एमसीसीमा विवाद : निर्णायक बनाउन पहल थाल्दै प्रम

काठमाडौं । सरकारले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) सम्झौता अनुमोदन गर्नेगरी निर्णायक पहल थालेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी सहयोग नियोग एमसीसीसँगको सम्झौता अघि बढाउन निर्णायक पहलमा लाग्नुभएको छ । अनुमोदन गर्ने वा नगर्ने जिम्मेवारी संसद्को नै भएको भन्दै उहाँले प्रक्रिया भने अविलम्ब अघि बढाउन अग्रसरता लिनुभएको छ । पछिल्लो १ सातामा प्रम देउवाकै अग्रसरतामा सत्तारूढ पाँचदलीय गठबन्धनभित्र एमसीसीबारे तीव्र छलफल भएको छ । तर, गठबन्धनभित्र सहमति जुट्नुको सट्टा एमसीसीबारे मतभेद झन् चर्किंदै गएको छ । गठबन्धनभित्रको नेपाली कांग्रेसबाहेक अन्य दलले अहिलेको अवस्थामा संशोधन नगरी एमसीसी पास गर्नै नसकिने अडान लिएकै कारण दूरी बढेको हो । एमालेलाई साथ लिएर भए पनि एमसीसी सदनको यही सत्रबाट पास गराउने रणनीति बनाउनुभएका देउवाले आगामी फेब्रुअरी अन्तिमसम्म एमसीसी पास गर्ने योजना बनाइरहेको उहाँ निकट स्रोत बताउँछ । ‘प्रधानमन्त्रीले फेब्रुअरी २८ सम्म एमसीसीबारे संसद्बाट निर्णय लिने जानकारी अमेरिकी अधिकारीलाई दिनुभएको छ, त्यसैले पनि उहाँले निर्णायक पहल गर्नुभएको हो,’ उच्च स्रोतले भन्यो । प्रधानमन्त्रीले एमसीसी अनुमोदनका लागि गठबन्धनभित्रका शीर्ष नेतालाई मनाउने प्रयाससमेत गर्नुभएको छ । एमसीसीका कारण गठबन्धनभित्रै विवाद सृजना भएपछि कांग्रेस सभापति एवम् प्रधानमन्त्री देउवा, नेकपा माओवादी केद्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ । प्रधानमन्त्री देउवालाई भेट्न माओवादी अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपाल बुधवार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । एमसीसीका कारण गठबन्धनभित्रै फाटो आउन थालेपछि भेटका क्रममा देउवाले गठबन्धन नतोडीकनै एमसीसी पास गर्न चाहनुभएको नेताहरूले बताए । बरु एमसीसीमा सुधार गर्नुपर्ने बुँदाहरू समेत प्रमले माग्नुभएको उनीहरूको दाबी छ । बैठकपछि आफ्नो पार्टीको एक कार्यक्रममा बोल्दै एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले भने, ‘गठबन्धनको सहमतिमै एमसीसी पास गराउने कार्यमा प्रम लागिरहनुभएको छ,’ उनले थपे, ‘एमसीसीमा सुधार गर्नुपर्ने विषय उपलब्ध गराउन हामीलाई भन्नुभएको छ ।’ एमसीसीमा सत्तारूढ अन्य दल सहमत नभएमा एमालेसँग मिलेर भए पनि पास गराउने रणनीतिमा पछिल्ला दिनहरूमा प्रम देउवा लागिरहनुभएको बताइन्छ । त्यसैकारण पनि नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी पछिल्लो समय सशंकित बनिरहेको पाइन्छ । सत्तारूढ गठबन्धनलाई सहमतिमा ल्याउन माओवादी अध्यक्ष दाहालसँग संवादका लागि नेताहरू पूर्णबहादुर खड्का र ज्ञानेन्द्रबहादुर कार्कीलाई खुमलटार पुगेका थिए । अर्कातिर प्रधानमन्त्री देउवाको दूत बनेर गृहमन्त्री बालकृष्ण खाँण नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपाल निवास कोटेश्वर पुगेका थिए । प्रधानमन्त्रीले एमालेसँग मिलेरै भए पनि एमसीसी अनुमोदनको रणनीति अघि बढाएपछि पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष दाहालमाथि दबाब पर्दै आएको छ । अमेरिकाको आर्थिक अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसद्बाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा निर्णायक दबाबमा उनी पर्दै आएको छ । एक महीनाअघि मात्र दाहालले एमसीसीका कतिपय प्रावधान देशहितमा नभएको ठहरसहितको राजनीतिक प्रतिवेदन पार्टीको राष्ट्रिय महाधिवेशनबाट पारित गराएका थिए । लगत्तै अहिले सत्ता साझेदार नेपाली कांग्रेसले एमसीसी अनुमोदनका लागि दबाब दिएपछि दाहाल अप्ठ्यारोमा पर्दै आएको उनी निकट स्रोत बताउँछ । पार्टीभित्र सहमतिविना एमसीसी अघि बढाइए सरकारबाट बाहिरिन उनलाई ठूलो दबाब रहेको उनी निकट एक नेताले बताए । सरकारले अमेरिकासँग गरेको एमसीसी सम्झौता भएको ४ वर्ष पूरा भइसकेको छ, यसैकारण पनि छिटो एमसीसीबारे निर्णय लिन सरकारलाई दबाब पर्दै आएको छ । एमसीसी सम्झौताबारे नेपालको स्पष्ट धारणा आउनुपर्ने भन्दै अमेरिकाले ताकेता गर्दै आएको छ। यो विषयमा स्पष्ट हुन एमसीसी उपाध्यक्ष फातिमा सुमार र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपाल भ्रमण गरेका थिए। उपाध्यक्ष फातिमाले भदौ २४ देखि २८ सम्म र विदेश सहायकमन्त्री लुले गत मङ्सिर १ देखि ३ सम्म नेपाल भ्रमण गरेर नेता तथा अधिकारीहरूसँग संवाद गरेका थिए । चाँडो अनुमोदन नभए एमसीसी नेपालबाट बाहिर जान सक्ने उनीहरूको चेतावनी थियो । प्रमुख प्रतिपक्ष दल एमाले सत्तामा रहँदा एमसीसी अघि बढाउन खोजेको थियो । त्यसबेला सभामुखको असहयोगका कारण उसले संसद्मा अघि बढाउनै पाएन, जसकारण प्रधानमन्त्री र सभामुखबीच लामो समयसम्म द्वन्द्व भएको थियो । अहिले एमाले प्रतिपक्षमा छ, उसको रणनीति पर्ख र हेरको अवस्थामा छ । सत्तारूढ गठबन्धनलाई एमसीसी पास गरेर देखाउन एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरेक दिनजसो पार्टीका कार्यक्रममार्फत चुनौती दिने गरेका छन् ।

