राप्रपाको महाधिवेशनमा गएनन् ओली, ईश्वरलाई पठाए

राप्रपाको एकता महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् । राप्रपाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समेत निमन्त्रणा गरेपनि सो पार्टीको प्रतिनिधित्व गर्दै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल उपस्थित भएका छन् । एमालेको १० औं महाधिवेशनमा भने राप्रपा अध्यक्ष कमल थापा अतिथिको रुपमा सम्बोधन गर्न चितवन पुगेका थिए भने सो क्रममा ओली राष्ट्रपति नेता भएको भन्दै तारिफ गरेका थिए ।  केही वर्षयता थापा र ओलीबीच निकटता रहँदै आएको छ ।

सम्बन्धित सामग्री

भृकुटीमण्डपमा राप्रपाको महाधिवेशन सुरु

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन सुरु भएको छ। राप्रपाको महाधिवेशन बुधबारदेखि भृकुटीमण्डपमा काठमाडौँमा सुरु भई शुक्रबार सकिने कार्यतालिका छ। महाधिवेशनमा देश तथा विदेश गरी करिब ४ हजार ५ सय ६० जना प्रतिनिधिहरू सहभागी हुने बताइएको छ ।

ठूला दलहरूको महाधिवेशनमा भिड प्रदर्शनको होड

अहिले राष्ट्रिय राजनीतिमा खासै प्रभाव नरहे पनि परम्परागत शक्तिको रूपमा आफूलाई दावी गरिरहेको राप्रपाको महाधिवेशन पनि मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा हुँदैछ ।

राप्रपाको महाधिवेशन सर्‍यो

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन सरेको छ । केन्द्रीय सचिवालय प्रमुअ भास्कर भद्रा र धुव्र बहादुर प्रधानले बिहीबार एक विज्ञप्ति जारी गर्दै महाधिवेशनको मिति सरेको जानकारी दिएका छन् । अध्यक्ष त्रय कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीको बिहीबार बसेको बैठकले महाधिवेशनको नयाँ मिति तय गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘राप्रपा […]

राप्रपाको महाधिवेशन फेरि सर्यो

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनको  फेरि सरेको छ। महाधिवेशन आउन ९ दिन बाँकी रहँदा राप्रपाले महाधिवेशनको मिति फेरि संशोधन गरेको हो।पार्टी नेता भुवन पाठकले ११ देखि १३ मंसिरमा गर्ने तय भएको केन्द्रीय महाधिवेशन अब मंसिर १५, १६ र १७ गते काठमाडौं हुने मिति तय भएको जानकारी दिए।पाठकका अनुसार बैठकले पार्टी महाधिवेशनका लागि प्रतिनिधिहरूको निर्वाचनको मिति पनि सार्ने निर्णय गरेको छ। भोलि ३ गतेदेखि ५ गतेसम्म तय गरिएको निर्वाचन मिति मंसिर ६ देखि ८ गते सम्मका लागि सारिएको उनल

राप्रपाको महाधिवेशन अनिश्चितकालको लागि स्थगित

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन अनिश्चितकालको लागि स्थगित भएको छ। कोरोना भाइरसको दोस्रो लहरको जोखिमको कारण महाधिवेशन स्थगित गरिएको आज प्रकाशित प्रेस विज्ञप्तिमा उल्लेख छ। राप्रपाले यही जेठ २२ र २३ गते काठमाडौंमा महाधिवेशन आयोजना गर्ने घोषणा गरेको थियो। राप्रपा अध्यक्ष कमल थापा, पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो।

राप्रपाको महाधिवेशन अनिश्चितकालका लागि स्थगित

राप्रपाको महाधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । राप्रपाका अध्यक्षत्रय सहितको आज बसेको बैठकले कोभिड–१९ महामारी भयावह बन्दै गएको अवस्थालाई दृष्टिगत गर्दै  जेठ २२–२५ सम्म काठमाडौंमा हुने भनिएको महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो । महाधिवेशनको नयाँ मिति उपयुक्त समयमा घोषणा गरिने सो पार्टीले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । बैठकले कोरोना भाइरस संक्रमणको दर उच्च बन्दै गइरहेको तर नियन्त्रण र रोकथाममा सरकारको व्यवस्थापन क्षमता कमजोर बनिरहेकोमा चिन्ता व्यक्

राप्रपाको महाधिवेशन एक महिना सर्‍यो

७ वैशाख, काठमाडौं । राप्रपाको महाधिवेशन एक महिनापछि सरेको छ । सक्रिय सदस्यता वितरण र स्थानीय तहहरुको अधिवेशन गर्न समय अपुग भएको भन्दै महाधिवेशनको मिति सार्ने राप्रपाले निर्णय गरेको हो । केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको …

राप्रपाको महाधिवेशन सर्यो

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन मिति सरेको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षता तथा अध्यक्ष द्वय पशुपति शम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनी समेतको उपस्थितिमा बसेको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले महाधिवेशन सार्ने निर्णय गरेको हो । जसअनुसार महाधिवेशन २०७८ जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौंमा गर्ने निर्णय भएको छ । यसअघि वैशाख अन्तिम साता महाधिवेशन गर्ने निर्णय भएको थियो । यस्तै सक्रिय सदस्यता वितरण गर्ने म्याद अन्तिम पटकको लागि २०७८ बैशाख मसान्तसम्म थप गर