राष्ट्रिय तालिम नीति

नेपालको संविधानको भाग ३२ अन्तर्गत धारा २८५ मा सरकारी सेवाको गठनसम्बन्धी व्यवस्था छ । यसैगरी, संविधानको धारा २४२ मा लोकसेवा आयोग, धारा २४४ मा प्रदेश लोकसेवा आयोग गठनसम्बन्धी व्यवस्था छ । आयोगको काम मुख्यतः निजामती सेवाको पदमा नियुक्तिका लागि उपयुक्त उम्मेदवार छनोट गर्न परीक्षा सञ्चालन गर्ने हो । अर्थात् सरकारी कर्मचारीको पदपूर्ति गर्ने हो । यी आयोगहरूको कार्य सञ्चालन सङ्घीय तथा प्रादेशिक कानुनअनुसार हुने व्यवस्था छ । निजामती सेवालाई बढी सक्षम, सुदृढ, सेवामूलक र उत्तरदायी बनाउन निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्तसम्बन्धी व्यवस्था गर्न निजामती सेवा ऐन, २०४९ को कार्यान्वयन गरिएको छ । हाल सङ्घीय निजामती सेवा ऐन तर्जुमाको क्रममा छ । सङ्घीय निजामती सेवा ऐन निर्माण भएपछि प्रदेशमा प्रादेशिक निजामती सेवा ऐन तर्जुमा गरिनेछ । निजामती सेवाको सङ्घीय ऐन अघि र प्रादेशिक ऐन पछि बनाउनुपर्ने बाध्यात्मक कारण परेको छ । संविधानको धारा २४४ को उपधारा (२) ले प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार प्रदेश कानुनबमोजिम हुने भनेको छ । तर उपधारा (३) ले भने उपधारा (२) को प्रयोजनका लागि सङ्घीय संसद्ले कानुन बनाई आधार र मापदण्ड निर्धारण गर्ने व्यवस्था गरेको छ । अर्थात्, सङ्घीय कानुनले निर्धारण गरेको आधार र मापदण्डको दायरामा रहेर प्रादेशिक कानुन निर्माण गर्नु वाञ्छनीय व्यवस्था हो ।

सम्बन्धित सामग्री

स्वास्थ्य तालिम केन्द्रको नाममा जानकारी बिनै तालिम संचालन गरेपछि...

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रलेजानकारी बिना  केन्द्रको नाम उल्लेख गरी तालिम संचालन तथा प्रमाणपत्रसमेत वितरण भइरहेको भन्दै आपत्ति जनाएको छ।

राष्ट्रिय वाणिज्य बैंकले एक हजार कर्मचारीलाई तालिम दिने

राष्ट्रिय वाणिज्य बैंकले एक हजार कर्मचारीलाई तालिम दिने भएको छ । बैंकले तालिमका लागि नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेड (एनबिआई)सँग सर्टिफिकेसन कोर्सको बैंकिङ तालिम सञ्चालन गर्नेसम्बन्धी सम्झौता गरेको हो ।  सम्झौतामा बैंकका प्रमुख कार्यकारी...

नेपाली सेनाद्वारा विद्यार्थीलाई ‘राष्ट्रिय सेवा दल’ तालिम

काभ्रेपलाञ्चोक, ३० साउन । काभ्रेमा नेपाली सेनाले विद्यालयस्तरीय राष्ट्रिय सेवा दल (एनसिसी) तालिम सुरु गरेको छ । धुलिखेलस्थित नेपाली सेनाको कालिजङ्ग गणले हाल जिल्लाका सात विद्यालयमा उक्त तालिम सञ्चालन गरिरहेको हो । गणले जुनियर डिभिजन तालिम साउन १ गते सञ्चालन गरिरहको छ भने सिनियर डिभिजनको तालिम आउँदो भदौ १ गतेबाट सुरु गर्ने तयारी भइरहेको जनाएको […]

कञ्चनपुरका विद्यालयमा सेनाको राष्ट्रिय सेवा दल तालिम

महेन्द्रनगर, १ साउन । नेपाली सेनाले कञ्चनपुरका तीन विद्यालयमा आजदेखि राष्ट्रिय सेवा दल (एनसीसी) तालिम सुरु गरेको छ । यहाँस्थित नेपाली सेनाको श्रीदल गुल्म भगतपुर ब्यारेकका अनुसार महेन्द्रनगरस्थित  इन्टरनेशनल पब्लिक स्कुल, शुक्लाफाँटा नगरपालिका–१० स्थित श्रीकृष्ण मावि र बेलौरी नगरपालिकाको उग्रतारा बाल विद्यालयमा जुनियर राष्ट्रिय सेवा दल तालिम प्रदान गरिएको हो । तीनवटै विद्यालयमा माध्यमिक तहका […]