सम्बन्धित सामग्री

प्रदेश १ : मन्त्री बन्न माओवादी केन्द्रका नेताबीच विवाद

विराटनगर : पछिल्लो समय प्रदेश १ मा सरकार गठनको विषयमा माओवादी केन्द्रभित्रै आन्तरिक विवाद देखिएको छ।प्रदेश १ संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले अफवाहको पछि नकुद्न भन्दै फेसबुक स्टाटस लेखेका छन्।उनले प्रदेश १ सरकार गठनबारे सत्ता साझेदार दलहरूबीच कुनै निर्णय र सहमति नभएको, केन्द्रमा सहमति नभई प्रदेशस्तरमा निर्णायक छलफल अघि नबढेको समेत बताएका छन्।‘केन्द्रीय स्तरमा सहमति हुने विषय नै टुंगोमा नपुगी प्रदेश स्तरमा अनौपचारिक बाहेक कुनै निर्णायक छलफल अगाडि बढ्न

क्यान र वायु सेवा सञ्चालक संघको विवाद सुल्झाउन उपसमिति गठन

काठमाडौं, १६ बैशाख । नागरिक उड्ययन प्राधिकरण (क्यान) र आन्दोलनमा उत्रिएको वायु सेवा सञ्चालक संघको विवाद सुल्झाउन उपसमिति गठन भएको छ। क्यान र हवाई संचालक संघबीच ९ सदस्यीय उपसमितिको प्रतिवेदनको आधारमा अघि बढ्ने सहमति भएको छ । आन्तरिक हवाई उडानको बारेमा आन्दोलित हुँदै आएको हवाई सञ्चालक संघले आज क्यानसँग निर्णायक वार्ता गरेको थियो । प्राधिकरणले […]

सभापति देउवासँग महाधिवेशनबारे निर्णायक छलफल गर्दैछौँ : डा.मिनेन्द्र रिजाल

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता हुने भएको छ। पार्टीको क्रियाशील सदस्यता सम्बन्धि विवाद तत्काल टुंग्याई पार्टीको महाधिवेशन समयमै सम्पन्न गर्न पौडेलले आज अपराह्न सभापतिसँग भेट गर्न लागेका हुन्। वरिष्ठ नेता पौडेलले क्रियाशील सदस्यतासम्बन्धि बाँकी विवाद तत्काल टुंग्याई महाधिवेशनको प्रक्रिया छिटो सुरु गर्न सभापति देउवासँग निर्णायक छलफल गर्न लागेको नेता डा.मिनेन्द्र रिजालले बताए।

