काठमाडौं : काठमाडौं महानगरपालिकाले डेढ महिनामा २२ हजार वर्गफिट सडक मर्मत गरेको छ। महानगरको पूर्वाधार एम्बुलेन्स सञ्चालनमा आएदेखि हालसम्म सडकका खाल्डाखुल्डी पुर्ने, कालोपत्र गर्ने, ढल व्यवस्थापन गर्ने, सडकको पानी सफा गर्ने, तार व्यवस्थापन गर्ने लगायतका काम गरेको महानगरपालिकाले जनाएको छ। काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्रका सडक मर्मत गर्नका लागि गत जेठ अन्तिम साताबाट पूर्वाधार एम्बुलेन्स सञ्चालनमा आएको थियो। निर्वाचन अगाडि घोषणा गरेअनुसार महानगरमा मेयर