काठमाडौं । पूर्वमन्त्री घनश्याम भुसाल सवारी दुर्घटनामा परेका छन् । उनको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । आफैंले चलाएको गाडी डिभाइडरमा ठोक्किएपछि घाइते भएका भुसालको सिभिल अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको छ । नयाँ बानेश्वरको बेकरी क्याफे अगाडिको डिभाइडरमा भुसालले चलाएको बा १६ च १३८४ नम्बरको गाडी ठोक्किएको थियो ।
The post सवारी दुर्घटनामा घनश्याम भुसाल घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....