सिन्धुलीमा राष्ट्रिय पोशाक सिलाई तालिम सञ्चालन

सिन्धुली । सिन्धुलीको सिन्धुलीमाडीमा नेपाली राष्ट्रिय पोशाक सिलाई तालिम सञ्चालन गरिएको छ । राष्ट्रिय पोशाक सिलाई तालिम यहि फागुन ११ गतेदेखि सञ्चालन गरिएकाे हाे । बेरोजगारलाई सीप र रोजगारी समेत हुने गरी सिन्धुलीमाडीमा नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवात कटाई तथा सिलाई तालिम सञ्चालन गरिएको हाे । कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा नेपाल कपडा तथा सिलाई व्यवसायी […]

शिवपुरीमा उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम

सैनिक कमान्ड तथा स्टाफ कलेज शिवपुरीमा राष्ट्रिय सुरक्षासम्बन्धी उच्चस्तरीय तालिम सुरु भएको छ । रक्षा मन्त्रालय र नेपाली सेनाद्वारा आयोजित सातौँ समूहको उक्त तालिमको आइतबार रक्षा सचिव किरणराज शर्माले शुभारम्भ गर्नुभयो । राष्ट्रिय सुरक्षा, राष्ट्र निर्माण र बृहत्तर राष्ट्रिय हितका आयामबारे ज्ञान र बुझाइ आदानप्रदान गर्ने तालिमको उद्देश्य रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको …

शिवपुरीमा उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम

काठमाडौँ : शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजमा राष्ट्रिय सुरक्षासम्बन्धी उच्चस्तरीय तालिम आजदेखि सुरु भएको छ । रक्षा मन्त्रालय र नेपाली सेनाद्वारा आयोजित सातौँ समूहको उक्त तालिमको रक्षा सचिव किरणराज शर्माले शुभारम्भ गरे । राष्ट्रिय सुरक्षा, राष्ट्र निर्माण र बृहत्तर राष्ट्रिय हितका आयामबारे ज्ञान र बुझाइ आदानप्रदान गर्ने तालिमको उद्देश्य रहेको सैनिक जनसम्पर्क तथा सूचना […]

उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सुरु

रक्षा मन्त्रालय र नेपाली सेनाले संयुक्त रुपमा सञ्चालन गरेको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम उद्घाटन गरिएको छ । आइतबार शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा रक्षा सचिव किरणराज शर्माले तालिमको शुभारम्भ गरेका हुन् ।  सो समारोहमा बोल्दै शर्माले राष्ट्रिय सुरक्षा, राष्ट्र निर्माण र बृहत्तर राष्ट्रिय हितका आयामहरूबारे ज्ञान र बुझाई आदानप्रदान गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए ।  यस प्रकारको उच्च तहको तालिमले राष्ट्रिय रणनीतिक योजना तथा नीतिहरू तर्जुमा गरी कार्यान्वयन गर

विद्यार्थीलाई साहसिक तालिम दिँदै राष्ट्रिय सेवा दल

काठमाडौं । राष्ट्रिय सेवा दलद्वारा विभिन्न जिल्लास्थित उच्च माध्यमिक तथा माध्यमिक विद्यालयका विद्यार्थीलाई साहसिक तालिम प्रदान गरेको छ । उच्च माध्यमिक विद्यालयका विद्यार्थीलाई सिनियर डिभिजन तालिम तथा माध्यमिक विद्यालयका विद्यार्थीलाई जुनियर डिभिजन तालिम दिइएको हो ।तालिममा ७ हजार ७४० विद्यार्थी सहभागी भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार नेपाल सरकारको प्राथमिकता प्राप्त उक्त तालिम २०७८ मंसिर १९ गतेबाट सञ्चालन भइरहेको हो ।स्थान विशेषका विद्यालयहरुमा राष्ट्रि

विद्यार्थीलाई तालिम दिँदै राष्ट्रिय सेवा दल

राष्ट्रिय सेवा दल (एनसीसी) ले देशभरका विभिन्न विद्यालयका विद्यार्थीका लागि तालिम सञ्चालन गरिरहेको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले तालिम सञ्चालनबारे जानकारी दिएको छ । देशका विभिन्न जिल्लाका उच्च माध्यमिक विद्यालयहरूमा सिनियर डिभिजन तालिम तथा माध्यमिक विद्यालयहरूमा जुनियर डिभिजन तालिम सञ्चालन भइरहेको छ । सरकारको प्राथमिकता प्राप्त तालिमको पहिलो चरणमा हाल देशभरका ७ हजार ७४० छात्रछात्रा तालिमरत रहेका निर्देशनालयले जनाएको छ । विद्यालयहरूमा राष्ट्रिय सेवा दलबाट शिक्षकहरू खटिएर सञ्चालन भइरहेका तालिमह...