बालकोटको ‘निर्णायक’ बैठकको निष्कर्ष- अब माधव नेपाल एमालेमा फर्कँदैनन्

पार्टी विभाजनमा तटस्थ बसेका दोस्रो पुस्ताका नेताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आज गरेको निर्णायक छलफलले पार्टी विभाजन गरेर गएका माधव नेपाल अब कुनै पनि हालतमा एमालेका नफर्कने निष्कर्ष निकालेको छ । पार्टी विवाद समाधानका लागि अध्यक्ष ओलीसँग ‘निर्णायक’ छलफल गर्ने भन्दै यस अघि माधव नेपाल पक्ष भनिएका एमाले स्थायी कमिटी सदस्यहरू ओली निवास बालकोट पुगेका थिए । उनीहरूले आजको छलफललाई पार्टी विवाद समाधानको निर्णायक छलफल भनेका थिए ।  ‘बैठकमा सहभागी नेताहरूले माधव नेपालले अलग्गै बाटो हिँड्न स...

सत्ता गठबन्धनबारे  नेपाल समूहभित्रै विवाद

सर्वोच्च अदालतको आदेशबाट पुनस्र्थापित संसद्को कार्यकालबारे ‘निर्णायक’ मानिएको एमालेको माधवकुमार नेपाल समूहमा सत्तागठबन्धनको विषयलाई लिएर विवाद देखिएको छ । अदालतको फैसलासम्म एकढिक्का रहेको नेपाल समूहभित्र शेरबहादुर देउवाको सरकारलाई विश्वासको मत दिने–नदिनेमा...

सुरु भयो एमाले कार्यदलको निर्णायक वार्ता

काठमाडौँ – नेकपा एमाले विवाद समाधान कार्यदलको निर्णायक वार्ता सुरु भएको छ। निर्धारित समय भन्दा एक घण्टा ढिलो गरी माधव नेपाल समूहका नेताहरु वार्तास्थल छिरेका छन्। उनीहरु कोटेश्वरमा वरिष्ठ नेता नेपालसँग छलफल गरेर सिंहदरबारस्थित वार्तास्थलमा पुगेका हुन्। आजको वार्तापछि एमाले विवाद समाधानको औपचारिक घोषणा हुने नेताहरुले बताएका छन्।

एमाले विवाद समाधान कार्यदलको बैठक सुरु

काठमाडौं : नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बैठक सुरु भएको कार्यदल सदस्य रघुजी पन्तले जानकारी दिए।आजको बैठकमा पार्टीभित्रको विवाद समाधानका लागि सहमतिको मस्यौदाबारे टुंगो लगाउने उनले बताए। कार्यदलको बैठक आजै दिउँसो पनि बसेको थियो। बैठकलाई निर्णायक बनाउने भन्दै अहिले साँझसम्मको लागि स्थगित गरिएको थियो।ओली र नेपालबीच हिजो बेलुकी होटल मेरियटमा दुई घण्टा छलफल भएको थियो। हिजो बेलुकी सुरुमा दुवै तर्फका दुई/दुई जना कार्यदल सदस्यहरुसहित छलफल भएपछ

कार्यदल बैठक सकियो, बेलुका ७ बजे निर्णायक वार्तामा बस्ने

काठमाडौं : नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक सकिएको छ। बैठक सकारात्मक दिशामा अघि बढेकाले बेलुका फेरि बस्ने ओली पक्षबाट कार्यदलको नेतृत्व गरेका सुवास नेम्वाङले दाबी गरे। उनले भने, 'बैठक सकारात्मक भएको छ। केही तयारी गरेर बेलुकी सात बजे बस्‍ने बैठकबाट निष्कर्षमा पुग्छौँ। बेलुका बस्ने बैठकले एउटा निर्णायक सहमति दिने हाम्रो प्रयास हो।' बैठकअघि नेता माधवकुमार नेपाललाई भेट्न  उपाध्यक्ष भीम रावल कोटेश्वर पुगेको थिए। त्यसअघि अध्यक्ष केपी शर्मा ओली पक्षका नेता विष्ण

एमाले विवाद : समिट होटलमा तीनबुँदे मस्यौदामा सहमति खोज्ने ‘निर्णायक कसरत’

एमालेको दशौं महाधिवेशन आयोजक कमिटी भंग भएलगत्तै संस्थापन पक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका दोस्रो तहका नेताहरुले ललितपुरको कुपण्डोलस्थित समिट होटलमा सहमति खोज्ने ‘निर्णायक कसरत’ गरिरहेका छन् । दुवै तर्फबाट...

विश्‍वासको मत : एमालेको सहमति नभत्किए जसपा निर्णायक

५ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिने पहल थालेका छन् । यसका लागि उनी एमालेभित्रको विवाद मिलाउन र जनता समाजवादी पार्टी (जसपा)लाई साथमा लिने प्रयन्तमा छन् । एमालेको आन्तरिक विवाद समाधान उन्मुख रहेको बताउँछन् एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ । कार्यदलले पार्टीभित्रका सबै खाले समस्याको समाधान निकाल्ने नेता नेम्वाङले […]