काठमाडौं : ब्राजिलका राष्ट्रपति जैर एम बोल्सोनारो अस्पताल भर्ना भएका छन्। पछिल्लो १० दिनदेखि लगातार हिच्कि आएपछि राष्ट्रपति बोल्सोनारोलाई अस्पताल भर्ना गरिएको जनाइएको छ। राष्ट्रपति बोल्सोनारोको इमर्जेन्सी सर्जरी गर्नुपर्ने हुनसक्ने बिबिसीले उल्लेख गरेको छ। उनलाई हाल साओ पाउलोको एक अस्पतालमा थप परिक्षणको लागि सारिएको बताइएको छ। उनी शुरुमा ब्रासिलियाको आर्मी अस्पतालमा गएर अब्जर्भेसन बसेका थिए। तर उनलाई चिकित्सकले थप परिक्षण गर्ने भन्दै साओ पाउलोको एक अस्पतालमा सारेको बताइएको छ।२०१८ को चु