काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) ले ‘छ स्तम्भ, साठी पहल’ शीर्षकको रणनीतिक कार्यक्रम तथा कार्ययोजना सार्वजनिक गरेको छ । महासङ्घको ६०औँ वार्षिक साधारणसभाबाट निर्वाचित २१औँ अध्यक्ष श्रेष्ठको पद बहालीसँगै उक्त कार्यक्रम चरणबद्ध रूपमा कार्यान्वयनमा लैजाने निर्णय गरिएको महासंघले जनाएको छ । महासङ्घले निजी क्षेत्रको दीर्घकालीन हित, लगानीमैत्री वातावरण निर्माण तथा संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखेर […]
काठमाडौं- वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले काठमाडौं उपत्यकास्थित सार्वजनिक ठाउँमा बस्दै आएका सुकुम्वासी बस्तीमा डोजर चलाएर हजारौँ नागरिकलाई विस्थापित गरिसकेको छ । सुधन गुरूङले गृहमन्त्रीबाट राजीनामा दिएपछि आफैं उक्त मन्त्रालय सम्हालेका बालेनले भत्काउन बाँकी रहेका सुकुम्वासी बस्ती र सार्वजनिक जग्गा मिचिएका ठाउँमा डोजर चलाउने अभियान जारी राखेका छन् । बालेनको ठाडो निर्देशनमा काठमाडौं उपत्यकाभित्रका सुकुम्वासी […]
विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेबीच बिहीबार विराटनगरमा भेटघाट भएको छ। भेटको अवसरमा दुई प्रदेशबीच हुनसक्ने सहकार्य र समृद्धिका विषयमा कुराकानी भएको छ। विराटनगर-पोखरा हवाई सेवा सञ्चालनका साथै पोखरा आएका पर्यटकलाई कोशीमा माउन्टेन फ्लाइट गराउने विषयमा दुई मुख्यमन्त्रीबीच कुराकानी भएको छ। दुवै प्रदेश पर्यटनका हिसाबले महत्वपूर्ण रहेको मिलेर जोड […]
काठमाडौं– हुरीबतास तथा चट्याङका घटना बढ्न थालेसँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । प्राधिकरणले सार्वजनिक गरेको सचेतनामूलक सूचनामा हुरी चलिरहेका बेला घरका झ्याल–ढोका बन्द गर्न, आगोका स्रोत सुरक्षित रूपमा बन्द गर्न तथा खुला स्थानमा नबस्न अनुरोध गरेको छ । मोटरसाइकल वा सवारीसाधन चलाइरहेका व्यक्तिलाई सवारी रोकेर सुरक्षित स्थानमा […]
नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिका संयोजक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन् । ‘स्वार्थको द्वन्द्व’ (कन्फ्लिक्ट अफ इन्टरेस्ट) हुन सक्ने अवस्था देखिएको भन्दै उनले नैतिकताका आधारमा समितिबाट अलग हुने निर्णय गरेका हुन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्षसमेत रहेका भट्टले अर्थ मन्त्रालयमा राजीनामा बुझाएका हुन् । बोर्ड अध्यक्षका […]