै पानी लिन पँधेरामा धाउनुपर्ने बाध्यता हट्यो

३० फागुन, गलेश्वर । पश्चिम म्याग्दीका पाँच गाउँमा खानेपानीको समस्या समाधान भएपछि अहिले दैनिकी फेरिएको छ । मालिका गाउँपालिकाको विम, देवीस्थान, रुम, मङ्गला गाउँपालिकाको बरङ्जा र अर्मनमा स्थानीय सरकारले खानेपानी आयोजना सञ्चालन गरेपछि यहाँको दैनिक सहज भएको हो । गाउँगाउँमा पानी पुगेपछि अहिले सबेरै खानेपानीकै निम्ति भौतारिनुपर्ने बाध्यताबाट मुक्त भएको वरंजाका इन्द्रबहादुर रोकाले बताए । […]

खानेपानी आयोजनाले फेरियो गाउँको मुहार

तेह्रथुम-पानीका मुहानहरू सुक्दा मानिस तथा पशु चौपयालाई पिउने पानीको जोहो गर्नै मुश्किल थियो । खानेपानी अभावकै कारण वर्षेनी दर्जनौं परिवार बसाइँ सर्नुपर्ने बाध्यता । खानेपानी पैंचौ लिनु पर्ने अवस्था थियो तेह्रथुम जिल्लाको छथर गाउँपालिकाको सुक्खाग्रस्त क्षेत्रका नागरिकलाई ।नागरिकका समस्या सामाधानका निम्ति स्थानीय सरकारले खानेपानी आयोजना सञ्चालन गरेपछि दैनिकी फेरिन थालेको छ । गाउँगाउँमा पानी पुगेपछि […]

बझाङका दुर्गम गाउँमा सोलार लिफ्टिङ प्रविधिबाट खानेपानी

वैशाख १२, बझाङ । बझाङ जिल्लाको बुंगल नगरपालिका–६ बड्डी ज्यावनकी धनमती धामीलाई अचेल खानेपानीको चिन्ता हुँदैन ।  अहिले धनमतीले बिहान सबेरै उठ्नुपरेको छैन भने घरमा खानेपानी छ कि छैन भन्ने चिन्ता पनि छैन । ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले सोलार लिफ्टिङ प्रविधिबाट गाउँमा खानेपानी पुर्‍याएपछि उनी मात्र होइन, गाउँलेकै दैनिकी फेरिएको छ ।  आयोजना निर्माण हुनुअघि गाउँभन्दा तलको खोलाबाट पानी बोक्नुपर्ने र वर्षात्को समयमा वर्षाको पानी पिउनु पर्ने बाध्यता थियो । वर्षौँदेखि खानेपानीको समस्या झेल्दै आएका स्थानीयवासी घर अगाडि धारा जडान भएपछि खुशी छन् । पानी भर्नका लागि पालो कुर्नुपरेको छैन भने पानी भर्नकै लागि आधा रातमा उठ्नुपर्ने अवस्था पनि नरहेको उनी बताउँछिन् । दुर्गाथली गाउँपालिका–५ बाजगडाकी धर्मा जप्रेललाई पनि आँगनमै खानेपानीको धारा बनेपछि सञ्चो भएको छ । वर्षौँदेखि खोलाको पानी बोक्दै आएकी उनले गाउँमा बाजगडा सोलार लिफ्टिङ खानेपानी आयोजना बनेपछि दुःखका दिन हटेको बताइन् ।  ‘अहिले आँगनमै पानीको धारा छ । न त बिहानै उठेर पानी भर्नुपरेको छ न एक गाग्री पानी भर्न दिनभर कुर्नुपरेको छ’, उनले भनिन्, ‘पहिले एक घण्टा हिँडेर खोलाबाट पानी ल्याउनुपर्ने बाध्यता थियो । सरसफाइमा पनि त्यति ध्यान दिन सकिएको थिएन । आफूलाई त बोकेरै पानी पिउन सम्भव थियो । गाईभैँसीलाई पनि बोकेरै पानी दिनुपर्ने अवस्था भएपछि हामीले पाउनसम्मका दुःख पायौँ ।’ गाउँमा यसभन्दा पहिले खानेपानीको कुनै योजना आएको थिएन । अहिले पानी बोक्नुपर्ने दुःख हटेसँगै सरसफाइमा पनि ध्यान दिन थालेको उनले बताइन् । दुर्गम गाउँमा सोलार लिफ्टिङ प्रविधिबाट खानेपानी आएपछि स्थानीयवासीले खोला र कुलाको फोहर पानी पिउनु परेको छैन । वर्षौदेखि खानेपानीको समस्या झेल्दै आएका ग्रामीण क्षेत्रका बासिन्दा खानेपानी आयोजना निर्माण भएसँगै खुशी छन् ।  घरघरमा पानीका धारा भएपछि गाउँमा सरसफाइको क्षेत्रमा मात्रै नभई व्यावसायिक तरकारी खेती गर्नेहरूका लागि पनि सहज भएको छ । नेपाल सरकारको सहकार्यमा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको आर्थिक र सामाजिक तथा प्राविधिक विकास सेवा समूह बझाङको प्राविधिक सहयोगमा जिल्लाका दुर्गम बस्तीमा सोलार लिफ्टिङ प्रविधिबाट खानेपानी पुर्‍याइएको हो ।  जिल्लामा  हालसम्म १३ ठाउँमा सोलार लिफ्टिङ प्रविधिबाट आयोजना निमार्ण सम्पन्न गरी स्वच्छ पिउनेपानीको पहुँच पुर्‍याइएको सामाजिक तथा प्राविधिक विकास सेवा समूहका टोलीनेता कलक खत्रीले बताए । परियोजनाअन्तर्गत जिल्लाका छविसपाथीभेरा, थलारा, दुर्गाथली, खप्तडछान्ना, तल्कोट, वित्थडचिर, केदारस्युँ गाउँपालिका, जयपृथ्वी नगरपालिका र बुंगल नगरपालिकामा गरी नौ स्थानीय तहमा लिफ्टिङ प्रविधिबाट खानेपानी आयोजना निर्माण भएका छन् । सोलार लिफ्टिङ प्रविधिबाट दुर्गाथलीमा पाँच, खप्तडछान्नामा एक, वित्थडचिरमा दुई, थलारामा दुई र बुंगल नगरपालिकामा दुईओटा आयोजना सम्पन्न भई प्रयोगमा आएको परियोजनाका इञ्जिनीयर लोकेन्द्र ओलीले बताए ।  उनले भने, ‘बस्तीभन्दा माथि पानीको मुहान नभएका ठाउँमा सौर्य ऊर्जा जडान गरीे लिफ्ट प्रविधिबाट पानी तानिन्छ । यसरी तानिएको पानी आठ हजारदेखि २० हजार घनलिटर क्षमताका आरविटी ट्यांकीमा जम्मा हुन्छ । सोही ट्यांकीबाट घरघरमा वितरण गरिन्छ ।’ आयोजनाबाट हालसम्म विभिन्न स्थानीय तहमा एक हजार २०० घरधुरीका करीब सात हजार जनसंख्या लाभान्वित भएका छन् । रासस